गोरेलाई अदालतमा पेश गरियो, ‘फाँसी दे’ भन्दै अदालत परिसरमै नाराबाजी



हाम्रो इकोनोमि

सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।

मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।

गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् ।

‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।

तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।

जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।

बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...