यस्ता १३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारले दियो निर्देशन,५ हजार हर्जना नतिरे जागिरै हुने भो चट्



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ।

हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी सम्पती विवरण नबुझाउने गरेका छन्। ५ हजार जरिवाना गराई सम्पती विवरण बुझाउन गर्ने र गराउने निर्णय भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ।

१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ।

कतिपय कार्यालयबाट विवरण नै प्राप्त नभएकोले विवरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...