नवराज सिलवाल बिरुद्द मुद्दा नचल्ने भए पछी आइजीपी अर्यालको मुटु दुख्यो,भावी आईजिपी बन्न लिगलिगे दौडमा को-को?



नयाँ सरकार गठन भएसँगै नेपाल प्रहरीमा पनि नयाँ नेतृत्वको गृहकार्य सुरु भएको छ । यसपटक पनि आईजिपी बढुवामा विगतमा जस्तै अस्वस्थ प्रतिस्पर्धा हुने प्रारम्भिक संकेत देखिएका छन् । बढुवाका आकांक्षीहरु नेताहरुको चाकडीमा लागेपछि यस्तो संकेत देखिएको हो ।

३० वर्षे सेवाहदको चलखेल असफल भएपछि नेपाल प्रहरीमा अवको ५० दिनमा नेतृत्व परिवर्तन हुँदैछ । प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायतले चैत २८ मा अवकाश पाएपछि यसपटक पनि डिआईजीबाट सिधैं आईजीपी हुने लक्षण देखिएको छ । प्रहरीमा करिअर प्लानिङ नहुँदा एआईजीको अनुभव बिना नै डिआईजीबाटै आईजीपी बन्ने अवस्था आएको हो ।

नयाँ आईजीपीको बढुवाका लागि डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की लगायत प्रतिस्पर्धामा छन् । राजनीतिक पहुँचका आधारमा खनाल र कार्कीबीच नै यसपटक प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि खरेलले पनि आफ्नो दौडधुप कायमै राखेका छन् ।

प्रतिस्पर्धी तीनै जना डिआईजीहरु क्षमतावान मानिन्छन् । प्रहरी नियमावलीमा आईजीपी बढुवाको अधिकार सरकारलाई दिएको छ । गत वर्ष आईजीपी नियुक्तिमा सर्वोच्च अदालतले दिएको नजिर पनि अर्को आधार बन्न सक्छ । गत वर्ष सर्वोच्चले कार्यसम्पादन मूल्याङकन नम्बरमा जो अगाडि छ, त्यसैलाई आईजीपी बनाउने फैसला गरेको थियो ।

कार्यसम्पादन मूल्याङकन नम्बर गोप्य रहने भएकाले तीन मध्ये को अगाडि छन् भन्ने कुरा गोप्य नै छ । अब बन्ने आईजीपीले करिब दुई वर्ष कमाण्ड सम्हाल्ने छन् । रमेश खरेल आईजीपी भएमा भने ११ महिना मात्र उनी आईजीपी हुन्छन् ।

उनी २०४५ साल फागुन ११ गते भर्ना भएका हुन् भने खनाल र कार्की २०४६ साल माघ २९ गते भर्ना भएका हुन् । प्रहरी अधिकारीहरुको भने जो आईजिपी भएपनि विगतमा जस्तो संगठनलाई नै कमजोर बनाउने गुटबन्दीमा नलागी मिलेर अघि बढुन् भन्ने चाहना छ ।

वाम गठबन्धनको सरकारले पनि विगतमा भएको त्रुटी कमजोरी सच्याउँदै नेपाल प्रहरीको मनोवल उठ्ने गरी आईजी नियुक्त गरिनुपर्छ । शान्ति सुरक्षाको जिम्मा बोकेको प्रहरी संगठन चरम राजनीतिक हस्तक्षेपका कारण अस्तव्यस्त छ ।

देउवाले भताभुङ्ग पारेर छोडेको प्रहरी संगठनलाई भोलि सरकारले चुस्तदुरुस्त रुपमा अगाडि बढाउने विश्वास प्रहरीले लिएका छन् । २०५१ सालमा एमालेको नौ महिने सरकारमा ओलीले गृहमन्त्री भएर प्रहरी संगठनलाई राम्रोसँग अगाडि बढाएको अनुभव पनि छ ।

सिलवालविरुद्ध मुद्दा नचल्ने
एमाले सांसद नवराज सिलवालविरुद्ध मुद्दा नचल्ने भएको छ । पर्याप्त प्रमाण नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्न लागेको छ ।

शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजिनामा दिनुभन्दा एक दिन अघि सिलवालविरुद्ध जबर्जस्ती कीर्ते मुद्दा चलाउन लागेका थिए । राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाउने लागेको भन्दै सर्वत्र आलोचना समेत भएको थियो ।

आईजीपी बढुवासम्बन्धि मुद्दामा सर्वोच्च अदालतले एक थरी कार्यसम्पादन मूल्याङक कीर्ते भएको हुनसक्ने भन्दै अनुसन्धान गर्न आदेश दिएको थियो । जसमा हतार हतार अनुसन्धान गरी सिलवालविरुद्ध मुद्दा चलाउन लागिएको थियो ।

जबर्जस्ती मुद्दा चलाउन नमान्दा काठमाडौंका एसएसपी रबिन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई काठमाडौं ल्याइएको थियो । पोखरेल आएलगत्तै मुद्दा दायर भएको थियो ।

एसएसपी नै परिवर्तन गरेपनि सरकारी वकिलले दबाब नमानेपछि सिलवाललाई फसाउने देउवा सरकारको योजना असफल भएको हो।

उनलाई फसाउन लागेकाहरु नयाँ सरकार बनेलगत्तै छटपटीमा छन् । अब उनीहरुको कर्तुत खुल्ने डरले उनीहरुले एमाले नेताको चाकडीमा लागिसकेका छन् । सिलवालको मुद्दामा छुट्टै न्यायिक छानबिन हुने सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको