एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच भद्र सहमति, प्रधानमन्त्रीमा आलोपालो, अध्यक्षता पालैपालो



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् ।प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेन्ट’ का रुपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको हो ।सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो । यसअघि आइतबार दुई नेतावीच करिब ५ घण्टा छलफल भएको थियो ।

दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले आजै साँझ बालुवाटारमा बस्ने एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने भएको छ ।

एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुको हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति गरेका छन् ।पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा मोटामोटी सहमति भएको भनिए पनि यसबारे अझै अन्तिम टुंगो लागिसकेको छैन र यसबारे एकता संयोजन समितिले राँटो मेट्ने नेताहरुको भनाइ छ ।

अध्यक्षबारे ओली र प्रचण्डवीच भएको लामो छलफलमा आलोपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको छ । एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबै अध्यक्ष रहने प्रारम्भिक सहमति भएको बताइएको छ ।पार्टी अध्यक्षमा दुबैको समान स्टाटस रहनेमा सहमति भएकाले दुबैलाई को चेयरम्यान सहअध्यक्ष भन्न सकिने सहमति भएको तर दुबैलाई नै अध्यक्ष नै बन्न पनि सकिने स्रोतले बतायो ।बैठकमा आलोपालो अध्यक्षता गर्न दुबै नेताहरु सहमति भए पनि पार्टीका तर्फबाट हुने पत्राचारमा प्रचण्डको हस्ताक्षर चलाउने कि ओलीको भन्ने अझै अलमल रहेको स्रोतले बतायो ।

लगातारको संवाद र छलफलपछि दुवै नेता एकीकृत पार्टीको नेतृत्वमा दुवै अध्यक्ष रहने र सरकारमा आलोपालो गर्ने सहमति गरेका थिए। दुवै नेताले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति समेत जुटाइसकेका छन्।एमाले नेता माधवकुमार नेपालले समेत पार्टी एकताको औपचारिक निर्णय आज हुने बताएका छन्। गृहजिल्ला रौतहटमा सोमबार पत्रकारसँग नेता नेपालले दुवै दल सहमति नजिक रहेकाले एकता प्रक्रिया टुंगिने दाबी समेत गरे।वाम गठबन्धनका शीर्ष दुई नेताले गरेको सहमतिलाई एकता संयोजन समितिको कार्यदलले अनुमोदन गरे एकता प्रक्रियामा ‘ब्रेक थ्रु‘ हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।