लिखित प्रतिबद्धता सहित एमाले–माओवादी एकता हुने, यसरी भयो सहमति, आजै साँझ ७ बजे प्रधानमन्त्री निवासमा बैठक



प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता गर्ने सहमति जुटेको छ ।दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरे । ‘पार्टी एकताका लागि दुई अध्यक्षबीच सहमति भयो । त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच एकता घोषणा गर्नेगरि आज वा भोलिभित्रै लिखित प्रतिबद्धता आउने भएको छ । स्रोतका अनुसार दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच हिजो भएको वान–टु–वान भेटवार्तामा एकीकृत पार्टीको नीति जबज र २१ औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म लैजानेगरि सहमति भएको छ । महाधिवेशनले जे निर्णय गर्छ त्यसलाई मान्न दुवै पार्टीका नेताहरु तयार रहेको खुलासा भएको छ ।

त्यस्तै उनीहरुवीच सरकारमा दुवै पार्टीका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि सैद्धान्तिक छलफल भएको छ । स्रोतका अनुसार राष्ट्रपतिमा विद्या भण्डारीलाई निरन्तरता दिने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको चाहना छ । उनले यसबारेमा प्रचण्डलाई समेत कन्भिन्स गरिसकेका छन् ।

यता सभामुखमा ओनसरी घर्ती मगरलाई नै अघि सार्ने ओली–प्रचण्डवीच आन्तरिक सहमति बनेको छ। प्रचण्डलाई बरु यतिवेला पार्टीका तीन जना शीर्ष नेताहरु क्रमशः रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरको व्यवस्थापन गर्न चूनौति खडा भएको छ ।

प्रचण्ड भने यी नेताहरुमध्ये कसलाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउने भन्नेबारे अहिले होमवर्क गरिरहेका छन् । पार्टीभित्र यतिवेला बादलको नेतृत्वमा जानेबारे बहस हुँदै गर्दा अर्का नेता वर्षमानले आफूले नेतृत्व गर्नुपर्ने अडान दोहोर्याएका छन् ।तर जनार्दन पनि सरकारमा जाँदा आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै अड्डी कसिरहेका छन् ।

प्रचण्डजस्तै प्रधानमन्त्री ओली पनि पार्टीभित्र नेताहरुलाई सरकारमा कसरी सहभागी गराउने ? कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे आन्तरिक होमवर्कमा जुटेका छन् । ओली पक्षमा माधव नेपाल निर्णायक छन् । झलनाथ खनाललाई राष्ट्रपति बनाउन ओली तयार भएनन् । बरु, ओली माधव नेपाल समूहलाई व्यवस्थापन गर्न तयार छन् ।

प्रधानमन्त्रीमा पालो प्रणाली लगाउनु हुँदैन : माधव नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।‘एउटै पार्टी भए पछि के को पालो पालो रु आलोपालो प्रधानमन्त्री बन्यो भन्ने ब्यूरोक्रेसीले कुरा मान्छ ?’ सोमबार रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले भने ‘त्यस्तो सहमति भएको हो भने त्यो मलाइ थाहा छैन । यस्तो कुराहरु बाहिर बोल्नु हुदैन, पालैपालोको गीत गाउने बेला होइन ।’बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने उनले बताएका छन् ।

नेता नेपालले पार्टी एकीकरण पछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा राखे । अन्य देशमा यस्तो अभ्याससमेत रहेको बताउदै उनले दुवै जनालाई अवधि तोकेर पार्टी सञ्चालनको जिम्मा दिन सकिने बताए ।नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने नेता नेपालले बताए ।स्थानीय तह तथा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहटमा पार्टीले व्यहोरेको हारको आफूहरुले समीक्षा गरिरहेको बताउँदै उनले पार्टीलाई थप बलियो बनाउन आवश्यक काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।