एमाले संग मिल्ने निर्णय गरे पछी माओबादीमा भुकम्प,प्रचण्डको सेखी झार्ने भन्दै तीन भाईले दिए यस्तो दनक



नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताका लागि ७ बुँदे आधारपत्र तयार भएसँगै माओवादीभित्र विवाद देखिएको छ ।
एकताबारे फरक मत फरक मत राख्दै आएका केहि नेताहरुले अब नयाँ माओवादी पार्टी बनाउने प्रतिक्रिया दिएका छन् ।
पार्टी एकताबारे फरक मत राख्दै आएका नेताहरु गोपाल किराती, आहुती र लोकेन्द्र विष्ट मगरले नयाँ पार्टी बनाउने प्रतिक्रिया दिएका हुन् ।
सोमबार मध्यरात एमाले र माओवादी केन्द्रबीच पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद–लेनिनवाद रहने, एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, दुबै पार्टीको राजनीतिक वैचारिक आधारमा टेकेर सोहि बिचारलाई अगाडि बढाउँदै समाजवादको आधार निर्माण गर्नेलगायतका ७ बुँदे सहमति भएको थियो ।
सो सहमतिपछि उनीहरुले दुई पार्टीबीचको सहमति कम्युनिष्ट आन्दोलनको विसर्जन भएको भन्दै अब नयाँ पार्टी बनाउने उद्घोष गरे ।आहुतीले भने–म पहिलादेखि नै माओवादी केन्द्रमा थिइनँ । अब हामीहरु नयाँ माओवादी पार्टी बनाउछौँ । हिजो एमाले र माओवादी केन्द्रबीच भएको सहमति कम्युनिष्ट आन्दोलनको बिर्सजन हो । अब बन्ने पार्टीको पथपर्दशक सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओवाद हुने छ । मरेको कुरा पुनर्गठन हुदैन । पुरा नयाँ बनाउने हो । नयाँ बनाउनहामी तयार छौं ।लोकेन्द्र विष्टले भने–हामी ओली प्रचण्डको पार्टीमा जादैनौं । क्रान्तिकारी माओवादी धारलाई संगठित गछौ । यो एकतालाई दुई तरिकाबाट हेर्नु पर्छ ।पहिलो एमाले र माओवादी केन्द्र वैचारीक रुपमा फरक थिएनन् भन्ने कुरा प्रमाणित भएको छ । यीनीहरुमा तात्वीक भिन्नता थिएन । जुन अब आम जनतालाई पनि प्रष्ट भयो । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको औपचारीक रुपमा बिर्सजन भयो । मेरो दृष्टिकोणबाट भन्दा दुखद अबसान हो । अब यो कम्युनिष्ट विचारधाराको पार्टी होइन । यो सोसल डेमोक्रयाट हो ।
दोस्रो पक्ष अब माओवादीहरु एक हुन सहज भएको छ । यसले अहिले सम्म रहेको भ्रमको अन्त्य भएको छ । अब क्रान्तिकारी माओवादीहरु नयाँ पार्टी निमार्णमा लाग्छौ । यसमा आहुति,म र गोपाल किराती छौ । अर्कोबाट विप्लव र वैद्यजी हुनुहुन्छ । हामी सबै मिलेर नयाँ किसिमको माओवादी पार्टी निमार्ण गछौ । अब नेपालमा दुई धारा भए एउटा क्रान्तिकारी धारा र अर्को संशोधनवादी धारा । क्रान्तिकारी धाराको नेतृत्व हामीहरु गर्छौ । संशोधनवादी धाराको नेतृत्वओली प्रचण्डले गर्नु हुन्छ ।गोपाल किराती

आजबाट प्रचण्ड मेरो नेता रहेन । जनयुद्ध र अमर शहिदहरुको अपमान गरिएको छ । माओवादी आन्दोलनलाई समाप्त पारेको छ । पुष्पकमल दाहाल एण्ड कम्पनीको यो दक्षिणपन्थी काण्डको भण्डाफोर गर्दै अगाडि बढ्ने छौ । नेकपा माओवादी केन्द्र महाधिवेशन संयोजन समितिमा आजबाट नहरेको जानकारी गराउछु ।
माक्र्सवाद,लेनिनवाद र माओवाद पथप्रर्दशक सिद्धान्त मान्दै अगाडि बढ्ने छौं । माओवादी केन्द्रलाई नै पुन गर्ठन गर्नेछौ

ओली सरकारलाई प्रश्नः विप्लवको चुनौती

विप्लव माओवादीको युवा संघले बिराटनगरमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा प्रहरीले हस्तक्षेप गर्‍यो र पूर्वराज्यमन्त्री पदम राई लगायतलाई गिरफ्तार गर्‍यो ।

आफ्नो शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसैको विरोधमा मंगलबार विप्लव माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । बन्दका क्रममा उसले कास्कीको विजयपुरमा राखेको बम विस्फोट हुँदा केही व्यक्ति घाइते बनेका छन् भने देशका अन्य स्थानहरुमा पनि तोडफोड र हिंसाका घटना भएका छन् ।माओवादका नाममा हुने हिंसाबाट देशलाई कसरी मुक्त गर्ने ? यसको उपाय खोज्ने जिम्मेवारी पनि अब प्रचण्ड र केपी ओलीकै काँधमा छ ।नेपाल बन्दका दिन प्रहरीले देशैभरिबाट विप्लव माओवादीका धेरै कार्यकर्तालाई पक्राउ गरेको छ ।

विप्लव माओवादीले गरिरहेको राजनीतिक गतिविधि र संगठनात्मक क्रियाकलापबारे अबको सरकारको नीति के हो ? के उसले राष्ट्रिय सम्मलेन लगायतका क्रियाकलाप गर्दासमेत पक्राउ गर्ने सरकारको नीति हो ? के अब विप्लव नेतृत्वको माओवादीलाई सरकारले प्रतिबन्ध लगाउने हो ?अब केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीबारे ठोस धारणा बनाउन आवश्यक छ । हिंसात्मक लाइन लिएको समूहलाई पनि खुल्ला गतिविधि गर्ने स्वतन्त्रता दिने या प्रतिबन्ध लगाउने भन्नेबारे सरकारले ठोस नीति बनाउनैपर्छ ।

विप्लव नेतृत्वको माओवादी राजनीतिक समूह हो कि आपराधिक ? यसको ठोस किटान सरकारले गर्नुपर्ने देखिन्छ । यदि यो राजनीतिक समूह हो भने उसले विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रहरीले धरपकट गर्नु लोकतन्त्र विपरीत हुन जान्छ ।यदि विप्लव समूह राजनीतिक हैन र आपराधिक नै हो भने उसमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । के गर्ने हो, सरकारले चााडै उपयुक्त निर्णय लिनैपर्ने अवस्था आएको छ ।

गत चुनावमै यसबारे निक्र्यौल गरिसक्नुपर्ने थियो, अहिलेसम्म निकै ढिलो भइसकेको छ । विप्लव समूहबारे कस्तो नीति लिने भन्नेबारे ओली सरकार जहिलेसम्म अलमल गर्छ, त्यतिबेलासम्म देशले अशान्ति र बन्द हडतालका दुख ब्यहोरिरहनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको