एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रू’, एकीकृत पार्टीमा ओली र प्रचण्ड दुवैजना अध्यक्ष



आज मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाले विभिन्न शीर्षकमा एमाले–माओवादी एकता प्रक्रियाबारे खबर लेखेका छन् । कान्तिपुर, गोरखापत्र, नयाँ पत्रिकाले एकता वार्ता सहमति नजिक पुगेको लेखेका छन् भने राजधानी र अन्नपूर्णले एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’ नै भएको जनाएका छन् । पार्टी नेतृत्वबारे पनि पत्रपत्रिकाहरुको समाचार बाझिएको छ । कसैले दुवै दलका अध्यक्ष नयाँ बन्ने पार्टीमा पनि अध्यक्ष हुने लेखेका छन् भने केहीले सहअध्यक्षको पद सिर्जना गरेर सरकारको समेत आलोपालो नेतृत्व गर्ने विषयमा सहमति हुन लागेको दाबी गरेका छन् ।

केही महिनादेखि चलेको एमाले–माओवादी एकता प्रक्रियामा प्रगति हुन नसकिरहेका बेला दुई पार्टी सहमति नजिक पुगेका हुन् ।

 

प्रदेश ३ मा सोमबार पहिलो प्रदेश सरकार गठन भएको छ । आजका अखबारहरुले यो विषयलाई पनि पनि नछुटाइकन छापेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शपथ लिएसँगै उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

एमाले–माओवादीले प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारमध्ये आफ्नो भागमा परेका नामहरु निर्वाचन आयोगमा बुझाएको समाचारलाई पनि पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा आज लेखेका छन् ।

राजनीतिक विषयका अतिरिक्त बेथितिको विषय पनि आजको प्राथमिकतामा परेको छ । नागरिक दैनिकले कार्यविधि मिचेर बाँडिएको उपचार खर्चको फेहरिस्त पस्केको छ भने अन्नपूर्णले सेतो नम्बर प्लेटलाई रातो बनाएर ठूला व्यक्तिहरुले नै कानून मिचेको लेखेको छ ।

यसका अतिरिक्त मेलम्ची आयोजना अन्तिम चरणमा पुगेको, अनिवार्य शिक्षासम्बन्धी कानुन तयार भएको लगायत समाचारले पनि आजका पत्रपत्रिकामा उत्तिकै ठाउँ पाएका छन् ।

 

राजधानी दैनिकले अन्य पत्रिकाहरुले जस्तै एमाले–माओवादी एकता प्रक्रियामा भएको प्रगतिलाई मुख्य समाचार बनाएको छ । राजधानीका अनुसार एकता प्रक्रियामा ब्रेक थ्रू नै भएको छ ।

राजधानी लेख्छ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको विषयमा देखिँदै आएका समस्याको गाँठो फुकाएका छन् । सरकार र पार्टी नेतृत्वसहित सैद्धान्तिक तथा वैचारिक विषयमा लामो समयदेखि अल्झिएका दुई दलले महत्त्वपूर्ण विषयमा समझदारी जुटाउँदै एकताको गत्यावरोध हटाएका छन् ।

राजधानीका अनुसार सरकार गठनअघि एकताको खाका बनाउने र लगत्तै पार्टी एकता गर्ने सहमति बनेको छ । पार्टी र सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षले आलोपालो नेतृत्व गर्नेछन् भने सिद्धान्त र विचार निर्धारण महाधिवेशनबाट हुनेछ ।

अन्नपूर्ण पोस्ट दैनिकले  लामो अनिश्चिय र आशंकाबीच नेपालका दुई कम्युनिस्ट पार्टी एक हुने भएको लेखेको छ । दुई पार्टीका शीर्ष नेताको पदीय व्यवस्थापनको विषय टुंगिएपछि पार्टी एकतामा सहमति भएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार दुवै नेताले आलोपालो प्रधानमन्त्री हुने र एक प्रधानमन्त्री हुँदा अर्कोले पार्टी नेतृत्व गर्ने विषयमा समेत एकमत भएका छन् । पार्टीको नाम भने नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।

नयाँ पत्रिका दैनिकले भने एमाले–माओवादी पार्टी एकीकरले गति लिएको उल्लेख गर्दै ओली र प्रचण्ड दुवै अध्यक्ष वा सहअध्यक्षमध्ये एकको व्यवस्था गरेर अघि बढ्नेबारे सहमतिनजिक पुगेको लेखेको छ ।

 

कान्तिपुर दैनिकले वाम एकताको विधि तयार भएको र द्वि–अध्यक्षात्मक प्रणालीमा सहमति भएको समाचार लेखेको छ । सहमतिअनुसार दुवै नेताले पार्टी बैठकको आलोपालो अध्यक्षता गर्नेछन् । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राखिने छ । सरकारको नेतृत्व अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । तर, पाँच वर्षे कार्यकालभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि प्रधानमन्त्री बनाउने समझदारी भएको माओवादी पक्षको दाबी छ ।

कान्तिपुरले समाचारको अघि लेखेको छ, ‘औपचारिक निर्णय गर्नुअघि कुनै बदलाव नआए अब एकतापछिको पार्टीमा ओली र दाहाल दुई जना अध्यक्ष रहनेछन् ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन