सुन तस्कर गोरेले दिवंगत पूर्व प्रधानमन्त्री शुशील कोइरालाको नाम लिए पछी सुन समिती आत्तियो



३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मंगलवार पक्राउ परेका छन् । विषेश छानबिन समितिले गोरेलाई काठमाण्डुको गौरीघाटबाट पक्राउ परेको खुलासा गरेको छ ।

मंगलवार बिहान ५ बजेर ३४ मिनेटमा उनलाई गौरीघाटबाट पक्राउ गरिएको समितिका संयोजक इश्वरीराज पौडेलले जानकारी दिए ।समितिको बयानमा गोरले आफु सुन तस्करीमा सामेल भएको स्विकार गरेका छन् । तर गोरेले आफुलाई सुन तस्करीको नाइके नभएर भरिया र एजेन्ट भएको मात्र खुलाएका छन् ।

गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन् । उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन् । ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए । साथै गोरेले आफू सुनको वास्तविक मालिक नभएको बताए । उनले यो पनि भन्न भ्याए कि, ‘आफू भरियाको काम गर्ने र कमिसनको पैसा खाने गरेको छु ।’

सन्की स्वभावका गोरेले बयानमा कहिले काही बतासे कुरा समेत गर्ने गरेको एक सदस्यले बताए । उनले सन्दर्भ बदल्न नचाँहिदा कुरा समेत गर्थे। बयानमा नै उनले देशमा सुशील कोइराला पनि प्रधानमन्त्री भएका थिए होइन भन्दै समितिलाई प्रश्न गरेका थिए ।
दुवई हुँदै तस्करी गरेर ल्याएको सुन नेपाल तथा धेरै जसो भारतमा लगेर बेच्ने गरेको उनले बयानमा बताएका छन् । छानविन समितिले ६३ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्धा चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट