३३ हजार ६ सय मत सहित राष्ट्रपतिमा विद्याले यसरी मार्दैछिन बाजी,चार लाख खर्च गरेर शितल निवास कब्जा गर्ने



फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि एमाले-माओवादीबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन् भने नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईलाई उम्मेदवारमा उठाएको छ । दुवै जना भोजपुरका हुन्।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधि सभा) सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट छ । संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक-फरक रहेको छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता रहेका छन् । संघीय संसदका सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । संघीय संसदका एक सांसदको मत भार ७९ हुन्छ भने प्रदेश सांसदको मत भार ४८ तोकिएको छ । अर्थात एकजना संघीय सांसदले हालेको भोटलाई ७९ मत मानिने छ भने प्रदेशसभाका एकजना सांसदको मतलाई ४८ मत मानिने छ ।

प्रतिनिधिसभामा हाल २७५ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ सांसद छन् । तर, प्रतिनिधिसभा सदस्य रेशम चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा छन् भने राष्ट्रियसभामा मनोनित तीन सदस्यले सपथ लिन पाएका छैनन् । त्यसैले यसपटक राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका कुल ३३४ सदस्यमध्ये ३३० ले मात्रै मतदानमा भाग लिनेछन् । र, उनीहरुको कुल मत भार २६ हजार ७० हुनेछ ।

त्यस्तै सातवटा प्रदेशमा कुल ५५० प्रदेशसभा सदस्य छन्, उनीहरु मध्ये दीपक मनाङ्गेले भोट हाल्न पाउँदैनन् । यसो गर्दा प्रदेशसभाका ५४९ जनाले राष्ट्रपतिको चुनावमा मतदान गर्छन् । र, उनीहरुको कुल मत भार २६ हजार ३५२ हुनेछ ।

संसद र प्रदेशको गणित हेर्दा राष्ट्रपतिको चुनावमा विद्यादेवी भण्डारीले अत्यधीक मतका साथ जित्ने देखिन्छ । किनभने, संघीय संसद र प्रदेशबाट एमाले र माओवादीको मत भार जोड्दा ३३ हजार ६७५ पुग्छ । संघीय फोरम र राजपा लगायत केही साना दलले पनि भण्डारीलाई नै मत दिने अवस्था छ । जबकि कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ ।

संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा एमालेका कुल १४८ सांसद छन् भने प्रदेशसभा सदस्यहरु २४३ जना छन् । यी सबैको मतभार २३ हजार ३५६ पुग्छ । यसमा माओवादीको १० हजार ३१९ मतभार जोड्दा विद्या भण्डारीले पाउने मतभार ३३ हजार ६७५ पुग्छ । यसमा राष्ट्रिय जनमोर्चा र मधेस केन्द्रित दलको पनि मत थपिने अनुमान छ ।

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुको केन्द्र र प्रदेशको कुल मत भार १३ सय ५५ मात्रै छ । त्यो मत सबै कांग्रेसतिरै जाँदा पनि कांग्रेसले राष्ट्रपतिको चुनाव जित्ने कुनै गुञ्जायस छैन । तर, त्यो मत बाँडिन सक्छ ।

केन्द्र र प्रदेश संसदमा गरी नेपाली कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ । यसमा राजपाको २८४५ र फोरमको ३१९८ मत भार थपियो भने पनि कांग्रेसले एमालेलाई जित्ने अवस्था छैन । किनकी एमाले र माओवादीको मत भार ३३ हजारभन्दा माथि छ ।

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति पदका उम्मेदवारले प्रचारप्रसारमा बढीमा ४ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको