सुन तस्कर गोरेलाई भारत बाट यसरी समाएर नेपाल ल्यायो प्रहरीले,इन्काउण्टरमा मारिनबाट जोगियो



विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएका गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।

गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो। स्रोतका अनुसार गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको हो।

समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। आजै गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताए।

विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए।

शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।

गोरे पक्राउ परेसँगै यो मुद्दाले नयाँ मोड लिएको छ। गोरेले प्रहरी अधिकारीहरुलाई पैसा दिएको डायरी मात्र भेटिएको थियो। अबको उनको बयानबाट धेरै कुराहरु प्रष्ट हुने छानबिन समितिका एक अधिकारी बताउँछन्।

 गोरे पक्राउ छानबिन समितिको महत्वपूर्ण सफलता भएपछि लुटिएको भनेको साढे ३३ किलो सुन भने बरामद भएको छैन।

मनोज पुन झैँ इन्काउण्टरमा मारिनबाट गोरे जोगिएका छन्।उनलाई प्रहरीले इन्काउण्टरमा सिध्याउने योजना बनाएको थियो।। उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको