९९वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरे भए अस्पताल भर्ना,यस्तो छ पछिल्लो अबस्था



हाम्रो इकोनोमि

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । घिमिरे एकसातादेखि चिकित्सकको नियमित निगरानीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कम्युनिकेसन म्यानेजर विनोद अधिकारीले जानकारी दिए ।

‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहनुहुन्छ । यसपटक पनि नियमित परीक्षणकै क्रममा आउनुभएको हो’, अधिकारीले भने, ‘केही दिनको फरकमा उहाँ अस्पताल आइरहनुभएको छ । एकसातादेखि आउनेजाने भइरहेको छ ।’

अधिकारीले घिमिरेलाई ग्यास्ट्राइसिसको समस्या देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । १९७६ असोज ७ गते लमजुङ जिल्लामा जन्मिएका घिमिरे  ९९वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...