हामीले विश्वको समर्थन पाएका छौं, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध वास्तविक अर्थमा उचाइमा,हामीले झूट बोलेका छैनौं, बेइमानी गरेका छैनौं,
केपी शर्मा ओली, प्रधानमन्त्री (अन्तर्वार्ता)
प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाई बहुमतको नेतृत्व गरी प्रधानमन्त्री चुनिएर विश्वासको मतसमेत हासिल गर्नुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी-केन्द्र)को संयुक्त तालमेल तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी समेतको समर्थनमा क्रियाशील वर्तमान सरकार नेपालको आधुनिक इतिहासकै सबभन्दा सबल सरकार हो भन्दा अत्युक्ति नहोला । पहिलो कार्यकाल नौ महिना सरकारको नेतृत्व गरेर हटाइनु भएका ओलीले त्यतिबेला भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गरेर आम नेपालीहरुको वाहवाही हासिल गर्नुभएको थियो । नवगठित सरकारले प्राप्त गरेको जनमतको जग मूलतः त्यही दृढ अडान र त्यसबेलाका जनपक्षीय कामहरु नै रहेको स्पष्ट छ । भारतसँगको तिक्त सम्बन्धलाई सामान्यीकृत गरेर मुलुकलाई विकास र समृद्धिको नयाँ युगतर्फ अग्रसर गराउनु उहा“ नेतृत्वको यस सरकारको प्रमुख जिम्मेवारी रहेको छ । यस घडीमा सफल ढंगले राष्ट्रको नेतृत्व गर्दा लामो समयसम्म मुलुकको नेतृत्व नेपाली कम्युनिस्टहरुले गरिरहनु सम्भव हुनेछः खासगरी पश्चिम बंगाल, त्रिपुरा र केरलामा जनमतमार्फत् कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताको पुनरावृत्ति, प्रयोग र अभ्यास यहाँ अझ बिस्तारित रूपमा हुनेछ । यदि सफलतापूर्वक यस कार्यभारको नेतृत्व गर्न नसक्दा यो स्तरको सफलता अन्तिम अवसरजस्तै हुने खतरा पनि विद्यमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०७४ चैत १९ गते राती ११:३० बजेदेखि चैत २० गते बिहान ०१:०५ बजेसम्म नवयुगका लागि विस्तृत र विशेष संवाद गरिएको छ । प्रस्तुत छ, विशेष अन्तर्वार्ताको सम्पादित अंश :
सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ‘नवयुग’ परिवार र प्रचार विभागका तर्फबाट बधाई र शुभकामना † नेपालको इतिहासमा यो ढङ्गले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बिरलै मौका पाएको देखिन्छ । बहुमतको सरकार विश्वासको मतमा आइपुग्दा तीन चौथाइभन्दा बढी समर्थनको अवस्थामा पुगेको छ । नेतृत्व सम्हालेको डेढ महिना बितेको अवस्थामा मुलुकमा अब गर्नुपर्ने कामहरूलाई कसरी बताउनुहुन्छ ?
सबैभन्दा पहिले बधाईका लागि यहाँहरूलाई धन्यवाद । आजको परिस्थितिमा नेपाललाई कसरी अगाडि बढाउने, प्राप्त उपलब्धिहरूको कसरी रक्षा, सुदृढीकरण र जनताको हितमा प्रयोग गर्ने, राष्ट्रिय एकतालाई कसरी मजबुत बनाउने र आजको आर्थिक अवस्थाबाट समृद्ध नेपालको अवस्थामा कसरी उठाउने भन्नेबारे हाम्रो चिन्ता र चिन्तन छ । यसका निम्ति हामीसँग लामो समय छैन, धेरै विचार–विमर्श र छलफल गरेर जान सक्दैनौं ।
दिनहरू त उत्तिकै लामा हुन्छन् तर समय बडो तीव्र गतिका साथ चल्छ । यदि उन्नाइसौं शताब्दी र बीसौं शताब्दीलाई तुलना गर्यौं भने ती शताब्दीहरूको गतिमा विशाल अन्तर छ । यदि बीसौं र एक्काइसौं शताब्दीको गतिको तुलना गर्यौं भने असाधारण भिन्नता छ । आखिर शताब्दी त उही हो नि † त्यसकारण, अब विकास प्रक्रिया सामान्य गतिमा होइन, तीव्र गतिमा अगाडि बढ्छ ।
विकासका प्राथमिकताहरू के–के छन् त ?
हामीले केही लक्ष्य तय गरेका छौं । अन्तर्राष्ट्रिय सन्दर्भमा भन्दा यसलाई दुइटा अर्थमा भन्न सकिन्छ : एउटा, अल्पविकसित वा कम विकसितबाट तीन वर्षमा विकासशील देशमा आफूलाई स्तरोन्नति गर्नु छ । अर्को, दिगो विकास लक्ष्य–२०३० प्राप्त गर्नुपर्ने छ, जसभित्र १७ वटा लक्ष्य छन्– गरिबी निवारण, भोकमरीको अन्त्य, स्वास्थ्यको स्तर, शिक्षाको स्तर, वातावरणीय कुराहरू, पूर्वाधारहरू निर्माण आदि पूरा गर्नुपर्ने छ । साथै, यसभित्र सामाजिक, सांस्कृतिक र राजनीतिक पक्षहरू छन् ।
सामाजिक चेतना, साक्षरता, शिक्षा, मानव स्रोत–साधनको विकासको हिसाबले असाधारण विकासका पक्षहरू छन् । यसभित्र आकाङ्क्षाहरू छन् । संयुक्त राष्ट्रसङ्घ आफैले पनि र दुनियाले पनि यसलाई महत्वाकाङ्क्षी योजना भनेको अवस्था छ । आमरूपमा अरूलाई पनि यो महत्वाकाङ्क्षी योजना लागेको छ भने हामी जो पछाडि परेका छौं, जसले पछाडिबाट दौडिएर अगाडि पुग्नु र त्यो महत्वाकाङ्क्षालाई छुनु अथवा त्यस लक्ष्यमा पुग्नु त्यति सजिलो छैन । यी कामहरूको तयारीमा म लागेको छु ।
तपाईंको यस अभियानमा संरचनागत समस्याहरू पनि छन् नि त ?
संविधानले संरचनागत परिवर्तनको व्यवस्था गरेको छ । त्यसअनुसार चुनाव भए, निकायहरू पनि बने । तर, ती निकायहरूलाई क्रियाशील र गतिशील बनाउने ठाउँहरू चाहिन्छ । हामीले प्रदेशसभाको गठन गर्यौं तर बस्ने कहाँ ? प्रदेश सरकार गठन गर्यौं तर पूर्ण रूपले आवश्यकताअनुसार प्रदेश सरकार बनाउने अवस्था छैन । किनभने, प्रदेश सरकारका मन्त्रालय, मन्त्रीहरूका कार्यालय र सचिवालयहरू नै बनाउन सकिरहेका छैनौ । अर्थात्, केही पनि नभएको अवस्था छ ।
स्थानीय तहमा जनप्रतिनिधि छानिए । हिजोका गाविसभन्दा ठूला स्थानीय तह छन् । सदरमुकाम जान अलिक टाढै जानुपर्छ– कतै बास बस्नसम्म पुगिन्छ, कतै बास बसेर जानुपर्छ । त्यस्ता ठाउँमा जाँदा डेरा लिएर बस्नुपर्ने अवस्था छ । नगई पनि नहुने तर जान खर्च कहाँबाट आउँछ ? आफ्नै खेतबारीमा काम गरेर सामान्य जीविका चलाइरहेका मानिसले काम छाड्नुपर्यो, जनप्रतिनिधिका हिसाबले सदरमुकाम र कार्यालय जानुपर्यो । सेवा केन्द्रहरू पुग्नुपर्यो ।
जीविका चलाउनेदेखि आवागमन, खाने–बस्नेसम्मका समस्या छन् । आम्दानी गर्ने मान्छे यता लाग्दा छोराछोरी पढाउनेजस्ता समस्या पनि थपिएका छन् । यस्तो अवस्थाबाट हामी राज्यलाई समृद्धिको मार्गमा तीव्रताका साथ अगाडि बढाउने तयारीमा छौं । यसका निम्ति उपायहरू खोजिरहेका छौं । हाम्रा स्रोत–साधनहरु के–के हुन सक्छन्, तिनको समुचित प्रयोग कसरी हुन सक्छ, हाम्रो जनशक्तिको सदुपयोग कसरी हुन सक्छ ? थप दक्ष, सक्षम र स्वस्थ जनशक्ति कसरी निर्माण गर्न सकिन्छ ?, भइरहेको प्रशासनिक संयन्त्रलाई प्रभावकारी ढङ्गले कसरी चलाउन सकिन्छ, भ्रष्टाचार कसरी नियन्त्रण गर्न सकिन्छ, सुशासन कसरी दिन सकिन्छ, तस्करी र अरू अनुचित आर्थिक क्रियाकलाप कसरी बन्द गर्न सकिन्छ, सामाजिक अवचेतना, पछौटेपन र अन्धविश्वास कसरी हटाउन सकिन्छ ? यीलगायतका समस्याहरूदेखि ठूलाठूला पूर्वाधार निर्माण, ऊर्जा र सञ्चार क्षेत्रका कामहरू, विज्ञान प्रविधिको प्रयोग र विकासका सन्दर्भका कामहरू गर्न जरुरी छ ।
भूकम्पबाट प्रभावित पुनर्निर्माणका काम पनि बाकी छन् । यस्तो अवस्थामा हामी समस्याहरूको चाङमा छौं, स्रोतहरूको अत्यन्त सीमितता छ । अर्थतन्त्र नाजुक अवस्थामा छ र ठूला अभिभाराहरूको सम्मुखमा छौं । चुनौतीहरू हाम्रा अगाडि छन् । तर, हामी यिनीहरूबाट भाग्दैनौं, यी समस्याहरूको सामना गर्छौं । त्यसैको तयारी अहिले भइरहेको छ ।
समृद्धिको नारा आकर्षक छ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा निकै धेरै सपना देखाउनुभयो । त्यतिबेलाको नीति तथा कार्यक्रम, बजेट र निर्वाचन घोषणापत्रले ती कुराहरू बोकेका कारण जनताले अझ अपेक्षा गरेका छन् । तर, यसपटक प्रधानमन्त्री बन्नुहुँदा ढुकुटी रित्तो छ । रित्तो ढुकुटीबाट यी सबै सपनाको कार्यान्वयन कसरी गर्नुहुन्छ ?
यो महत्वपूर्ण प्रश्न हो । जटिलता त्यहीनेर छ । मान्छेहरू अन्योलमा त्यही पर्छन् । कुनै पनि देशले धनी भएर विकास गरेका हुदैनन् । जुनसुकै देशले विकास गर्छ, विकास गर्दै समृद्धि हासिल गर्छ र धनी हुन्छ । ठूला–ठूला जनसङ्ख्या र भूगोल भएका, पछाडि परेका र गरिबीमा रहेका देशहरू पहिले नै विकसित भएर धनी भएका होइनन् । उनीहरूले धनी भएर र पैसा भएर विकास गरेका होइनन् । उनीहरू धनी पनि थिएनन्, विकसित पनि थिएनन् । विकास गर्नुपर्छ भनेर अठोट गरे, विकासमा जुटे । फलस्वरूप विकास गरे, समृद्धि हासिल गरे र धनी भए । हामीसँग उर्वर धर्ती छ, यस धर्तीमा प्राकृतिक स्रोतहरू असाधारण छन् । हामीसँग खनिज छ, जलस्रोत छ । वैकल्पिक ऊर्जाको सन्दर्भमा सौर्य ऊर्जाको मात्र कुरा गर्यौं भने त्यसका निम्ति साह्रै राम्रो भूगोल, परिवेश र परिस्थिति छ । एवमरितले तालतलैया, नदी, झरनाफाटहरू छन् । हरिया पहाड हेर्दै तपाईंले थाहा पाउन सक्नुहुन्छ, ती कति उर्वर छन् ? विकासका निम्ति भूगोल, वातावरण र स्रोत कस्तो छ ? यी प्रश्न मुख्य हुन् ।
प्रकृतिको कुरा मात्र होइन, हाम्रो ऐतिहासिकता र धार्मिकता पनि अनुपम छ । हाम्रो प्रकृतिको सुन्दरता, जादुमय–आश्र्चयमय बनावट, त्यसको धर्तीका निम्ति योगदान, त्यसले सिर्जना गरेको जैविक र वनस्पतीय विविधता, हाम्रो गौरवपूर्ण इतिहास, जहाँसभ्यता, संस्कृति, कला, साहित्य, धर्मजस्ता अनेक चीज यसको पृष्ठभूमिमा रहेका छन् । ती दर्शनीय छन्, प्रार्थनीय छन् र रमणीय छन् । यी सबै चीज हाम्रो विकासका आधारहरू हुन् ।
केही दशकपछि बनावटमा फरक पर्ला तर आज जतिबेला हामी विकास र समृद्धिको कुरा गरिरहेका छौं, यतिबेला हाम्रो जनसङ्ख्या युवा छ । हामीसँग युवा जनशक्ति छ । अहिले पनि ४०÷५० लाख युवा कामको खोजीमा बाहिर छन् अथवा अलमलिएका छन् । हामीले रोजगारीका आकर्षक अवसर सिर्जना गरेर तिनीहरूलाई फिर्ता बोलाउन सक्छौं । आह्वान मात्र गरेर हुँदैन, आकर्षक अवसरहरू सिर्जना गर्नुपर्छ ।
हामी विद्वान् पुर्खाका सन्तान हौ । नेपाली धर्ती दुनियामा अगाडि थियो, बढी विकसित थियो । धेरै कुरा यही पैदा भए । शिक्षा, शास्त्र, औषधि विज्ञान, उपचार विज्ञान यही पैदा भए । वंशाणुगत स्मरण (जेनेटिक मेमोरी)ले हामी विकासका कुराहरू छिट्टै सिक्न सक्छौं । किनभने, हामीसँग अरूभन्दा विकसित पुर्खाको वंशाणु (जिन) छ । त्यसले हामीलाई आधुनिक, वैज्ञानिक र प्राविधिक ज्ञानको उचाइमा जान मद्दत गर्छ । तसर्थ, अलिकति शिक्षा, सीप वा तालिमजस्ता कुरामा ध्यान दिनेबित्तिकै मानवीय सम्भावना, मानवभित्रको प्रतिभा, त्यसको पहिचान र विकास गर्ने तथा धर्तीभित्र रहेको प्रतिभालाई अगाडि बढाएपछि हामीले विकास गर्न सक्छौं ।
यी त भए हाम्रा इतिहास र सम्भावनाका कुरा । अब कार्यान्वयनका लागि बजेटचाहीँ कसरी जुटाउनुहुन्छ ?
पैसा दोस्रो कुरा हो । पैसाले विकास गर्ने होइन, मान्छेले विकास गर्ने हो, अवधारणा, दूरदृष्टि (भिजन) र प्रतिबद्धताले विकास गर्ने हो । अनि मात्र पैसाको कुरा आउँछ । पैसा भनेको त ऋण–सापट लिन, सहयोग माग्न, अर्मपर्म र एैंचोपैंचो गर्न सकिने कुरा हो । त्यो त्यति ठूलो कुरा होइन । त्यसकारण, म भन्न चाहन्छु– पैसा हामीसँग कम छ, तर विकासका लागि पैसा छैन भनेर हिड्नुपर्दैन । हाम्रा सहकर्मीहरू छन्, साथ दिनेहरू छन्, सहयात्रीहरू छन्, विकासका साझेदारहरू छन् । हाम्रो देशमा अलिकति गलत ढङ्गले राजनीति गर्न खोज्ने, विकासको प्रयासलाई बिथोल्न खोज्ने अबुझ वा स्वार्थी तत्वहरू सानो सङ्ख्यामा हुनु एउटा कुरा हो । तर, आमजनता विकासको आकाङ्क्षा राख्छन्, विकासका कामहरूमा सरकार यदि समन्वयकारी र नेतृत्वदायी ढङ्गले अगाडि बढ्छ भने साथ दिन्छौं भन्ने मानसिकतामा छन् ।
ढुकुटी त असारतिर रित्तो भयो भने मङ्सिरमा भरिइहाल्छ । अहिले जो ऋणात्मक अवस्था छ, यो इतिहासको पछिल्लोपटक हो । हो, यस उप्रान्त ऋणात्मक हुन दिइदैन ।
जनताको अभूर्तपूर्व जनसमर्थन छ । त्यसैगरी, आशा र अपेक्षाहरू पनि अभूतपूर्व छन् । आमचर्चा के सुनिन्छ भने तपार्इंले पनि यो आशा र अपेक्षा पूरा गर्न सक्नुभएन भने कतै देश दुर्घटनातर्फ जाने त होइन ? के लाग्छ तपाईंलाई ?
पूरा गर्न सक्नुभएन भन्ने प्रश्नै होइन । मैले एउटा कुनै अनलाइनमा हेरे– एकजना ‘विद्वान्’लाई समृद्धिको कुराप्रति साह्रै पीर परेछ । पढेलेखेकै मान्छे हुनुपर्छ, नामको अगाडि थोप्लो हालेर डा. लेखेको छ कि छैन, सम्झना भएन । तर, समृद्धिप्रति बहुतै आक्रोश व्यक्त गरिएको छ । ‘समृद्धि भनेपछि शासकहरूलाई वाचा–कबुल गरेर जनता भुलाउन सजिलो हुन्छ, समृद्धि भनेपछि केही नगरे पनि मान्छे अल्मल्याउन सजिलो हुन्छ, समृद्धि भनेको एउटा यस्तो भजन हो, जसले मान्छेलाई लठ्ठ पार्न सकिन्छ । आजकाल त्यसैकारण समृद्धिको भाषण गरेपछि पत्रकारहरू पनि लठ्ठ पर्छन्, स्रोता पनि लठ्ठ पर्छन् । जनताले पनि हो कि क्या हो भन्छन् । हामीप्रति नेताहरू चिन्तित छन् भन्ने ठान्छन् । समृद्धि एउटा यस्तो भुलभुलैया हो, चक्रव्यूह हो, ढाँटछल हो, कपट हो †’ मानिलिऔ, एउटा आशुकवि कविता लेख्दै छ समृद्धिका विरुद्ध । त्यस्ता बुद्धिजीवीहरू केही छन् ।
अघिल्लोपटक प्रधानमन्त्री हुदा मैले केही कुरा ल्याएँ । कृषिको आधुनिकीकरणको सन्दर्भमा थुप्रै सुपर जोन, जोन, पकेट, ब्लक एरिया, औद्योगिक क्षेत्रहरूको स्थापना र विशेष औद्योगिक क्षेत्रको काम हामीले सुरु गरेका थियौ । हामीले बाटो चौडा बनाउने कामहरू धमाधम गरेका छौं । रेलको सर्भे भइरहेको छ । समृद्धिको कुरा बोले, समृद्धि भने भनेर चित्त दुखाउने तथाकथित ती बुद्धिजीवीहरू छट्पटाउँदै गर्छन् । मन लागी–नलागी तिनीहरू अब केही वर्षभित्र जानेछन्, रेल वे स्टेसनमा । रेल चढ्नेछन्, गन्तव्यतर्फ जानेछन् । तिनले थाहा पाउनेछन््, त्यहाँ यसो प्वालमा हात हालेर टिकट काट्नुपर्ने छैन, ई–टिकट सिस्टम हुनेछ । अनि फर्केर घर आएपछि तिनले फेरि लेख्नेछन्– ‘रेल अलिकति ढिलो थियो । २० किलोमिटर त आधा घण्टामै पुग्नुपर्ने तर एक घण्टा लगायो । यो रेलको गति धीमा भएको होइन, सरकारको गति धीमा भएको हो ।’ यस्ता तर्कहरू तिनीहरूलाई खुब आउँछ ।
त्यसका लागि कति समय कुर्नुपर्ला त प्रधानमन्त्रीज्यू ?
धेरै नभनौ, छिट्टै नै काम सुरु गर्छौं । सकेसम्म छिट्टै पूरा गर्छौं । जस्तो : पूर्व–पश्चिम राजमार्ग बन्यो, चल्यो तर पूरा हुन अलि समय लाग्यो । पूरा भइहाल्न अलिकति समय लाग्न सक्छ तर काम थाल्ने, बन्ने र चल्ने कुराका लागि धेरै समय लाग्दैन । फेरि त्यसको स्तरोन्नति भइरहन्छ । हामी अहिले कतिवटा कुराहरू स्तरोन्नति गर्दै छौं । कृषिको आधुनिकीकरण भनेको स्तरोन्नति नै हो । हलोको ठाउँमा ट्याक्टर स्तरोन्नति नै हो । आकाशे पानीका ठाउँमा सिचाइका नहर वा अरू प्रबन्ध स्तरोन्नति नै हो । यस्ता कामहरू हुन्छन् । अहिले हामीले सुरु गर्ने कामहरूको पनि स्तरोन्नति भइरहन्छ ।
हामी शिक्षालाई अब अन्धाधुन्ध चलाउदैनौ । यो कलेज खोल्दा फाइदा होला कि भनेर होइन, जीवनोपयोगी शिक्षा, व्यक्तिका लागि जीवन सहज र सरल हुने शिक्षा, समाजका लागि उपयोगी हुने शिक्षा दिने नीति बनाउँछौं ।
मानिसको अन्तर्वस्तुमा तीनवटा चीज हुन्छन् : एउटा– मति, दोस्रो– बुद्धि र तेस्रो ज्ञान हुन्छ । मति सबैभन्दा आधारभूत र मौलिक चीज हो । यद्यपि, त्यसमा पनि परिवर्तन हुँदैन भन्न सकि“दैन । मति बिग्रिएकालाई सपार्न पनि सकिन्छ, सप्रिएकालाई कुनै दुष्टको हातमा पर्यो भने बिगार्न सक्छ । तर, सबैभन्दा आधारभूत कुरा मति हुन्छ । त्यसपछि अर्को कुरा हुन्छ, बुद्धि । बुद्धि र ज्ञान फरक कुरा हुन् । बुद्धि र मति पनि फरकफरक कुरा हुन् । ज्ञान प्राविधिक, सैद्धान्तिक हुन सक्छ । त्यो मति होइन । ज्ञान प्रशस्त भएको, पढेलेखेको मान्छे पनि दुष्ट मतिको हुन सक्छ । बुद्धि कम भएको हुन सक्छ । अथवा, औपचारिक र प्राविधिक ज्ञान कम भएको मान्छेको पनि बुद्धिचाहीँकाफी धेरै हुन सक्छ । हामी सुमति भएको, सुबुद्धि भएको, ज्ञानी, जीवनोपयोगी, जीवन चलाउन चाहिने, संसार चलाउन चाहिने ज्ञानसहितको शिक्षा जसले आफ्नो र समाजका निम्ति सहजता, अनुकूलता, अग्रगमन र परिवर्तन दिन सकोस्, समृद्धि हासिल गर्न सकोस्, आफ्ना निम्ति सुख ल्याउन सकोस्, अरूका निम्ति सुख दिन सकोस् । त्यस्तो शिक्षाको पक्षमा छौं र त्यस्तो शिक्षा राज्यले कहा, कुन विषयमा, कति आवश्यक छ ? हाम्रा बालबालिकामध्ये कसको कस्तो विषयमा, कुन विधामा रुचि छ, विधाको छनोट उपयुक्त गर्ने र रुचिको विधामा अवसर उपलब्ध गराउनुपर्छ । यसो गरेपछि प्रतिभाहीन बालबालिका हुदैनन् ।
हाम्रो प्रणालीमा जुन बालबालिकालाई अनुत्तीर्ण भनिन्छ, मैले त्यसलाई केही वर्षदेखि हमला नै गरेको थिएँ । अहिले अनुत्तीर्ण भन्ने कुरा अलिक घटेको छ । तर पनि, पूर्ण रूपमा हटेको छैन । विधाको छनोट उपयुक्त गर्न नसक्ने, अवसर उपलब्ध गराउन नसक्ने, रुचिको विधा दिन नसक्ने राज्य, अभिभावक र परिवेश, कसका कमजोरी हुन् । कलिला बालबालिकाको थाप्लोमा असफल, अयोग्य, नालायक, लद्दू, जस्ता उपमा झुन्ड्याइदिने ? व्यवस्थापन गर्न नसक्ने राज्य अनुत्तीर्ण हो नि † बालबालिकाको रुचिको विषय छान्न नसक्ने र त्यो विषय उपलब्ध गराउन नसक्ने, असफल त त्यहाँनेर राज्य, समाज वा अभिभावक होला । वा, त्यस विद्यार्थीलाई पढाउन नसक्ने शिक्षक पो होला कि † तर, बालबालिका असफल त हुन सक्दैनन् । मैले यहा यसो भन्नुको अर्थ के हो भने अब हामी आखा चिम्लिएर हिड्दैनौ, आखा हेरेर हिड्छौं । समय, देश, जीवन, विकास, अग्रगमन, समृद्धि र सुखका लागि शिक्षा हुनुपर्छ । त्यस हिसाबले शिक्षाको प्रवद्र्धनदेखि मानव संशाधानको विकासमा लाग्छौं ।
स्वस्थ जनशक्ति निर्माण गर्छौं । पहिले त आरोग्य, त्यसपछि निदान, त्यसपछि उपचार । पहिले जनतालाई निरोगी राख्छौं । अहिले विषादी मिसाएका, विषादीको प्रयोग गरिएका चिज खानुपरेको छ, जसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्छ, त्यसलाई हामी रोक्छौं र अर्गानिकतर्फ जान्छौं । अलिक समयपछि हामीले अर्गानिक नेपाल बनाउँछौं । हाम्रा खाद्यान्न, माछा, मासु, दुग्ध उत्पादन, सागसब्जी, फलफूल सबै चीज विषादीरहित हुनुपर्छ, हुन्छन् । यस ढङ्गले हामी जान्छौं । हाम्रा विकासका अवधारणाहरू अघिल्लोपटक पनि हामीले त्यसरी नै अगाडि बढायौ । अहिले थप ठोस ढङ्गले अगाडि बढाउँछौं । अहिले थप अनुकूलता हामीलाई मिलेको छ । हामीसँग बहुमत छ । छिमेकीसँग सन्तुलित सम्बन्ध छ ।
अघिल्लोपटक तपाईं प्रधानमन्त्री हुँदा गठबन्धन सरकार थियो, जतिसुकै बेला ढल्न सक्थ्यो । यहाँका सपना, योजनाको बढीभन्दा बढी बजारीकरण गर्ने, प्रचार–प्रसार गर्ने र मनोविज्ञान निर्माण गर्ने कुरा मुख्य थियो । अहिले मनोविज्ञानचाहीँत्यति चिन्ताको विषय होइन । इतिहासमै पहिलोचोटि यति ठूलो समर्थनको जननिर्वाचित सरकारको नेतृत्व गर्नुभएको छ । अब बोलेर भन्दा पनि गरेर परिणाम निकाल्नुपर्ने बेला छ । तर, कार्यशैलीचाहीँमनोविज्ञान निर्माणकै हावी छ भन्ने एक खालको गुनासो छ । मन्त्रीहरूका लय यहाँको परिणाम निकाल्ने कुरासँग मिलिरहेको छैन भन्ने गुनासो सुनिन्छ । अहिले भन्नुभएका सबै चीजमा यो लय मिलाउने कुरा कहिले हुन्छ ?
म प्रधानमन्त्री भएको यो डेढ महिनाभित्र पूर्व–पश्चिम रेलवे बनिसक्नुपथ्र्यो ? वीरगन्ज–काठमाडौ“ रेल आइसक्नुपथ्र्यो ? केरुङ–काठमाडौ“ रेल आइसक्नुपथ्र्यो ? पानीजहाज चलिसक्नुपथ्र्यो ? एउटा तत्वले जनतामा आशावादिता हुन नदिने र निराशा ल्याउने प्रयास गर्छ । मैले त्यसमाथि अलिकति हमला गरिदिएको छु । पहिलोपल्ट चाहीँबोल्नुपर्छ, वातावरण बनाउनुपर्छ, विश्वास जगाउनुपर्छ भनिएको थियो र ? थिएन । भन्छ मात्र गर्ने होइन, यो भन्ने मात्र कुरा भयो, यस्तोउस्तो किन भनेको ? गरेर देखाउनु नि, किन बोल्नु ? भन्नेहरू त्यतिबेला पनि थिए । ताकि जनतामा गर्न सकिन्छ भन्ने विश्वास नै नपलाओस् † मैले नै हलो फ्या“किदिएँ, कोदालो फ्या“किदिएँ, ट्याक्टर चलाएँ । यदि गर्दैमा देशमा मेसिनीकरण भइहाल्छ ? आधुनिकीकरण हुन्छ ? मैले देशवासीलाई आधुनिकीकरणमा जाऔ, मेसिनीकरणमा जाऔ भन्नुपरेन ? मैले मोबाइल चलाउँदैमा पुरै प्रविधिमय हुन्छ देश ? देशलाई प्रविधिमय बनाउनुपर्छ भनेर मैले जनतालाई भन्नुपरेन ? शिक्षा के हो, मैले बुझेर पुग्छ ? देशले बुझ्नुपरेन ? हाम्रा शिक्षालयले बुझ्नुपरेन ? त्यसकारण, हामी के गर्दै छौं भन्ने कुरा जनताले थाहा पाउँदा के बिग्रिन्छ ? हामीले भनेका मात्र छौं र ? कति काम त अहिले नै गरेका छौं । म त्यसको धेरै चर्चा परिचर्चा गरिरहन आवश्यक ठान्दिन । कसैलाई रिस उठेर केही निराधार कुरा भन्नु बेग्लै कुरा, म प्रधानमन्त्री भएपछि यहाँ अनियमितता, दुरुपयोग, पक्षपात, भेदभाव, बेथिति, असंवैधानिक काम भयो भन्ने तपाईंहरूले सुन्नुभएको छ ?
आर्थिक अनिमियता, कमिसन र काण्डका कुराहरू सुन्नुभएको छ ? तपार्इंहरूले यी कुरा सार्वजनिक गरेपछि कसैले अलिकति त भन्नुपर्यो भनेर रिस उठेर भन्नु बेग्लै कुरा हो । तर, त्यस्तो भन्ने ठाउँ कसैले पाउनेछैन । त्यो भिन्नता होइन ? भ्रष्टाचार, तस्करीलगायत बेठीक कुरा नियन्त्रण गर्ने र देशलाई ठीक दिशामा अगाडि बढाउने काम भएको छ । बजेट रित्याएको स्थिति छ, योजनाका निम्ति बजेट छैन, त्यस्तो खालको निराशामा फर्किएको अवस्थामा हामी देशमा आशावादिता जगाउँदै छौं । निराश जनता देशका निम्ति सबैभन्दा हानिकारक हुन्छन् भने आशावादी जनता सबैभन्दा ठूलो सम्पत्ति हुन्छन् । गर्न सकिन्छ भन्ने आत्मविश्वास विकासको आधार हो । त्यसबाटै निस्कन्छ भिजन, त्यसैबाट आउँछ प्रतिबद्धता । त्यसकारण, किन भन्ने कुरा होइन । के भनिएको छ र ? आकाशमा घर बनाउँछु त भनेको छैन । मङ्गल ग्रहमा लगेर बस्ती बसाउँछु पनि भनेको छैन । हामीले त सुक्खा खेतहरूमा धान अलिक बढी फलाउन हामीसँग खोला छन्, थुनथान गरेर नहर खनेर ल्याएर सि“चाइको व्यवस्था गर्छौं भनेका छौं । किन भनेको त्यो भन्ने ? किसानले त्यो कुरा थाहा पाउनुपर्छ, थाहा पाएन भने नहर खन्न मान्दैन । उसले जमिनमा खाल्डो खनेको मात्रै देख्छ । त्यसकारण, हामीले त्यो कुरा बताउनुपर्छ । त्यसो भन्दा फेरि एउटा व्यावसायिक वातावरणविद् निस्कन्छ । अनि नदी थुनेर प्राकृतिक वातावरणमा परिवर्तन आयो, अचाक्ली भयो, सहज रूपमा बग्न दिनुपर्ने खोला खेततर्फ लगाइयो, प्रकृतिलाई सहज ढङ्गले जान दिइएन, वातावरण बिग्रियो भन्न थाल्छ । अनि उसले हिमाल पग्लेको पनि त्यही कारण, समुद्रको सतह बढेको पनि त्यही कारण, ग्लोबल वार्मिङको पनि त्यही कारण भएको भन्दै अनेक बखेडा निकाल्छ । त्यसकारण, जनतालाई सही कुरा बताउनुपर्छ, हामीले त्यही भनिरहेका छौं ।
त्यतिसम्म त ठीक छ प्रधानमन्त्रीज्यू । तर, यहाँ त मन्त्रीहरूबीच वक्तृत्वकला प्रतियोगिताझैं देखिन थाल्यो नि त ?
मैले त्यस्तो देखेको छैन । मन्त्रीहरूले आ–आफ्नो क्षेत्रमा हामी यो–यो काम गर्छौं भनेर आफ्ना योजना निर्माण गरेको र ती योजनाहरू प्रस्तुत गरेको हुन सक्छ । कुनै काम गर्नुभन्दा अगाडि लेटर अफ इन्टेन्ड (आशयपत्र) दिने चलन हुन्छ, हामी यो काम गर्छौं भनेर । त्यसमा सहमति भयो भने एलओआई दिने चलन हुन्छ । सहमति दिएपछि एमओयुईको चरण अनि अरू सर्भे गर्दै गएर डिजाइन, लगत इस्टिमेट सबै हुन्छ र काम अगाडि बढाइन्छ । त्यसकारण, हाम्रा मन्त्रीहरूले आफ्नो काम गर्ने मनशाय र प्रतिबद्धता जनताका अगाडि पूरा गरेका हुन सक्छन् । चुपचाप बस्यो, केही पनि भनेन भने तीन महिनापछि जनताले सोध्न पाउँदैन । किनभने, ऊ चुपचाप बसेको थियो, केही भनेकै थिएन । एक वर्षपछि सोध्न पाउँदैन, किनभने पोहोर केही भनेको थिएन । त्यसकारण, म यो गर्छु भनेर अगाडि बढाएर गरे भने नराम्रो केही भएन । यहाँ भनेकै सुन्दाखेरि कतिलाई सही नसक्नु भएको छ । त्यसकारण, चुनावअघि मैले भनेको थिएँ, अब बानी गर्नुपर्छ । त्यतिबेला एमाले र माओवादी केन्द्रको तालमेल भइसकेको थिएन । त्यतिबेला भनेको थिएँ, अब एमालेले जित्यो, एमालेले बहुमत ल्यायो, सरकार बनायो भन्ने कुरा त सुन्ने बानी गर्नुपर्यो । प्रयास त गर्नुस्, माइन्ड मेकअप गर्नुस् † अब पनि म भन्छु– कोही छटपटाउनुपर्दैन, तिनकै सन्तानका लागि हामी देश बनाउँदै छौं ।
अलिकति पुरानै कुरामा फर्कौं, अहिले प्रकट भएको जुन अभूतपूर्व जनसमर्थन छ, यसको प्रवृत्तिलाई के ठान्नुहुन्छ प्रधानमन्त्रीज्यू ? यो वाम तालमेलको परिणाम वा नेपाली काङ्ग्रेसको असफलता वा तपाईंको लोकप्रियता वा अरू केही कारण हो ?
हाम्रा सही दृष्टिकोणहरू, नीतिहरू, व्यवहारहरू र प्रतिबद्धताहरू नै यसका कारण हुन् । हामीले झूट बोलेका छैनौं, बेइमानी गरेका छैनौं, जनतालाई छक्काएका छैनौं । हामी भ्रष्ट होइनौं, भ्रष्टाचार गरेका छैनौं, गर्दैनौं । हामीले जतिबेला मौका पार्यौं , काम गरेर देखायौं । २०५१ सालमा अलिकति मौका पार्यौं , गरेरै देखायौं । अल्पमतको सरकार थियो, लामो समय काम गर्न पाएनौं । तर पनि केही ऐतिहासिक र कसैले मेट्न नसक्ने खालका छापहरू छाडेका छौं । हामीलाई गलत ढङ्गले हटाइयो । एउटा चक्रव्यूह थियो, त्यसमा पारियो । तर, हामीले त्यतिबेला हि“डेको बाटोका पैतालाका डोबहरू फेरि पनि मान्छेले देख्छन्, सम्झन्छन् । त्यसैकारण, हामी पटकपटक सरकारमा आउन सक्यौ । दुई वर्षअगाडि धेरै अप्ठ्यारो परिस्थितिमा एमालेले फेरि नेतृत्व गर्ने मौका पायो । व्यक्तिगत तवरमा पार्टीले मलाई जिम्मा दियो, पार्टीका तर्फबाट नेतृत्व गर्न । विगतदेखि हामीले गरेका काम, हामीले लिएका नीति, दृष्टिकोण र हाम्रा कामहरूबाट आर्जित अनुभवहरूलाई ठीक ढङ्गले प्रयोग गर्ने बाटो मैले लिएँ । जस्तो परिस्थिति थियो, त्यसमा हाम्रो भूमिका के हुनुपर्छ भनेर सोचेको हुँ । मैले आजको पुस्ता मात्र होइन, पुर्खा पनि सम्झिएको हुँ । वर्तमान मात्र होइन, भविष्य पनि हेरेको हुँ । मैले इतिहासका उतारचढाव मात्र सम्झिन, एक्काइसौ शताब्दीका मूल्य–मान्यताहरू पनि सम्झिएको हुँ । र, मैले नेपाली जनताका आशा, भरोसा र अपेक्षाहरू सम्झिएको हुँ । यतिबेला नेपालको आवश्यकता के हो, त्यो पनि सम्झिएको हुँ ।
यिनै कुराहरूबाट निर्देशित भएर काम गर्दा नै वाम तालमेल बनेको हो । वाम तालमेल नबनी एक्लै चुनाव लड्दा पनि हाम्रो प्रथम स्थान आयो । त्यसका पछाडि कारणहरू थिए । ती कुराहरू पनि हेरेर तिनको जगमा हामी तालमेलसहित चुनावमा गयौं । त्यसले थप अनुकूलता प्रदान गर्यो, बहुमत आउने कुरामा । त्यो मात्र पनि होइन, मधेसकेन्द्रित दलहरूले त एमालेको नाम पनि सुन्न चाह“दैनन् भन्ने थियो । एमालेका अध्यक्ष केपी ओलीको त झन् नामै सुन्नै चाह“दैनन् भन्ने थियो नि † ७७.६१ प्रतिशत मतका साथ संसद्ले विश्वास जाहेर गरेको छ । अहिले धेरै नभनौं, हाम्रा कामहरू र कामका सन्दर्भमा टिप्पणीहरूलाई वादविवाद प्रतियोगिता ठान्नेहरूलाई मैले जवाफ दिनुपर्ने आवश्यक छैन । किनभने, हामी गरेर देखाउँछौं ।
तालमेलपछि निर्वाचनलगत्तै पार्टी एकता गर्ने भन्नुभएको थियो, तर झन्डै चार महिना बित्न लागिसक्यो । यो किन लम्बिएको होला ? अर्को कुरा, ‘जनयुद्ध’लाई स्वीकारेर अथवा जनताको बहुदलीय जनवाद र सूर्य चिह्नलाई छाडेर भए पनि पार्टी एकता हुने भयो भन्ने ढङ्गको परिचर्चा चलिरहेको छ, त्यस्तो हुनेवाला छ र ?
कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि भन्छन् । छलफल चल्न दिनुपर्छ । म अरूजस्तो यसो हुनुपर्छ, उसो हुनुपर्छ भनेर निर्णय हुनुभन्दा अगाडि केही नबोलू“ । म यति मात्र भन्छु, अनुपयुक्त निर्णय हुँदैन, उपयुक्त मात्र हुनेछ । किनभने, हामी दुनियाँका अगाडि प्रतिरक्षात्मक हुन यो एकता गर्न गरिराखेका छैनौं । सैद्धान्तिक–वैचारिक मूल्य–मान्यतामा रक्षात्मक (डिफेन्सिभ) हुन होइन, आक्रामक (अफेन्सिभ) हुन हामी एकता गर्दै छौं । कुनै हिसाबले कुन चिह्न लोकप्रिय छ, कुन चिह्नलाई जनताले माया गरेका छन्, यो कुनै छलफलको विषय नै होइन । हामीले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउन खोजेको हो, कमजोर बनाउन होइन । त्यसकारण, ती कुराहरूका सन्दर्भमा बहस–विवाद हुन दिनुपर्छ, आग्रहहरू पोखिन दिनुपर्छ । त्यो ठूलो कुरा होइन । तर, हामी महान् अभिभाराहरूका साथ अगाडि बढ्दै छौं, त्यही गम्भीरता र सङ्कल्पका साथ अगाडि बढ्दै छौं । हामीले जसो भने पनि हुन्छ भनेजस्तो हल्काफुल्का ढङ्गले चल्दैनौं । हामी गम्भीरताका साथ चल्छौं, सफलता र अग्रगमनका लागि । हाम्रा अभिभारा पूरा गर्न हामी अगाडि बढ्ने हो । केही विरोधै गर्नेहरू विरोध गरिरहन्छन् । टिप्पणी गरिरहन रुचाउनेहरू त्यसै गर्छन् । केही सही ढङ्गले अहिलेको सन्दर्भमा माक्र्सवाद नबुझेका, जनताको बहुदलीय जनवाद नबुझेका र एउटा कुनै विषय पढ्दैमा सबै विषयको ज्ञाता ठान्ने तत्वहरू नेपालमा छन् । ३ करोड जनसङ्ख्यामा दुई–चार जना त्यस्तो भन्नेहरू हुनु अस्वाभाविक होइन ।
एकता प्रक्रिया किन लम्बिएको हो त ?
चार दशकदेखिका दुईटा धार यत्रो प्रतिस्पर्धा र यत्रा विचारधारात्मक मान्यताहरूमा भिन्नताका पृष्ठभूमिबाट आएकाहरू मिलेर अहिले सरकार यतिबेलै बनाउँदै छौं । चुनाव पनि यतिबेलै लड्दै छौं । कानुन पनि बनाउँदै छौं । अघिल्लो सरकारले केही पनि गरेको छैन, कुनै तयारी नै गरेको छैन । त्यस्तो अवस्थामा हामीले एउटा मात्र होइन, सबै काम सँगसगै गर्नुपरिरहेको छ । पार्टी एकता मात्र गर्नुपरेको भए त हामीले तीन दिनमा सकिदिन्थ्यौ । तर, पाच दशकदेखिको लामो अभ्यास नजिकै आएको छ । कार्यकर्ता भावनात्मक ढङ्गले नजिकै आएका छन् । अब नेपालको हित चाहनेहरूका मनमनमा एकताप्रिय आकाङ्क्षाका रूपमा हतारको विषय भएको छ । तर, केहीचाहीँफेरि किन भएन भन्नका पछाडि उनीहरूको नभइदिए हुन्थ्यो भन्ने तुष्टिका लागि हो । केहीले चाहीँजनतामा आशङ्का पैदा गर्न ‘हुँदैन, यिनीहरू गर्न सक्दैनन्, यिनीहरू ढिलासुस्ती छन्’ भनेर केही न केही खोट देखाउन त्यसो भनिरहेका छन् । तर, एकदम हतार गर्नुपर्ने विषय हो र यो ? पूर्णिमाको भोलिपल्ट कृष्ण पक्ष लागेपछि खत्तम भइहाल्छ, अर्को महिना लागेपछि हुँदैन भन्ने कुरा होइन । यो बिनाहडबडी, बिनाहतार गर्नुपर्छ । हामी हतार एउटा कुरामा गर्छौं, देश बनाउने र विकास निर्माण गर्ने कुरामा । अरू कुरा अलिक सुबिस्तामा गर्छौं ।
प्रधानमन्त्रीज्यू, यहाँले भर्खरै भन्नुभयो, भिन्न पृष्ठभूमि, भिन्न संरचनाका दुई पार्टी एक हुँदै छन् । यसरी एक हुँदा ऊर्जा आउनुको साटो मैले जिम्मेवारी पाइन भन्ने गुनासो र त्यही कारणले निस्क्रियता बढ्ने खतराप्रति कत्तिको सचेत हुनुहुन्छ ?
अलिअलि त्यस्तो खतरा हुन्छ, आम होइन । किनभने, अलिकति मानसिकतामा परिवर्तन गर्नुपर्छ । जस्तो, जिम्मेवारी भनेको योचाहीँभएपछि जिम्मेवारी हुन्छ, योचाहीँभएपछि हुँदैन भन्ने कुरा होइन । हाम्रो भाषा के छ भने प्रधानसम्पादक भयो भने जिम्मेवारी भयो, त्यसबाट हटाएर सम्पादक भन्नुभयो भने उसले काम गर्दैन र भन्छ– जिम्मेवारी छैन, काम छैन । काम नभएको त होइन नि † यस्तै काम नै नहुने, जिम्मेवारी नै नहुने, एक ठाउँमा एउटा कामबाट त्यही काम भएन र चित्तबुझ्दो लागेन भने जिम्मेवारी छैन भन्छ । तर, जिम्मेवारी पनि हुन्छ, काम पनि हुन्छ ।
मेरो अनुभव कस्तो छ भने म जेलमा बस्दा पनि व्यस्त थिएँ, फुर्सद हुँदैनथ्यो । काम त केही पनि थिएन, न महिनावारी न रोजगारी । तर पनि, यस्तो व्यस्त भइन्थ्यो कि कहिलेकाही त सगै बसेका साथीहरूबाट पनि अलिक समय कुरा गर्न पाइएन भन्ने गुनासो हुन्थ्यो । काम पाइएन, जिम्मेवारी पाइएन भन्ने कति कुराचाहीँसत्यमा आधारित छैनन्, खाली भावनात्मक छन् । कति सत्यमा आधारित पनि छन् । सत्यमा आधारितहरूलाई बढी गम्भीरताका साथ संवेदनशील भएर लिनुपर्छ । भावनात्मक पक्षलाई मर्मत गर्ने, सम्झाउने र त्यसलाई सम्बोधन गरेर मनोविज्ञान वा परिस्थितिमा परिवर्तन गर्नुपर्छ । सम्पूर्ण सन्तुष्टि नहुन सक्छ, वैयक्तिक तवरमा । तर, हामी बृहत्तर अभियान सम्पन्न गर्दैछौं भने केही सानोतिनो कमी हुन सक्छ ।
पार्टी एकताका सन्दर्भमा छलफल गरिरहदा प्रतिशत बाडफाट, नेतृत्व बाडफाट भन्ने ढङ्गका कुरामा बढी छलफल, बढी रुचि, बढी समय बितिरहेको तर आजको सही नीति निरूपण गरेर अगाडि बढ्नुपर्ने सवालमा अलिक कम छलफल भएको, त्यता कम रुचि भएको र यो कामचाहीँअलिक ओझेलमा परेको जस्तो अनुभूति हुँदैन ?
मान्छेका आकाङ्क्षा हुन्छन्, अहम् हुन्छन । ती प्रकट हुन्छन्, इगो पनि प्रकट हुन्छ, अहम् पनि प्रकट हुन्छ । त्यसलाई हामीले धेरै अस्वाभाविक रूपमा लिनुहुदैन । तर, गलत कुरा स्वीकार गर्न मञ्जुर गर्नुहुदैन । इच्छै प्रकट गर्ने भावना एकताको सन्दर्भमा अलिकति हुन्छन् । एकता भएर एकै ठाउँमा भइसकेपछि ती भावना स्वतः समाप्त हुन्छन् । अलिकति समय त्यही पनि मान्छेले आफ्नो लाभका निम्ति पूर्वस्थिति वा पूर्वसंलग्नताको सहारा लिएर लाभ लिन खोज्छ । यस्ता एकीकरणका बेलामा वा केही समयपछिसम्म यसखाले प्रयासहरू मान्छेले गर्छन् । ती प्रयासहरू पर्याप्त र फलिफापसिद्ध भएनन् भने बिस्तारै अन्तरघुलन (एडजस्ट) हुँदै जान्छन् र पछि त्यो समस्या रहदैन । तर, केही समय त्यस्तो समस्या रहन सक्छ ।
कतिपय एकदम राम्रा अभ्यास आत्मसात् गरिएको थियो । सधै एउटै व्यक्ति नेतृत्वमा नरहने, उमेरको हद तोक्ने, जसले गर्दा नयाँ पुस्ता अगाडि आउन, नयाँ ऊर्जा अगाडि आउन मद्दत पुग्छ भन्ने थियो । जनतालाई त ज्येष्ठ नागरिक भत्ता दिने यो पार्टीले कार्यकारी प्रमुखका लागि ७० वर्षको उमेर हद पनि तोकेको थियो । यी सबै कुरा हटाउने निष्कर्षमा पुग्नुभयो भन्ने कुरा आएको छ । चीनमा त्यो व्यवस्था हट्यो भनेर हामीले पनि त्यसलाई आत्मसात् गर्न लागेका हौ भन्ने बहस पनि हुन थालेको छ । यो के हो ?
यस प्रश्नमा एउटा कुरा मिसिएर आएको छ– त्यो हो प्रगतिशील शक्तिविरोधी, वामपन्थी शक्तिविरोधी र कम्युनिस्ट शक्तिविरोधीहरूले फिजाउने गरेको भ्रम । राम्रै भएछ नि त–अमेरिकामा पनि उमेरको हद छैन, भारतमा पनि छैन । तपाईंले अहिले उठाएको प्रश्न मौलिक ढङ्गले उठाउनेहरूकोमा पनि उमेरको हद छैन । अनि उनीहरूकै बाटोमा अरू पनि आए भने त ठीकै भएछ नि † किन त्यस्तो लागेको होला उनीहरूलाई ? त्यो लाग्नुपर्ने कुनै कारण छैन ।
कहिले–कहिले सन्दर्भहरू हुन्छन् । बृहत् एकताको सन्दर्भमा जा“दा हामीले यस्ता कुरामा ध्यान दिनुपर्छ । किनभने, माले–माक्र्सवादी एकता हुँदा मनमोहन अधिकारीले ठ्याक्कै ७० वर्ष पार गर्नुभएको थियो । ७० वर्षको उमेर हद लगाएको भए के हुन्थ्यो ? हामीले एउटा कोर्समा आफूलाई त्यसअनुसार तयार गर्यौं । अहिले हामी बहृत्, व्यापक र सम्पूर्ण एकतातर्फ जान चाहिरहेका छौं । मोहनविक्रम सिंह, चित्रबहादुर केसी वा नारायणमान बिजुक्छे एकताका लागि तयार हुनुभयो भने हाम्रो त ७० वर्षको हदबन्दी छ भनेर व्यवधान खडा गर्ने कुरा कति तर्कसङ्गत हुन्छ ? अथवा, हामी हाम्रा अडानमा दृढ छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ कि सबैलाई समेटेर जाने कुरा महत्वपूर्ण हुन्छ ? समय त गतिशील छ । त्यसकारण, यस्ता कतिपय सम्भावनाहरूलाई हेरेर कहिलेकहिले नीतिहरू परिस्थितिले पनि तय गर्छ ।
चीनको कुरा कताबाट जोडियो ? हाम्रो यहाँ एकताको छलफल चलेको चीनको १९औ“ महाधिवेशन भएर हो र ? होइन, हामी आफ्नो प्रक्रियामा छौं । हामी माक्र्सवादी दर्शन, माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट निर्देशित छौं ।
मधेसकेन्द्रित दलहरू पनि सरकारमा सहभागी हुने चर्चा चलेको थियो । सरकारसँग दुई तिहाइभन्दा बढी मत हुने भयो भनेर विपक्षीहरूले अधिनायकवादतर्फ जान चाहेको आक्षेप पनि लगाएका थिए । सुविधाजनक बहुमत हुँदाहुदै मधेसी दलहरूलाई सरकारमा ल्याउने आवश्यकता किन महसुस भयो ? अनि बीचैमा यो प्रक्रिया किन ढिलो भयो ?
हामी आफैंले पनि झन्डै एक महिना लगायौं यति २२ जना मन्त्री बनाउन । २५ बनाउन पाइन्छ, २२ बनाएका छौं । मन्त्री नै बनाउने कुरामा हामीमा त्यस्तो हतार छैन ।
एउटा गजबको तर्क छ– बहुमत भए पुगिहाल्यो नि, धेरै मिलेर देश किन बनाउनुपर्यो ? प्रतिपक्षमा विरोध गर्न, उफ्रिन प्रशस्त मान्छे छाड्नुपर्छ नि † सबै मिलेर विकास निर्माणतर्फ जान्छौं भन्ने ? सबै मिलेर सरकार चलाउछौं भन्ने ? यो उपयुक्त भएन ।
अर्को, सङ्घीय समाजवादी फोरमले समर्थन गर्यो, राजपाले पनि समर्थन गर्यो । सबैजना छक्क परेपछि छक्कबाट निस्किएको तर्क छ– यो अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिन्छ । अरूले नै गर्दा यस्तो भयो भन्ने तर्क सुनिन्छ । बिहान अनलाइन हेर्नुस्, किन प्रधानमन्त्री पहिले चीन गएनन् ? परम्परा नै किन धान्नुपर्यो ? प्रश्न गरिन्छ । फेरि अलिक दिउँसो अर्कोले छाप्छ, अन्ततोगत्वा चीनको दबाबका अगाडि ओली टिक्न सकेनन्, चीन जाने भए । फेरि बेलुका अर्को अनलाइनमा आउँछ, आखिर फेरि पनि अडानमा रहन सकेनन् । उनले केही परिवर्तन ल्याउन खोजेका हुन्, तर फेरि पनि भारतको दबाबका अगाडि झुके । थाहा पाउनुस्, यसको रहस्य †
अधिनायकवादका सम्बन्धमा लगाएको आरोपबारे के भन्नुहुन्छ ?
अधिनायकवाद आउँछ भनेर अहिले भनेको हो र ? चुनाव अगाडि नै नारा यही थियो । यो समाजवाद, समानता, सामाजिक न्याय र लोकतन्त्रविरोधी प्रचारबाजी मात्र हो । लोकतन्त्रलाई राजनीतिक अधिकारतन्त्र र सीमित अर्थमा बुझ्ने तत्वहरू, जसलाई यथास्थितिवादी भनिन्छ, उनीहरूले फैलाएको हल्ला हो । हामी कहिले–कहिले ती शक्तिलाई प्रतिक्रियावादी भन्छौं, जसले समाजलाई उल्टोतिर फर्काउन खोज्छन्, तिनले प्रगतिशील तत्वको सरकार हुनुलाई नै अधिनायकवाद देख्छन् । मैले केही दिनअघि एउटा कार्यक्रममा बोल्दा भने“, चिलीमा एलेन्डेलाई अपदस्थ गर्दा अधिनायकवाद आउँछ भन्ने बहाना बनाइएको थियो र त्यसपछि अधिनायकवाद लादिएको थियो । इन्डोनेसियामा सुकार्नोलाई अपदस्थ र हत्या गर्ने सुहार्तोले लोकतन्त्रको रक्षाकै कुरा गरेर त्यसो गरेका थिए र आफूले अधिनायकवाद लागू गरेका थिए । अधिनायकवादी तत्वहरू अहिले विस्तारै ‘फेज आउट’ हुँदै छन् । तर, तिनीहरूले दुईटा चीजका नाममै अधिनायकवाद लागू गर्थे– पहिलो, ईश्वरका नाममा । आफू ईश्वरको अवतार भएको र ईश्वरले आफूलाई शासन गर्न पठाएको भन्दै मैले सपनामा ईश्वरको यस्तो आदेश पाएँ भनेर अधिनायकवाद लागू गर्थे । उसले सपना देखेन भने र रैतीले बोल्न भएन, मारिहाल्थे । दोस्रो, त्यो विधि अलि कमजोर भएपछि उनीहरूले जनताको नाममा पनि थपे । अब यिनलाई जनताले पनि पत्याउन छाडे । तर, यिनीहरू आफू शासनमा हुनुलाई लोकतन्त्र भन्छन् ।
म हालैको भारतको लोकसभाको बहस सम्झन्छु– नयाँ भारत, पुरानो भारत आदिबारे । त्यहाँ पनि यस्ता बहसहरू हुन्छन् । प्रतिक्रियावादी तत्वहरूले तानाशाही आउँछ, तानाशाही हुन्छ, अधिनायकवाद हुन्छ भन्ने अरू हिसाबले होइन, सरकारमा कम्युनिस्ट आउनु आफै“मा अधिननायकवाद हो भन्ने उनीहरूको निम्छरो परिभाषा हुन्छ । त्यो निम्छरो परिभाषालाई कसैले पत्याउँदैन । तर, उनीहरू नै शाब्दिक चलाखी पनि गर्छन् । त्यो के भने ‘अब कम्युनिस्ट सरकार भएपछि नेपालमा अधिनायकवाद आउँछ भन्छन्, म झूटो बोल्दिन“’ भन्दै सत्यवादी पल्टिन्छन् । तर के भन्छन् भने यिनीहरूले ल्याउन सक्दैन, त्यसकारण आउँदैन । सके त ल्याउँथे नि, तर यिनीहरूले सक्दैनन् । सामथ्र्यकै कुरा गर्दा अलिकति यसो भन्नेहरू भन्दा त अहिले जनताले अलिकति हामीलाई नै बलियो बनाएको होला नि †
नेपालमा प्रधानमन्त्री भएपछि तुरुन्तै भारत भ्रमणमा जाने भनेर आलोचना हुदै आएको थियो । तपाईंको पनि पहिलो छनोटमा भारत नै पर्यो । किन ?
– यो संयोग हो । भारतचाहीँपहिले जानै हुन्न भन्ने नियम पनि होइन, भारत नै पहिले जानुपर्छ भन्ने पनि होइन । यसलाई कायम राख्न खोजिएको पनि होइन, तोड्न खोजिएको पनि होइन । यो धेरै महत्वको विषय होइन । महत्वको विषय राष्ट्रिय हित र स्वाभिमान हो । तसर्थ, भ्रमण उपययोगी हुन्छ÷हुँदैन, फलदायी हुन्छ÷हुँदैन, त्यसभ्रमणले सम्बन्ध बिगार्छ कि सपार्छ ? सहकार्य घटाउँछ कि बढाउँछ ? प्रश्न त्यो हो । हामीले जहिल्यै सम्बन्धलाई माथि उठाएका छौं, आधुनिक र न्यायोचित उचाइमा पु¥याएका छौं । अरूले त्यसलाई भत्काउन खोजेका छन्, भत्काएका छन्, अनुचित बनाएका छन्, असन्तुलित बनाएका छन् । हामी उचित र सन्तुलित स्थितिमा लैजान्छौं, उठाउँछौं । अहिले त्यस तहतिर उठेको छ । तसर्थ, दक्षिण पहिले कि उत्तर पहिले, पूर्व पहिले कि पश्चिम ? यो कुनै ठूलो कुरा होइन ।
चुनावपछि, खासगरी तपाईं प्रधानमन्त्री भएपछि हाम्रा दुई छिमेकी र अरू अन्तर्राष्ट्रिय समुदायको मनोविज्ञान र सोचाइ कस्तो पाइरहनुभएको छ ? उनीहरूलाई तपाईंको अपिल के छ ?
एउटा त नेपाली जनता खुसी भए, हामीले बहुमत ल्याउँदा । त्यो खुसी यस कारण थियो– विकासका आकाङ्क्षा र समृद्धिका सपनाहरू पूरा गर्न स्थायित्व आवश्यक छ । स्थायित्व मात्र भनेर हुँदैन, दृष्टिकोण र प्रतिबद्धतासहितको स्थायित्व आवश्यक छ । त्यसकारण, विकास हुन्छ भनेर जनता खुसी भए । नेपालभित्र मात्र होइन, विश्वव्यापी रूपमा नेपाली समुदाय खुसी भयो । यो खुसियालीका छालहरू हाम्रा सीमाहरूभन्दा बाहिरसम्म पुगे । हाम्रा छिमेकीहरू पनि खुसी भए, मित्रहरू पनि खुसी भए । त्यो खुसी उनीहरूले व्यवहारबाट प्रकट पनि गरे । त्यो कुनै लुकेको छैन, अब स्थिर सरकारसँग व्यवहार गर्न पाइने भयो, विकासको साझेदार, सहयात्री र सहयोगीको भूमिकामा बस्न सकिने भयो भन्ने उनीहरूलाई लागेको छ । हाम्रा कतिपय स्रोतहरूको साझा उपयोग, साझा प्रयासका साथ साझा सुन्दर भविष्यतर्फ हि“ड्ने सुनौलो अवसर मिल्ने भयो भनेर उनीहरूको व्यवहारबाट खुसी प्रकट भयो । हाम्रा विरोधी र टिप्पणीकर्ताहरू त्यस कुराबाट निकै छटपटाए । तिनीहरूले हार्मोनियममा धून त मिल्यो, तर त्यो औंला चलाएको मिलेजस्तो देखिएन भनेझै टिप्पणी गरे । गितारका तारहरू राम्रै बजेका छन्, तर बिटिङचाहीँअलिकति मिलेन, कर्ड नमिलेजस्तो लाग्छ, तर धूनचाहीँराम्रै आएको छ भन्नेजस्ता टिप्पणीहरूको खास केही अर्थ छैन ।
हामीले विश्वको समर्थन पाएका छौं । विश्व समुदायबाट विकासमा सहयात्रा गर्ने प्रतिबद्धता पाएका छौं, आत्मीयता पाएका छौं, निमन्त्रणा पाएका छौं । उहा“हरूले आफूहरू पनि आउने इच्छा जाहेर गर्नुभएको छ, हामीले पनि इच्छा जाहेर गरेका छौं । यसर्थ, सम्बन्ध नयाँ उचाइमा उठेको छ । यो सैद्धान्तिक वा शाब्दिक मित्रताको उचाइमा मात्र होइन, व्यावहारिक मित्रता र विकासका प्रयासहरूमा साझेदारीमा उठ्ने प्रतिबद्धता र व्यवहार भइरहेको छ । यो सकारात्मक कुरा हो ।
यसले एउटा के नयाँ शिक्षा दिएको छ भने आफ्ना जायज हितलाई स्पष्ट भन्यो र आफ्ना न्यायिक प्रश्नहरूमा अडियो भने अरूले पनि महसुस गर्दा रहेछन् । त्यस हिसाबले नै सम्बन्धलाई अगाडि बढाउन मलजल पनि गर्दा रहेछन् । सन् १९५० को सन्धिबारे बोल्नै हुँदैनथ्यो, आज प्रबुद्ध समूहमा छलफल भएर राम्रो निष्कर्षतर्फ अगाडि बढिरहेको स्थिति छ । राष्ट्रिय हितका कुरा गर्दा ‘ल हेर मुखमुखै लागेको ?’ भन्ने तालका दृष्टिकोण भएका तत्वहरू देशभित्रै भएपछि राष्ट्रिय हितको अवस्था कमजोर हुनु स्वाभाविक हो । विगतमा बढी त्यसरी टिप्पणी भयो, अब त्यस्तो अवस्था छैन । त्यसकारण, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध वास्तविक अर्थमा उचाइमा, आधुनिक मूल्य–मान्यतामा, पारस्परिक हित र सम्मानमा, राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वहरूमा उठेको छ । यसलाई लिएर अब हामी विकासका ठोस प्रयासहरूका साथ अघि बढ्छौं ।
(नवयुगका लागि प्रधानसम्पादक योगेश भट्टराई, सम्पादक सूर्य थापा र कार्यकारी सम्पादक विष्णु रिजालले लिनुभएको विशेष अन्तर्वार्ता)
नवयुग, फागुन, २०७४