आँखा मिच्दै एका बिहानै ५० हजार घुस लिन पुगेका जिल्ला शिक्षा अधिकारीलाई अख्तियारले यसरी समात्यो



हाम्रो इकोनोमि

जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्रप्रसाद सुवेदी ५० हजार रुपैयाँ घुससहित आज बिहान पक्राउ परेका छन्।
इटहरीस्थित आयोगको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुससहित पक्राउ गरेको हो।
उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट अख्तियारले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
सुवेदीले जिल्लाको भण्टाबारीस्थित श्री आधारभूत विद्यालयको शौचालय र विद्यालय वरीपरी घेर्ने पर्खाल निर्माणको योजना पारिदिन्छु भन्दै विद्यालय प्रशासनसँग ५० हजार घुस लिएका थिए।

विशेष सूचनाका आधारमा उनलाई घुस लिइरहेकै बेला पक्राउ गरिएको अख्तियारले जनाएको छ । सुवेदीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...