भोली ओली बालकोट बाट बालुवाटार सर्ने,मधेशी दलमा मारामार,राजेन्द्र महतोले युवती च्यापे पछी भयो हंगामा



नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले भोलि अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि आज बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए। ज्योतिषीको सल्लाह अनुसार देउवाले फागुन ५ गते अगाडि नै बालुवाटार छाडेका हुन्।

यता राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोको दवावमा समानुपातिक सांसद बनेकी नरमाया ढकाल उर्फ प्रज्ञाका विषयमा पार्टीभित्र विभिन्न आलोचना र टिकाटिप्पणी भएको छ ।

नरमायाले मधेस आन्दोलनमा के कति योगदान पु¥याएकी हुन् खोजी हुन थालेको छ । नरमायालाई महतोको दवावमा सांसद बनाइएको एक नेताले बताए । ‘नरमाया ढकालले कुनै पनि दिन मधेस आन्दोलनमा सहभागिता जनाउनु भएको मलाई थाहा छैन’, राजपा अध्यक्षमण्डलका सदस्य एक सदस्यले भने, ‘महतोजीले उहाँका पक्षमा किन यसरी लविङ गर्नुभयो ? हामीले बुझ्न सकेका छैनौँ ।’

स्रोतका अनुसार नरमायालाई सांसद बनाउन महतोले दुई करोड रुपियाँ लिएको आरोप छ । यद्यपि सो आरोप मान्न महतो तयार छैनन् ।

राजपाभित्र नेता तथा कार्यकर्ताले नरमायाको व्यक्तित्वको खोजी गर्न थालेका छन् । नरमायाले प्रज्ञा ढकालको नामबाट फेसबुक चलाउने गरेकी छिन् । उनले फेसबुकमा राजनीतिक कुराभन्दा पनि विभिन्न कलाकारसँग जोडिएर खिचिएका तस्बिरहरू राखिएका छन् । राजनीतिसँग संलग्न कुनै पनि पोष्ट देख्न सकिँदैन ।

नरमायाका पति विष्णु लामिछाने हुन् । लामिछाने व्यवसायी हुन् भनेर राजपालाई जानकारी दिइएको छ । तर के व्यवसाय भनेर नभनिएको पार्टी कार्यालयका कर्मचारीले बताए ।

नरमायाका दाई प्रदीप ढकाल पशुपति विकास कोषका कर्मचारी रहेको समेत खुल्न आएको छ ।

नरमाया २०३८ सालमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा जन्मिएकी हुन् । स्याङ्जा जिल्लाको पञ्चमुलमा हुर्किएकी नरमाया पछिल्लो समय बर्दिया जिल्ला निवासी हुन् ।

राजपाका नेता महतोले किन नरमायालाई समानुपातिक सांसद बनाउने यति ठूलो अडान लिए भनेर चर्चा हुने गरेको छ । तर, मधेस र मधेसी जनताको पक्षमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्ताहरूले चित्तबुझ्दो जवाफ पाएका छैनन् ।

मधेस आन्दोलनमा शून्य योगदान पनि नदिएकी नरमायालाई सांसद बनाइएपछि कार्यकर्ताहरूले सामाजिक सञ्जालमा तथानाम टिकाटिप्पणीहरू गरेका छन् । नेता महतोको पनि आलोचना थालेका छन् । यतिसम्मकी राजपाका कार्यकर्ताहरूले सामाजिक सञ्जालमा नरमायाप्रति महतोले देखाएको रुचीप्रति पनि अनेकथरी प्रश्न उठाएका छन् ।

‘यदि खस समुदायबाट नै कसैको नाम दिनुपर्ने थियो भने मधेशमा थुप्रै यस्ता महिला छन् । जसले मधेशीवादी दलको झण्डा बोकेर आन्दोलनमा उत्रिएका थिए । काठमाडौमा मधेशवादी दलले आन्दोलन गर्दा थुप्रै पहाडी समुदायका महिलाहरू मधेशवादी दलको झण्डा बोकेर सिंहदरवार र बालुवाटार घेर्नका लागि आएका थिए । त्यसमध्येका कुनै महिलालाई सांसद बनाएको भए के हुन्थ्यो ?’, एक नेताले भने ।

राजपामा नरमाया ढकालभन्दा विभा ठाकुर, चुनी खातुनहरूको योगदान धेरै बढी रहेको भन्दै पार्टी कार्यालय बबरमहलमा चर्चा हुने गरेको छ ।

अर्कातिर संघीय समाजवादी फोरम नेपालसँग मिलेर प्रदेश २ मा सरकार बनाएको दुई दिन नबित्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भित्र विवाद चुलिएको छ। प्रदेशमा मन्त्री बन्नेहरूको होडबाजी सुरु भएपछि विवाद बढ्न थालेको हो।

राजपाका तर्फबाट बिहीबार मात्र जितेन्द्र सोनलले भौतिक मन्त्रीको पदभार ग्रहण गरेका थिए। मन्त्री नियुक्त हुनुअघि सोनललाई संसदीय दलको नेता चयन गरेको जानकारी राजपा संयोजक महन्थ ठाकुरले विज्ञिप्त मार्फत गराएका थिए। राजपाले सभामुखमा सरोज यादवलाई पठाएको थियो।

मन्त्रीका आकांक्षी धेरै देखिएपछि केही दिनअघि मात्र राजपा अध्यक्ष मण्डलको बैठकले समानुपातिक तर्फबाट आएका सांसदलाई प्रादेशिक सरकारमा नपठाउने प्रस्ताव गरेको थियो। तर, अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा, राजकिशोर यादव लगायतले यसको विरोध गरे। पछि यो प्रस्तावमा निर्णय हुन सकेन।

राजपाले संसदीय दलको नेता र मन्त्रीमा सोनललाई पठाएको विषयमा पनि पार्टीभित्रै विरोध हुन थालेको छ। सभासद रामनरेश राय सहित केही नेता दलको नेतादेखि मन्त्री बन्नका लागि राजपाभित्र दौडधुप गरिरहेका थिए। मनिष सुमन, लालबाबु साह लगायतका नेता यसमा अगाडि नै देखिएका थिए। तर अध्यक्ष मण्डल सम्बद्ध स्रोतका अनुसार राजपाले २ नम्बर प्रदेशमा पाएको ३ मन्त्रालयमा राज्यमन्त्रीसमेत पठाउने गरी ६ जना अध्यक्षहरुले एकएक जना आफू निकटका पठाउने आन्तरिक सहमति गरिसकेका छन्।

राय भन्छन्, ‘पार्टीभित्र बिनाछलफल र जानकारी सोनलजीलाई दलको नेता र मन्त्री बनाइयो। संसदीय दलको नेता छान्ने काममा सबै सासंदको राय लिएर सहमतीमा जान सकिन्थ्यो।’

राजपा अध्यक्ष मण्डलको केही दिनअघि बसेको अनौपचारिक बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो र शरदसिंह भण्डारीले एक–एक जना मन्त्री सिफरिस गर्न पाउने तथा महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवले राज्यमन्त्री मात्र सिफरिस गर्न पाउने मौखिक सहमती भएको थियो। तर, त्यो सहमती महेन्द्र यादव, अनिल झा र राजकिशोर यादवलाई चित्त बुझेको छैन। अहिले भइरहेको विरोधको कारण पनि यही हुन सक्ने राजपा अध्यक्ष मण्डल निकटस्थ स्रोत बताउँछ।

राजपामा विवाद चुलिएकै कारण जनकपुरमा मुख्यमन्त्रीको सपथ समारोहमा ठाकुरबाहेक अध्यक्ष मण्डलका अन्य नेता उपस्थित भएनन्। महेन्द्र यादव नजिकै सर्लाहीमा भएर पनि जनकपुर पुगेनन्। अन्य नेताहरू प्रदेश सरकारको ऐतिहासिक सपथ ग्रहण कार्यक्रममा काठमाडौंबाट जनकपुर नगएको पार्टी सम्बद्ध स्रोत बताउँछ। मुख्यमन्त्रीको सपथमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका ठाकुर मात्र सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन