गोरेलाई अदालतमा पेश गरियो, ‘फाँसी दे’ भन्दै अदालत परिसरमै नाराबाजी



हाम्रो इकोनोमि

सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मोरङ जिल्ला अदालतमा पेश गरिएको छ ।

मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्‍याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको हो ।

गोरेलाई अदालतमा पेश गर्ने क्रममा सनमका परिवारले उनीविरुद्ध नाराबाजी गरेका छन् ।

‘गोरेलाई फाँसी दे’ भन्दै सनमका परिवार र आफन्तले नाराबाजी गरेका हुन् ।

तस्करीको साढे ३३ किलो सुन हराएको भन्दै गोरेले यातना दिने क्रममा सनमको मृत्यु भएको थियो ।

जिल्ला अदालत मोरङले सुन तस्करीको अभियोगमा पक्राउ परेका २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । दुई जना भने तारेखमा छुटेका छन् ।

बहस सकिएपछि अमरबहादुर थापालाई साधारण र विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छाडेको हो । अरु सबैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...