आँखा मिच्दै एका बिहानै ५० हजार घुस लिन पुगेका जिल्ला शिक्षा अधिकारीलाई अख्तियारले यसरी समात्यो



जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घुससहित आज बिहान पक्राउ परेका छन्।
इटहरीस्थित आयोगको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुससहित पक्राउ गरेको हो।
उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
सुवेदीले जिल्लाको भण्टाबारीस्थित श्री आधारभूत विद्यालयको शौचालय र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासनसँग ५० हजार घुस लिएका थिए।

विशेष सूचनाका आधारमा उनलाई घुस लिइरहेकै बेला पक्राउ गरिएको अख्तियारले जनाएको छ । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट