एमाले र माओबादीका १४९ सांसदलाई ओलीले रमिते बनाउने,फोरम र राजपालाई काखी च्याप्दै मन्त्री बनाउने मिति तोकियो



फागुन ३ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री केपी ओलीले तीनसाता बित्न लाग्दा पनि आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिलेसम्म ओली मन्त्रिमण्डलमा सात सदस्यमात्रै रहेका छन् । जबकी मन्त्रिमण्डल १७ सदस्यीय बनाउने भनिएको छ ।

सुरुमा एमालेकै दुईजना नेतालाई मन्त्री बनाएका प्रधानमन्त्री ओलीले झण्डै दुई सातापछि एमालेका दुई र माओवादी केन्द्रका २ मन्त्री थपेर सात सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । तर, त्यसयता ‘आज–भोलि’ भन्दै मन्त्रिपरिषद विस्तारको समय लम्बिदै गएको छ ।

मन्त्रिपरिषदले पूर्णता नपाउँदा १० वटा मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् । मन्त्री नहुँदा कतिपय निर्णय गर्न कठिनाइ हुन थालेको मन्त्रालयका कर्मचारीहरुले बताउन थालेका छन् ।

मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ हुनुमा मुख्यतः दुई कारण रहका छन् । पहिलो एमाले–माओवादी भित्र मन्त्रीका आकांक्षी बढ्नु । दोस्रो, पछिल्लो समय फोरम–राजपालाई सरकारमा सहभागि गराउने बामगठबन्धनको कसरत हुनु । यस्तै राष्ट्रपति र सभामुखको निर्वाचन संघारमा आउनु पनि ढिलाईको कारण भएको ठानिएको छ ।

एमाले–माओवादीमै लफडा
प्रतिनिधि सभामा एमाले–माओवादीका मात्रै १७४ जना सांसद छन् । सुशासन र सम्बृद्धिको नारा दिएर चुनाव जितेका उनीहरुमध्ये धेरैजसोले मन्त्रीका लागि आकांक्षा राख्नु अस्वभाविक होइन, तर संघीय संसद बनिसकेपछि मन्त्रालयको संख्या ३१ बाट घटाएर १७ बनाइएको छ ।
त्यसमा पनि बढिमा २५ सदस्यीय भन्दा ठुलो मन्त्रिमण्डल बनाउन नमिल्ने संबैधानिक व्यवस्था छ । यसले गर्दा पनि सबै आकांक्षीको मन्त्री बन्ने सपना दलहरुले पुरा गर्न सक्ने अवस्था छैन । चाडै पार्टी नै एकीकरण गर्ने बताएका एमाले माओवादीले सरकारका लागि मन्त्रालय भने भागबण्डा पहिल्यै गरिसकेका छन् ।
जसमा एमालेले १० र माओवादीले सात मन्त्रालय लिने सहमति छ । १७४ मा प्रधानमन्त्रीसहित १८ जनाले त रोजगार पाउने नै भए त्यसमा सात जना राज्यमन्त्री पनि बन्ने विकल्प खुला भएकाले २५ जना बाहेक १४९ जना बाहिरै बस्नुपर्ने बाध्यता छ ।
२५ जनाभित्रमा पर्न दुबै पार्टीका नेताहरु शीर्ष नेतालाई दैनिकजसो गुहारिरहेका छन् । ‘नेतृत्वले आकांक्षीलाई हुदैन भनेको पाइँदैन तर के हुने हो भन्ने पत्तो नै छैन’, मन्त्रीका लागि चर्चामा रहेका एक एमाले नेताले भने ‘हिस्स बुढी हरिया दाँत भने जस्तो पो होला जस्तो छ ।’

फोरम–राजपा मनाउने कसरत
बाम गठबन्धन यसैपनि बहुमतको सरकार गठन गर्न सक्षम छ । तर, पछिल्लो समय संघीय समाजबादी फोरम र राजपा नेपाल पनि सरकारमा सहभागि गराउने उनीहरुको प्रयासपछि दुईतिहाइ बहुमत प्राप्त सरकार गठनको गृहकार्य हुँदै आएको छ । फोरम र राजपा समेत सरकारमा सहभागि भए दुई तिहाई बहुमतको सरकार बन्नेछ । दुई तिहाइका लागि १८५ सांसद आवाश्यक पर्ने भएपनि यी दुई दल मिसिँदा उनीहरुसँग २०७ सांसद संख्या पुग्छ ।
राजपा सरकारमा जान सकारात्मक भएपनि अहिलेसम्म उसको निर्णय आइसकेको छैन । तर, फोरमले भने मंगलबारबाट औपचारिक निर्णय नै गरेर सरकारमा सहभागि हुने जनाइसकेको छ ।
यसअघि फोरमको प्रस्ताव गठबन्धनले स्वीकार गरिसेको छ । उक्त प्रस्तावमा हस्ताक्षरमात्रै हुन बाँकी रहेको दुबैतर्फका नेताहरुले भन्दै आएका छन् । फोरम र बाम गठबन्धनका नेताहरुबीच गत सोमबार अन्तिम छलफल भएपनि पुन बसेर मन्त्रालाय टुङ्ग्याउने र सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताइएको छ ।
मन्त्रालयमा सहमति भएसँगै सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएपछि फोरमको बैठक बसेर मन्त्री बन्नेका नाम दिने फोरमले जनाएको छ । यसरी फोरमसमेत सरकारमा आउने निश्चित भएसँगै एमाले–माओवादीका भागमा परेका मन्त्रालय घट्नेछन् ।
जसले एमाले–माओवादीबाट मन्त्रीका आकांक्षीहरुलाई थप घाटा भएपनि सरकार भने मजवुत बन्न सक्नेछ ।

राष्ट्रपति–सभामुख चयनपछिमात्रै क्याबिनेट
राष्ट्रपति र सभामुखको निर्वाचन तोकिसकिएको छ । ‘२९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन नै भैसकेको छ । त्यस्तै अर्को महत्वपुर्ण सभामुख पदका लागि पनि फागनु २६ गतेलाई मिति निर्धारण भैसकेको छ । अव नेताहरुको ध्यान र समय केहीदिन यता जानेछ । जसले गर्दा पनि क्याविनेट विस्तारलाई अरु एक साता पर धकेलिने सम्भावना छ’ एमालेका एक नेताले भने ‘सायद अब राष्ट्रपति चयनपछि मात्रै क्याविनेट विस्तार होला ।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको