ओलीको योजनामा प्रचण्डले हाने यस्तो छिर्के,बाम गठबन्धनमा राजपाले लगाउने भयो यस्तो तगारो



राष्ट्रिय जनपा पार्टी (राजपा)लार्इ सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिरहेका बेला माओवादी केन्द्रका नेतारू साे कदमप्रति असहमत देखिएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओली राजपालार्इ सरकारमा ल्याउन उत्साही भए पनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु यस कुरामा सहमत छैनन्। पछिल्ला दिनहरूमा अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच सूक्ष्म रूपमा छलफल भइरहेको छ।

आइतबार भएको संघीय संसदहरुका सदस्यको सपथग्रहण समारोहमा राजपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गरेका थिए। शुक्रबार बिहान प्रधानमन्त्री अाेली र ठाकुरबीच भएकाे टेलिफाेन कुराकानीमा अाेलीले राष्ट्रपतिमा विद्या भण्डारीलाइ भाेट दिएर बिनासर्त सरकारमा अाउन अाग्रह गरेका थिए।

राजपा-वाम गठबन्धन नदीका दुइ किनारा?

माअाेवादी नेताहरू राजपा बलियाे क्षेत्रीय भावनासहितकाे शक्ति भएकाेले उसका उद्देश्य ‘देशभक्तिपूर्ण’ वाम गठबन्धनको मूल उद्देश्यसँग मेल नखाने बताउँछन्। ‘वाम गठबन्धनकाे भावना राष्ट्रप्रति समर्पित सरकार हाे’, माअाेवादी नेता रामचन्द्र झा भन्छन्, ‘राजपाका नेताहरुमा देशभक्तिपूर्णभन्दा क्षेत्रीय भावना हाबी छ। त्यसैले सरकारको उद्देश्य प्राप्तिमा राजपा सहायक बन्न सक्दैन। उनीहरूलाइ सरकारमा ल्याएर कुनै अर्थ छैन।’

वाम सरकारकाे अर्काे महत्वपूर्ण उद्देश्य संविधानअनुसार मुलुकलाइ समाजवाद उन्नुमख बनाउनु हाे। राजपा याे अवधारणा सहमत नहुने पार्टी भएकाे झाले बताए। ‘मन्त्री भएका राजपाका नेताहरुको छवि राम्रो छैन। सुशासनको मामिलामा उहाँकाे ग्राफ सबैभन्दा खराब छ। त्यसैले याे सरकारको उद्देश्य प्राप्तिमा राजपाको विगत र वर्तमान केही मेल खाँदैन’, उनी भन्छन्।

माअाेवादी नेताहरूले संघीय समाजवादी फाेरमलाइ राजनीतिक चरित्रसहितकाे राष्ट्रवादी शक्तिकाे रूपमा हेरेका छन्। फाेरम सरकारमा सामेल हुने विषय यसअघि नै टुंगाे लागिसकेकाे छ। ‘संघीय समाजवादी फाेरमकाे नेतृत्वकाे छवि राजनीतिक हिसाबले राम्राे छ। हाम्रा उद्देश्यहरूसँग पनि मिल्दाेजुल्दाे छ’, झा भन्छन्।

प्रदेश–२ मा फाेरम-राजपाकाे सरकार छ। केन्द्रमा भने दुवै पार्टीले एक्लाएक्लै छलफल अघि बढाएका हुन्। राजपा अध्यक्ष र प्रधानमन्त्रीबीच सत्ता साझेदारीबारे छलफल जारी रहँदा माअाेवादी नेताहरूले उसकाे चरित्रकाे बहस सुरू गरेका हुन्।

सिद्धान्तकाे बहस कि एक्ल्याउने रणानीति?

संघीय फाेरम र राजपा दुवैकाे अाधार क्षेत्र प्रदेश २ हाे। गत निर्वाचनबाट सातवटा पार्टी मिलेर बनेकाे राजपाभन्दा उपेन्द्र यादव नेतृत्वकाे फाेरम तराइमा बढी सशक्त सावित भएकाे छ। त्यही भएर प्रदेश २ मा फाेरम नेतृत्वमा सरकार बनेकाे छ। यी दुवै पार्टीले उठाउने मुद्दा लगभग एउटै छन्- मधेसलाइ अधिकार सम्पन्न बनाउन संविधान संशाेन गर्ने। राजपाभन्दा फाेरम केही कुरामा फरक र प्रगतिशील देखिन्छ। उसले राजनीतिक मुद्दासँगै तराइकाे अार्थिक सम्वृद्धि र सामाजिक रूपान्तरणका विषयलाइ पनि उत्तिकै जाेडदारसाथ उठाइरहेकाे छ।

अधिकारसहित सम्वृद्धिकाे उसकाे नारा तराइमा सातवटा पार्टी मिलेर बनेकाे राजपाभन्दा बढी प्रभावकारी सावित भएकाे छ। कम्युनिस्ट पृष्ठभूमिबाट अाएका उपेन्द्र यादव अाफैँ एकजना परिपक्व राजनीतिककर्मी मानिन्छन्। उनकाे पार्टी निर्णय क्षमता र राजनीतिक दृष्टिले अनुशासित देखिन्छ।

‘राजनीतिक सहमतिका लागि फाेरमसँग सहमतिमा पुग्न जति सहज छ। राजपासँग सहमति बनाउन त्यति नै गाह्राे छ’, कतिपय नेताहरू भन्छन्। माअाेवादी नेता झा भन्छन्, ‘मधेशका नव सामन्तीहरु प्रतितिधित्व गर्नको लागि राजपाको स्थापना भएको छ। त्यसैले समाजवादको आधार तय गर्नको लागि पनि याे दलले सरकारलार्इ सहयोग गर्न सक्दैन। यस मामिलामा फोरम आफैँ एउटा समाजवादी शक्ति भएकाले सरकारलार्इ सहयोग गर्छ भन्ने हाे।’

राजपा महासचिव केशव झा अाफूहरूकाे दल लाेकतान्त्रिक विचारधाराकाे भएकाले वाम गठबन्धनकाे राेजाइमा नपरेकाे हुनसक्ने बताउँछन्। ‘वामपन्थी सरकार भएका कारण लोकतन्त्रवादी विचारधारा अवलम्बन गरेको दललाई सरकारमा ल्याउँदा पछि वैचारिक अफ्ठ्यारो हुनसक्ने विश्लेषण उहाँहरूले गर्नुभएकाे हुनसक्छ’, उनी भन्छन्।

फाेरम र राजपा तराइका दुइ मुख्य शक्ति हुन्। ती मध्येकाे पहिलाे शक्ति फाेरमलाइ सरकारमा ल्याउनुकाे दुइ स्पष्ट अर्थ हुनेछ: एक, एमाले मधेसविराेधी हाेइन भन्ने र दुइ संविधान संशाेधनका लागि दुइ तिहाइ पुग्ने। स्थितिकाे याे विश्लेषणले पनि राजपाले कम महत्व पाएकाे हाे भनेर बुझ्न गाह्राे छैन।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको