ओली संग यसरी झुके मोदी,बिराटनगरस्थित भारतीय फिल्ड अफिस बन्द



भारत सरकारले विराटनगस्थित फिल्ड अफिस बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग उक्त कार्यालय बन्द गर्ने विषयमा कुरा उठाएका थिए।

नेपाल भ्रमणबाट फर्के लगत्तै भारतीय प्रधानमन्त्री मोदीले उक्त कार्यालय बन्द गर्न निर्देशन दिएपछि उक्त कार्यालय बन्द भएको हो। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई उक्त कुराको जानकारी समेत गराएका छन्।

केही दिनअघि प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकमा समेत विराटनगरस्थित फिल्ड अफिस छिटै बन्द हुने घोषणा गरेका थिए।

भारतीय विदेश मन्त्रालयले सोमबार नेपालको फिल्ड अफिस बन्द गरेको घोषणा गरेको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन्।

उक्त कार्यालय कोशी डुवान समाधानका लागि खोलिएको र त्यसको प्रयोजन समाप्त भएको भारतको विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको