होशियार चितवनमा देखियो बर्डफ्लु, काठमाण्डौमा पनि फैलियो, कुखुराको मासु नखाँन सुझाव



पूर्वी चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लुको काठमाण्डौमा पनि सरेको छ । बर्डफ्लुको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । खैरहनी नगरपालिका–९ सुर्तनीमा बर्डफ्लु देखिएपछि सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।

बर्डफ्लु देखिएको दुईवटा खोरमा गरी २ हजार ५०० कुखुरा मरेका थिए । संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा लोकल कुखुरा, १४४ वटा हाँस, चारवटा ब्रोइलर कुखुरा, ६०७ किलो दाना र १२ हजार ७२६ वटा अन्डा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेलले बताए ।

बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ ले क्षतिको अधिकतम् ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको जानकारी दिँदै खरेलले भर्खर अन्डा दिन लागेका कुखुरालाई प्रतिकुखुरा ५०० रुपैयाँ र अन्डा दिएर सक्ने बेला भएकालाई प्रतिकुखुरा ३०० रुपैयाँ लागत मूल्य सिफारिस गरिएको जानकारी दिए ।

सरदर कुखुराको मूल्य ४७५ रुपैयाँ प्रतिगोटा पर्नेे जानकारी दिँदै नेपाल अन्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेलले अन्डा दिन सुरु गरेका लेयर्स कुखुराको लागत मूल्य ६०० पर्ने बताए । अन्डा दिएर सकिन लागेका कुखुराको लागत मूल्य ३५० रुपैयाँ पर्ने उनले बताए ।

सन् २०१० मा पहिलोपटक चितवनमा बर्डफ्लु देखापरेको थियो
११ हजार ९५० लेयर्स कुखुरा मारिएका कारण लागत मूल्य ५६ लाख ७६ हजार २५० रुपैयाँ परेको उनले जानकारी दिए । त्यसैगरी, नष्ट गरिएका स्थानीय जातका कुखुराको सरदर २३ हजार, ब्रोइलर कुखुराको १ हजार ६००, दानाको २७ हजार ३१५, अन्डाको १ लाख ५२ हजार ७१२ रुपैयाँ नष्ट भएको जानकारी दिँदै कँडेलले ७० लाख ६८ हजार ३७७ रुपैयाँभन्दा बढीको लागत मूल्य नोक्सान भएको बताए ।

राजधानी दैनिकका अनुसार संक्रमित क्षेत्रमा ४२ दिनसम्म पक्षी पाल्न रोक लगाइएको जानकारी दिँदै पशु सेवा कार्यालयका प्रमुख खरेलले बर्डफ्लु अहिले नियन्त्रणमा रहेकाले जिल्लामा उत्पादन भएका पक्षीजन्य उत्पादन अन्य जिल्लामा पठाउन रोक नलगाइएको जानकारी दिए ।

चिसो मौसममा देखिने एचफाइव एन वान भाइरसले रूप परिवर्तन गरी गर्मीमा पनि देखिएपछि खतरा बढ्दै गएकाले जैविक सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । नेपालमा सन् २००९ मा झापामा पहिलोपटक बर्डफ्लु देखिएको थियो भने सन् २०१० मा पहिलोपटक चितवनमा बर्डफ्लु देखापरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट

अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित

    अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको आज हुने भनिएको बन्दसत्र स्थगित गरिएको छ

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंक प्रक्षेपण

    चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि

चार प्रदेशमा हल्का र मध्यम वर्षाको संम्भावना

    विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुन: बदली भएको