सुन तस्कर गोरेले दिवंगत पूर्व प्रधानमन्त्री शुशील कोइरालाको नाम लिए पछी सुन समिती आत्तियो



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मंगलवार पक्राउ परेका छन् । विषेश छानबिन समितिले गोरेलाई काठमाण्डुको गौरीघाटबाट पक्राउ परेको खुलासा गरेको छ ।

मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरीराज पौडेलले जानकारी दिए ।समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेका छन् । तर गोरेले आफुलाई सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट भएको मात्र खुलाएका छन् ।

गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन् । उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन् । ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए । साथै गोरेले आफू सुनको वास्तविक मालिक नभएको बताए । उनले यो पनि भन्न भ्याए कि, ‘आफू भरियाको काम गर्ने र कमिसनको पैसा खाने गरेको छु ।’

सन्की स्वभावका गोरेले बयानमा कहिले काही बतासे कुरा समेत गर्ने गरेको एक सदस्यले बताए । उनले सन्दर्भ बदल्न नचाँहिदा कुरा समेत गर्थे। बयानमा नै उनले देशमा सुशील कोइराला पनि प्रधानमन्त्री भएका थिए होइन भन्दै समितिलाई प्रश्न गरेका थिए ।
दुवई हुँदै तस्करी गरेर ल्याएको सुन नेपाल तथा धेरै जसो भारतमा लगेर बेच्ने गरेको उनले बयानमा बताएका छन् । छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्धा चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...