एकै परिवारका ४ बालिकाको पौडी खेल्न नजान्दा पोखरीमा डुबेर मृत्यु



हाम्रो इकोनोमि

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-११ मसिना गडिदियास्थित नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर ४ बालिकाको मृत्यु भएको छ।

बिहान साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरुको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। इप्रका लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन्।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि १ किलोमिटर टाढा रहेको छ।

वडा नम्बर ११ का अध्यक्ष अकरामद्दिन खानले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेका थिए। उक्त पोखरी प्राकृतिक पोखरीको रुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन्।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ। मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ। मृतक बालिकामध्ये २ जना दाजुभाइका छोरी रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...

ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिव, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिवको उम्मेदवार

    नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष...