हवाई कार्वाहीमा ४९ जना मारिए



हाम्रो इकोनोमि

अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतंककारी मारिएको खबर छ ।अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानमा तालिबान आतङ्ककारी समूहको एक आखाडालक्षित हवाई आक्रमणमा कम्तीमा १८ तालिबान आतंककारी मारिनुको साथै १४ जना घाइते भएका जनाइएको छ ।

त्यस्तै छिमेकमा पर्ने कान्दाहार प्रान्तको मरुफ जिल्लामा भएको यस्तै कारबाहीमा परी नौ तालिबान आतङ्ककारी मारिनुको साथै सात घाइते भएका बताइएको छ । यसैगरी जाबुल प्रान्तको डेचोपान जिल्लामा भएको हवाई आक्रमणमा परी १० आतङ्ककारी मारिएका छन् । अफगानिस्तानमा हवाई कारबाहीमा अफगान सुरक्षा बललाई अमेरिकी र नेटो सैनिकले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...