बिपी दुई तिहाई मत सहितको प्रधानमन्त्री भएकै साल जन्मिएका सभामुखले केपीलाई यसरी बनाउदैछन् दुई तिहाईको प्रधानमन्त्री



२०५१ सालको मध्यावधि निर्वाचनमा ६ सिटले एमाले कांग्रेस भन्दा बढि थियो। प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८२ ल्याउँदा एमालेको ८८ थियो। अर्थात् त्यसबेला एमाले संसदमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। त्यसबेलाको संविधान अनुसार पनि पहिला संसदमा बहुमत प्राप्त पार्टीलाई राजाबाट सरकार गठनका लागि आह्वान गर्नुपर्ने व्यवस्था थियो। तर कसैसँग बहुमत थिएन। त्यसपछि एक वा बढि दल मिलेर सरकार बनाउन दावी गर्नुपथ्र्यो, त्यसमा पनि संभव भएन।

यी दुई बिकल्प नभएपछि संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने पालो थियो एमालेको । ठूलो दलले यो बाटोबाट सरकार बनाउने भएपनि तीस दिन भित्र संसदमा उसले विश्वासको मत लिनुपर्ने व्यवस्था थियो। त्यस अनुसार संसदमा रहेका सबै दलले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई समर्थन गर्दै मत दिएका थिए।

यो अवस्था धेरैबेर टिकेन। नौ महिना पुग्न लाग्दै गर्दा अधिकारी नेतृत्वको सरकार विरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्यो। सरकारले प्रतिनिधिसभा बिघटन गर्यो। पछि सर्बोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरिदियो। त्यसपछि सत्ताको एमाले प्रतिपक्षमा पुग्यो।

तर अहिलेको अवस्था फरक भएको छ। नेपालमा कम्युनिष्ट सरकारले पहिलो पटक दुई तिहाई भन्दा बढि मत प्राप्त गर्दैछ। ०५१ सालमा ठूलो पार्टीको हैसियतमा कम्युनिष्टले सरकार बनाएका थिए। आज दुई तिहाईको हैसियतमा सरकार बनाएका छन्। संसदमा एमालेको १२१, माओवादीको ५३ र संघीय समाजवादी फोरमको १७  छ।  यो संख्या जोड्दा ओली सरकारको नेतृत्वमा बनेको सरकारसँग स्पष्ट बहुमत हुन्छ।

नेपालको ईतिहासमा दुई तिहाई पाउने यो दोस्रो सरकार हो। यस भन्दा अघि २०१४ सालको आम चुनावपछि नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला नेतृत्वको सरकारले संसदमा दुई तिहाई मत पाएको थियो।

एमाले माओवादी एकीकरण पछि संसदमा एउटै दलको  बहुमत पुग्छ। संघीय समाजवादी फोरमले समर्थन गर्दा दुई तिहाई हुन्छ। यदि बीचमा संघीय समाजवादी फोरमले समर्थन फिर्ता लिँदा पनि सरकार ढल्ने छैन।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको