देउवालाई किक हान्न दर्जन नेता यसरी कस्सिए, कांग्रेसबाट जितेका एकै नगरपालिकाका दुई वडाध्यक्षको मृत्यु



प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली कांग्रेसको विवादले संसदीय दलको नेता चयनसम्म निरन्तरता पाउने देखिएको छ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन अन्य नेताहरु सक्रिय हुन थालेपछि उनी माथि चुनौती थपिने देखिएको हो।

दलको नेता चयनका लागि समय नजिकिँदै जाँदा देउवाविरुद्धका गुट पनि सक्रिय हुन थालेका छन्। देउवासामु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल र अन्य युवा समूहसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।

भरसक पहिलो संसद अधिवेशनअघि नै संसदीय नेता छान्नुपर्ने भएकाले कांग्रेसका सबै गुटका नेताहरुले दाबी पेश गर्न थालेका छन्। फागुन २१ गते संसदको पहिलो अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेकी छन्।

गुटगत भेला सुरु
३३४ सदस्यीय संघीय संसद (प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय) कांग्रेसका ७६ सदस्य छन्। दलको नेतान चयनको मिति नजिकिँदै गर्दा आफ्नो पकट जमाउन र देउवाविरुद्ध उत्रन गुटहरुको भेला समेत सुरु भएको छ।

नेपाली कांग्रेसको पुनर्जागरण अभियान भन्दै बिग फुडल्यान्ड बत्तीसपुतलीमा बिहान युवाहरुको भेला भएको थियो। दिउँसो रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले समेत भेला बोलाएका छन्।

पार्टीले पाएको ७६ सिटभित्रको अहिलेको आन्तरिक समीकरणमा सभापति देउवा स्पष्ट बहुमतमा छन्। देउवाविरोधी समूहको नेतृत्व गर्दै आएका नेता पौडेल पक्षबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, नारायण खड्का, सञ्जय गौतम, राजेन्द्र केसी, मोहमद अफ्ताव आलम, तेजुलाल चौधरीसहित १० निर्वाचित सांसद छन्। उनीहरुको पक्षले समानुपातिकबाट १४ सांसद पाएका छन्।

राष्ट्रियसभामा पौडेल पक्षका ६ सदस्य निर्वाचित भएका छन्। महाधिवेशनताका देउवा निकट पुगेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला यसपटक उनीसँग सन्तुष्ट छैनन्। उनले पनि संसदीय दलको नेताको देउवाको विकल्पमा उभिने अवस्था आएमा साथ दिने वचन दिएको पौडेल पक्षको दाबी छ। सिटौला समूह पक्षमा उभिए ४ मत बढ्ने अड्कल गरिएको छ।

सिटौला समूहबाट राष्ट्रियसभामा धना खतिवडा र प्रतिनिधिसभामा गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी सांसद छन्। त्यस्तो अवस्थामा सिंहका पक्षमा ३४ र विपक्षमा १२ मत बढी अर्थात् ४६ मत हुने देखिन्छ।

प्रकाशमान कि शशांक
देउवाले साझा उम्मेदवारको रुपमा महामन्त्री शशांक कोइरालालाई सार्नुपर्ने तर्क पौडेल पक्षले गर्दै आएका छ।

निर्वाचनमा प्राप्त परिणामले संसदीय दलको नेता र पार्टी अध्यक्ष एउटै व्यक्ति हुन नहुने देखाएकाले विकल्प खोजिनुपर्ने पक्षमा आफूहरु रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले बताए। व्यक्ति लक्षित नभई पार्टीलाई सुदृढीकरण गर्न पार्टी सभापतिको विकल्प खोज्ने समय आएको गुरुङको तर्क छ। पूर्वमहामन्त्री सिंहले भने प्रजातन्त्रका लागि लडेको पार्टीभित्रै आन्तरिक प्रजातन्त्र नभएकाले त्यसको माग गरेको तर्क गरे।
संसदीय दलको नेता हुन योग्यता पुगेका सबै व्यक्तिले प्रतिस्पर्धा गर्न पाउने भएकाले त्यसमा नेतृत्व खुल्ला हुनुपर्ने र तयार रहनुपर्ने सिंहको भनाइ छ। सिंहले सहमतिमा देउवाबाहेक अन्य विकल्प तयार भएमा आफू निर्वाचनमा प्रतिस्पर्धा नगर्न पनि तयार रहेको बताए। ‘देउवाजी उठ्नुहुन्छ भने मेरो पनि प्रतिस्पर्धा रहन्छ,’ उनले भने।

‘प्रतिपक्षीका रुपमा संसदमा निर्वाह गर्ने भूमिकाले नै पार्टीको भविष्य निर्धारण गर्ने भएकाले स्पष्ट रुपमा विचार राख्न सक्ने व्यक्ति दलको नेता हुनुपर्छ,’ सिंहले भने, ‘त्यसैका लागि अब युवा नेतृत्वमा आउनपर्छ।’

कता लाग्छन् युवा?
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरु पार्टी संगठनलाई सुधार गर्ने भन्दै फरकफरक कार्यक्रम गर्दै आएका छन्।
नवीन्द्रराज जोशी नेतृत्वमा रहेका १४ र चन्द्र भण्डारी नेतृत्वमा रहेका ७ केन्द्रीय सदस्यले सोमबार राजधानीमा छुट्टाछुट्टै कार्यक्रम गरी संगठन सुदृढीकरण अभियान घोषणा गर्न लागेका छन्। यसअघि कृष्णप्रसाद भट्टराईको वार्षिकीमा जुत्ता पालिस गर्दै चर्चामा आएको सुद्धीकरण अभियानमा धनराज गुरुङ लगायतका नेताहरु छन्।

जोशी निकट १४ केन्द्रीय सदस्यहरुले दिउँसो १ बजे होटल क्राउन प्लाजामा र भण्डारी पक्षले बिग फुडल्यान्डमा बिहान ११ बजे कार्यक्रम तय गरेका छन्।

दुवै युवा नेताले आफ्नो पक्षमा पेसा तथा व्यवसायमा आबद्ध व्यक्तिहरुसँग छलफल राखेका छन्। भेलालाई छलफलको रुपमा प्रचार गरिए पनि भित्री रणनीति भने दुवै पक्षले आफ्नो गुटलाई बलियो बनाउने देखिन्छ।
आफ्नै पक्षमा बहुमत रहेको अनुमानमा संसदीय दलको नेता हुनेमा देउवा ढुक्क जस्तै देखिए पनि उक्त अनुमान असफल गराउने प्रयासमा पौडेल र अन्य गुटका नेता लागिपरेका छन्।

उता चितवनमा सवारी दुर्घटनामा परी खैरहनी नगरपालिकाका २ वडाध्यक्षको मृत्यु भएको छ।
पूर्वी चितवनको रत्ननगर–३ स्थित शान्ति चोकमा आइतबार राति भएको सडक दुर्घटनामा खैरहनी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र अधिकारी र वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको हो। साढे ८ बजेको समयमा खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नम्बरको पिकअप भ्यानले टिपरलाई उछिन्न खोज्दा विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नम्बरको गाडीलाई ठक्कर दिएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

प्रहरी उपरीक्षक थापाका अनुसार वडा नम्बर ५ का वडाध्यक्ष बस्नेतको गएराति र वडा नम्बर ४ का अध्यक्ष नरेन्द्र अधिकारीको आज बिहान १०ः३० बजे मृत्यु भएको हो। दुवै नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

दुर्घटनामा खैरहनी नगरपालिकाको गाडीका चालक खैरहनी १२ का राजकुमार अधिकारी पनि गम्भीर घाइते भएका छन्। उनको हाल चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

ठक्कर दिने पिकअप भ्यानले यसअघि साइकल यात्री रामबहादुर दराईलाई ठक्कर दिएर भाग्दै गर्दा दोस्रो दुर्घटनामा परेको थियो। घाइते साइकल यात्री दराईको पनि हाल चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ।

दुर्घटनापछि फरार भ्यान चालक सुमन अर्याललाई रत्ननगरकै सूर्यपुरबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले बताए।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।