एकै परिवारका ४ बालिकाको पौडी खेल्न नजान्दा पोखरीमा डुबेर मृत्यु



हाम्रो इकोनोमि

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ।

बिहान साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरुको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन्।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि १ किलोमिटर टाढा रहेको छ।

वडा नम्बर ११ का अध्यक्ष अकरामद्दिन खानले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेका थिए। उक्त पोखरी प्राकृतिक पोखरीको रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन्।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृतक बालिकामध्ये २ जना दाजुभाइका छोरी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...