क्रिकेट टोलीलाई प्रतिव्यक्ति ३ लाख रुपैँया प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा,मधेशी दल पनि सरकारमा आउदै



विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।

यता शपथ लिएको पाँच दिन भइसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा माओवादी (केन्द्र)ले मन्त्री नपठाउँदा वाम गठबन्धन नै धरापमा पर्ने त हैन भन्ने शंका उब्जन थालेको छ।

संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र ओलीले संसदमा विश्वासको मत लिनुपर्नेछ। एमालेसित २७५ सदस्यीय प्रतिनिधि सभामा १२१ सदस्य मात्र छ। बहुमत सिद्ध गर्न एमालेलाई १७ सिट अपुग छ। संसदमा राजपाको १७ र संघीय समाजवादी फोरमको १६ सिट रहेको छ।

एमालेसँग माओवादीको सम्बन्ध बिग्रेको खण्डमा एमालेलाई सरकार बनाउन मधेशी गठबन्धनको कम्तिमा एक दलको समर्थन आवश्यक पर्नेछ।

मधेशी गठबन्धन र एमालेबीच के हुँदैछ त?

निर्वाचन सम्पन्न भएलगतै ओलीले फोरम अध्यक्ष यादव, राजपा संयोजक ठाकुरसँग छलफल गरेका थिए। राजपाका नेता राजेन्द्र महतोले पनि ओलीलाई अलग्गै भेटेका थिए।

राष्ट्रिय सभाको निर्वाचनअघि तालमेलका लागि मधेशी गठबन्धन र वाम गठबन्धनबीच छलफलसमेत भएको थियो। संविधान संशोधनको विषयमा कुरा नमिल्दा तालमेल भने हुन सकेन। त्यसबेलादेखि हालसम्म एमाले र मधेशी गठबन्धनबीच कुनै औपचारिक अथवा अनौपचारिक छलफल हुन सकेको छैन।

शितल निवासमा ओलीले प्रधानमन्त्रीको शपथ लिइरहँदा मधेशी गठबन्धनका कोही पनि नेता त्यहाँ उपस्थित थिएनन्। गठबन्धनका दुई शीर्ष नेता महन्थ ठाकुर र उपेन्द्र यादव काठमाडौँ बाहिर थिए। प्रदेश २ को सरकार गठनका लागि त्यहाँ पुगेका ठाकुर र यादव फर्किसकेका थिएनन्।

ठाकुर सोमबार काठमाडौं आउने भने पनि मंगलबार मात्र काठमाडौं पुग्न सक्ने ठाकुरका निजी सचिवालयका सुरेन्द्र मण्डलले बताए।

यादव भने आइतबार राति काठमाडौं पुगिसकेका छन् ।

ठाकुरका निजी सचिवालयका अनुसार पछिल्लो एक साता जनकपुरधाममा रहेका ठाकुरसँग एमाले अथवा वाम गठबन्धनको कुनै नेतासँग कुराकानीसमेत भएको छैन।

यता यादवले भने आफूसँग पनि कुनै भेटवार्ता नभएको बताए। यादवले सरकारको विषयमा कसैसँग कुराकानी नभएको प्रष्ट पार्दै भने, ‘सरकारमा एमालेले हाम्रो एजेण्डालाई सुनेकै छैन। अनि हामी सरकारमा जाने कुरा कहाँबाट आयो? हामीले सरकारमा नजाने पनि भनेका छैनौं तर हामी एजेण्डा छोड्दैनौँ।’

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि कुनै छलफल नभएको स्पष्ट पारे।

‘एमालेले आवश्यकता महसुस गरेपछि पो सरकारमा सहभागी हुने, छलफल हुने हो। अहिले एमालेले आवश्यकता महसुस नै गरेको छैन। अनि के वार्ता–छलफल हुनु।’

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने,‘सरकारमा सहभागिता बारे कुनै औपचारिक वा अनौपचारिक छलफल भएको छैन।’
संविधान संशोधनसहित मधेशी गठबन्धनको विषयमा एमाले सकारात्मक भए मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्ने यादवले बताए।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।