ओली र प्रचण्डले खाजा खाने गरी नागरिकता बोकेर बालुवाटारमा हाजिर हुन ४४१ लाई गरे उर्दी



हाम्रो इकोनोमि

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ । यद्यपी यो केन्द्रीय कमिटीको बैठक भने होइन । केन्द्रीय कमिटीको बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बाएका छन् ।

नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलबार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो । यद्यपी केन्द्रीय कमिटीको औपचारिक बैठक भने बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...