देउवालाई वनबास पठाएर कांग्रेस कब्जा गर्न रामचन्द्रलाई उकास्नेको यस्तो छ दस्ता



‘महाधिवेशनको म्याण्डेड र लिगेसी दुवै फेल भयो । अब यसरी चल्दैन, चल्न दिनुहुँदैन ।’ चार वटा फरक–फरक भेलामा अर्जुननरसिंह केसीले जोडतोडका साथ भने, ‘नेतृत्व चाहिएन, तर पार्टी सुध्रिनुप¥यो ।’

नेपाली कांग्रेस, केन्द्रीय कार्यसमितिको बैठक ९ गते शुक्रबारका लागि बोलाइएको छ । तर, बैठकअघिका मिनी बैठकहरू राजधानीमा तीव्र हुन थालेका छन् । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवाले उपयोग गरेका कृष्ण सिटौला, अर्जुननरसिंह केसीदेखि रामचन्द्र पौडेल र आफ्नै गुटसँग असहमति जनाइरहेका शेखर कोइरालाहरू त्यस्ता मिनी बैठकका सहभागी हुन् । त्यही बैठकमा कहिल्यै नमिल्ने अर्जुननरसिंह र रामशरण महत पनि साथै छन् । उनीहरू शेरबहादुर नेतृत्वविरुद्ध एक भएर जाने कुरामा सहमत छन् । अहिलेसम्म पदपूर्ति हुन नसकेको पदाधिकारी (उपसभापति र महामन्त्री) उनीहरूकै योजनाअनुसार बनाइनुपर्ने जोड छ । तर, त्यस्तो भेलामा आजसम्म महामन्त्री शशांक कोइराला देखिएका छैनन् । संसदीय दलको बैठकमा उनको भूमिका प्रस्ट भएन भनेर हो, शशांक शंकाभित्र राखिएका । तर, शशांकले चार दिनअघि सिनामंगलस्थित होटल एयरपोर्टमा काठमाडौंमा उपलब्ध जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको भेला राखे । शेरबहादुरका कमजोरीविरुद्ध भएजतिको शक्तिका साथ उत्रन आग्रह गरे । तर, मिनी बैठकका सहभागी भन्छन्, ‘त्यसो भन्न पनि शेरबहादुरले लगाएको हुनुपर्छ । किनभने, विरोधी शक्ति निर्माण गरेजस्तो गर्ने र अन्तिममा त्वं शरणम् गर्ने उनको आदतै हो ।’
९ गतेको बैठक मुख्यतः चुनावको समीक्षाका लागि बस्दै छ । तर, त्यो बैठकमा निर्वाचनमा पार्टीको शर्मनाक पराजयबारे गम्भीर छलफल गर्न नेताहरू तयारीमा छन्, आजको जनआस्थामा समाचार छ ।
वाम गठबन्धनभन्दा बढी अन्तर्घातका कुरा चुनाव परिणाम प्रतिकूल भएको भन्ने सबैजसो असन्तुष्टको ठम्याइ छ । शेखर कोइराला संसदीय दलको नेता बन्लान् भनेर रमेशजंग रायमाझीलाई प्रयोग गर्दै आरजुको डिजाइनमा चुनाव हराइयो भन्ने एउटा आरोप छ । विमलेन्द्र निधिले हारुन् भन्ने चाहना शेरबहादुरको थियो । पटक–पटक जनकपुर बोलाउँदा एकपल्ट पनि भाषण गर्न नजानु, महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध उम्मेदवारी नदिनु तर विमलेन्द्रविरुद्ध राजेन्द्र महतोलाई उकास्नुजस्ता हालसम्मका अनुत्तरित प्रश्नको जवाफ शेरबहादुरलाई सोधिने भएको छ । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी (उपसभापति र महामन्त्री) नियुक्त गर्ने व्यवस्था छ । तर, दुई वर्ष बितिसक्यो, कांग्रेसले पदाधिकारी पाएको छैन । उपसभापति खुबहादुर खड्कालाई बनाउने महाधिवेशनकालीन वाचा थियो । र, पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउने । तर, त्यसलगत्तै सत्ताखेलका कारण विमलेन्द्रलाई उपसभापति बनाउनुपर्ने बाध्यता आइलाग्यो । तर, त्यसो गर्दा पनि भ्यागुताको धार्नीजस्तो कुरा मिल्न मुस्किल भयो । कारण हुन्, गोपालमान श्रेष्ठ । ‘त्यत्तिका पुराना मान्छे हुँदाहुँदै अरूलाई उपसभापति बनाउने ?’ भनेर देउवा कोटरीका विमलेन्द्रविरोधीको हुंकार शुरु भयो ।
गोपालमानलाई थम्थम्याउन शिक्षा मन्त्री बनाइयो, त्यो पनि उपप्रधानमन्त्रीबिनाको । यताबाट कुरा नमिलेपछि कोइराला खेमाका एकथरी मान्छेहरू चोर्ने खेलबमोजिम, शशांक कोइरालासँगको सल्लाहमा शेखरलाई उपसभापति बनाउनुपर्छ भन्ने लाइनमा शेरबहादुर लागे । त्यो पनि सफल भएन । चुनावअघि विजय गच्छदार कांग्रेसमा फर्किएका छन् । आफू मात्र गएनन्, मधेस आन्दोलनअघि कम्युनिस्ट आन्दोलनबाट विकास भएका जितेन्द्र देवहरू पनि सँगै गए । अब व्यवस्थापनको कुरा अल्झिएको छ, गच्छदार र जितेन्द्र देवहरूको । मुलुक संघीयतामा गइसक्यो । तर, पार्टीको संघीय संरचना अझै बनेको छैन । तर, शेरबहादुर गच्छदारलाई उपसभापति बनाउन आतुर छ । ९ गतेको बैठकअघि केन्द्रीय कार्यालयको विज्ञप्तिबाट विजय पार्टी उपसभापति नियुक्त भएको सार्वजनिक गरेछन् भने अचम्म मान्नु नपर्ने स्थित भएको कांग्रेसवृत्तमा चर्चा छ । शेरबहादुरले गच्छदारलाई त्यही शैलीमा संसदीय दलको उपनेता बनाइसकेका छन् ।
उता, धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मासहितका सात भाइ, नवीन्द्रराज जोशीलगायत १४ भाइ पनि देउवाविरुद्ध अलग–अलग मोर्चाबाट डटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
लगातार बर्षा र पहिरोले नागढुंगा सुरूङमार्ग सडक अवरूद्ध

  पृथ्वी राजमार्गको धादिङ धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडक अवरूद्ध भएको छ। सुरूङमार्ग नजिकै

काठमाडौं उपत्यका प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

     काठमाडौं प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला

देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी