बन्द इजलाशमा गोरेको बयान शुरु, भरत थापा सहित २ जना वकिल गेरेको पक्षमा बहस गर्दै



हाम्रो इकोनोमि

 सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीको बयान जिल्ला अदालत मोरङमा शुरु भएको छ ।

मंगलवार बिहान ‘पक्राउ परी’ अदालतमा उपस्थित गराइएका गोरेको बुधवार बिहानदेखि अदालतमा बयान लिन शुरु गरिएको हो ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेले बयान दिइरहेका छन् ।

गोरेले अदालतमा बयान दिँदा उनको पक्षबाट २ जना वकिल उपस्थित भएका जनाइएको छ । स्रोतका अनुसार अधिवक्ता भरत थापा र अर्का एक अधिवक्ता गोरेको प्रतिरक्षामा उत्रिएका छन् ।

गोरेको बयान सकिएपछि उनको थुनछेक बहस हुनेछ । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका वकिलले बहस गरेपछि प्रतिवादी (गोरे)का वकिलले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...