प्रचण्डलाई प्रधानमन्त्री दिने कुरै नभएको भन्दै ओलीका बिश्वाशपात्रले भने-राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै रहन्छन



नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपतिमा अहिलेकैलाई निरन्तराता दिने सम्भावना रहेको खुलसा गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लवमा भएको साक्षत्कार कार्यक्रममा सचिव ज्ञवालीले रुाष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने विषयमा छलफल सुरु भएको बताए। उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउने छलफल चलेको छ, उहाँहरुकै निरन्तरता हुने पनि बलियो सम्भावना छ।’

एमाले र माओवादीबीचको एकताका सहमतिसँगै भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने उनले स्पष्ट पारेका छन्।
सानो मन्त्रिमण्डल बनाउँने भन्दै उनले भने, ‘भोलिसम्म सरकार विस्तार हुन्छ, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, हाम्रो कार्यदलले पनि यही सिफारिश गरिसकेको छ, अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन्।’

सरकार मिसन ओरियन्टेड हुने भन्दै उनले अनावश्यक ठाउँमा समय नखर्चने बताए। जनतासँग विकास र समृद्धिको वाचा गरेको र वाम गठबनधनको बहुमतको सरकार रहेको हुँदा आफूहरु अग्निपरीक्षामा रहेको उनको भनाइ थियो। ‘१०–५ कार्यालय आउने–जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरिक्षामा छौं’, उनले भने।

सचिव ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको बताए। उनले भने, ‘लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हाँसिल र पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने यो सरकारको प्राथमिकता रहेका छन्।’

सचिव ज्ञवालीले एमाले र माओवादी केन्द्रवीचको एकता घोषणा ऐतिहासिक भएकोले यसले मुलुकमा राजनीतिक स्थायित्व दिने विश्वास दिलाए। एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउनको लागि तीन हप्ता समय लाग्नेपनि उनको भनाइ थियो। ‘कानूनी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुन्छ, यसको लागि समय तीन हप्ता करिब लाग्न सक्छ’, उनले भने।

हिजो भएको दुई पार्टीवीचको एकता घोषणालाई दुवै पार्टीका केन्द्रिय कमिटीले अनुमोदन गर्ने र आगामी फागुनको अन्तिम वा चैत्रको पहिलो साता विशाल कार्यक्रम आयोजना गरि एकता घोषणा गर्ने पनि उनको भनाई थियो। महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म दुवै अध्यक्षहरुले संयुक्त नेतृत्व गर्ने र समझदारीमा पार्टी चलाउने उनको भनाइ थियो।

सचिव जावलीले दुवै पार्टी एक भएकोले अब प्रधानमन्त्रीमा आलोपालो भन्ने कुरा नरहने पनि जिकिर गरे। ‘अब पार्टी एकता भैसक्यो, दुवै पार्टी एउटै हो नि,’ उनले भने, ‘एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ? बरु कार्यविभाजन हुन सक्छ।’

एमाले माओवादीविच ऐतिहासिक सहमति, यस्ता छन सहमतिका ७ बुँदा

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।

 

अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् ।चर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन ।स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन ।बैठकपछि आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको