प्रधानमन्त्रीलाई बिश्वासको मत दिन एमाले,माओवादीका सांसदलाई लाग्यो ह्विप,अाेलीले कति मत पाउँदैछन्?



वाम गठबन्धनका प्रमुख नेताले प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
वाम गठबन्धन संसदीय दलको संयुक्त बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्‌ बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री निर्वाचनमा मत हाल्न आफ्ना सांसदलाई निर्देशन दिए।

ओलीले संघीय संसद्‌मा आज प्रधानमन्त्रीमा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले आज संसद्‌मा विश्वासको मत लिन लागेका हुन्।
पार्टी एकताको औपचारिक तयारीमा रहेका दुवै दलले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि दुवै दलको संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।

प्रधानमन्त्री ओलीले संसद् बैठकमा कोही पनि छुट्न नहुने बताउँदै पार्टीका उम्मेदवारको पक्षमा मत दिन सांसदहरुलाई निर्देशन दिए। यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न संघीय समाजवादी फोरम नेपालले संसदीय दलको बैठक बोलाएको छ।

दिउँसो १२ बजे बस्न लागेको बैठकले सरकारलाई सर्मथन गर्ने विषयमा निर्णय लिनेछ। प्रधानमन्त्री ओलीले आज ३ बजे संसद्‌ बैठकमा विश्वासको मत लिने भएकाले त्यसबारे निर्णय लिन बैठक बस्न लागेको नेता राजेन्द्र श्रेष्ठले बताए। फोरमको बैठकले सरकारमा सहभागिता जनाउने विषयमा पनि निर्णय लिनेछ।

सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन। प्रतिनिधिसभामा फोरमका १६ सांसद छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्। संसदमा अाेलीले ७५ प्रतिशतभन्दा बढी मत पाउने देखिएकाे छ।

एमाले-माओवादी केन्द्रका अलावा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राप्रपाकाे मत प्रधानमन्त्री अाेलीले पाउने देखिएकाे छ।

संसद्मा एक सिट रहेका राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् छक्कबहादुर लामाले समेत सरकारलाई समर्थन गर्ने दावी सत्तारुढ दलहरुको छ। एमाले माओवादीको १७४, फोरमको १७, राजपाको १६ र अन्य ५ सांसद गरी सरकारको पक्षमा २०९ सांसद देखिएकाे छ।

नेमकिपाले पक्षमा मतदान गरे प्रधानमन्त्री ओलीले २१० मत प्राप्त गर्नेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६.३६ प्रतिशत हुनेछ। यस हिसाबले ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन्।

यसअघि २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेको थियो। त्यसपछि बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो। ६ दशकपछि नेपाली कांग्रेसबाहेक सबैजसो राजनीतिक दल सरकारको पक्षमा एकै ठाउँमा उभिएका छन् भने कांग्रेसमात्रै प्रधानमन्त्रीको विपक्षमा उभिएको छ।

सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्टिय जनता पार्टी १६
संघीय समाजवादी फोरम १६
राष्टिय जनमोर्चा १
राष्टिय प्रजातन्त्र पार्टी १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९

खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १

नयाँ शक्ति १

विपक्षमा

कांग्रेस ६३

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको