एमालेका तीन भाईले आजै यसरी मुख्यमन्त्रीको दावी पेश गर्दैछन्,ओली र प्रचण्डको फाइनल मिटिंग सुरु



प्रदेश सभा दलको नेता नियुक्त भएका एमालेका तीन नेताहरुले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेश गर्ने भएका छन्।प्रदेश–१ का शेरधन राई, प्रदेश–३ का डोरमणि पौडेल र प्रदेश–५ का शंकर पोखरेलले सम्बन्धित प्रदेशका प्रमुखसमक्ष दावी पेश गर्नेछन्।

‘आज बेलुकीसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्दैछु’ प्रदेश–३ एमाले प्रदेश सभा दलका नेता पौडेलले भने।

पौडेलका अनुसार प्रदेश–३ मा एमालेको एकल बहुमत भएपनि माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुको समेत समर्थनसहित मुख्यमन्त्रीको दावी पेश गरिनेछ।यस्तै प्रदेश–३ का प्रदेश सभा दलका नेता शंकर पोखरेलले पनि आज माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्दैछन्।

प्रदेश–३ मा एमाले एक्लैको बहुमत छैन, त्यसैले उनले पनि माओवादी केन्द्रसहितको समर्थनमा मुख्यमन्त्रीको दावेदारी पेश गर्नेछन्।यसैगरी प्रदेश–१ मा प्रदेश सभा दलका नेता शेरधन राईले पनि आजै प्रदेश मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावेदारी पेश गर्नेछन्।

प्रदेश–१ मा पनि एमालेको एकल बहुमत छ, यद्यपी राई पनि माओवादी केन्द्रका प्रदेश सभा सदस्यसमेतको समर्थनमा दावेदारी पेश गर्न जानेछन्। नेपालको संविधान २०७२ को धारा १६८ मा प्रदेश सभामा बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ।

यसमध्ये प्रदेश–१ र ३ मा एमालेको एकल बहुमत रहेकाले माओवादी केन्द्रको समर्थनविना पनि एमालेका नेता मुख्यमन्त्री हुनसक्ने स्थिति छ।

तर प्रदेश–५ मा बहुमत नरहेकाले एमालेले माओवादी केन्द्रको समर्थन लिनुपर्ने स्थिति छ।
एमालेले मुख्यमन्त्रीको दावेदारी पेश गर्न लागेकामध्ये प्रदेश– १ मा गोबिन्द सुब्बा, प्रदेश–३ मा अनुराधा कोइराला र प्रदेश–५ मा उमाकान्त झा प्रदेश प्रमुख छन्।
बहुमत जुटाएका प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानले गरेको छ।

नेकपा एमालेभित्र गुटबन्दी तीव्र हुँदै जाँदा त्यसले वाम एकता र सरकार गठनमा पर्न सक्ने प्रतिकुल प्रभावबारे एमालेमा चिन्ता बढिरहेका बेला अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच आइतबार छलफल हुने भएको छ।

वाम श्रोतका अनुसार अध्यक्ष ओलीको अग्रसरतामा हुन लागेको छलफलको स्थान भने निश्चित गरिएको छैन। चितवनबाट काठमाडौं फर्किएलगत्तै दाहालले ओलीलाई भेट्ने कार्यक्रम छ।

केही दिनदेखि अवरुद्ध ओली र दाहाल भेटमा नयाँ सरकार गठनमा भागबण्डाको अनुपात, राष्ट्रपति, सभामुख लगायत महत्वपूर्ण पदको बाँडफाँड र वाम एकताबारे छलफल हुने श्रोतले बतायो।

तर आइतबारको छलफलको प्राथमिकतामा नयाँ सरकार गठन नै हुनेछ। सरकार गठनका लागि एमाले र माओवादीलाई सुविधाजनक बहुमत प्राप्त भए पनि त्यसबारे ठोष मार्गचित्र निस्कन नसकिरहेका बेला ओली-दाहाल भेटलाई चासोका साथ हेरिएको छ।

प्रतिनिसभाको निर्वाचनमा वाम गठबन्धनलाई बहुमत प्राप्त भएको दुई महिना वितिसक्दा पनि सरकार गठनबारे स्पष्ट मार्गचित्र उनीहरुले कोर्न सकेका छैनन्।

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक सुची राष्ट्रपतिलाई आगामी फागुन दुई गतेसम्म बुझाउने तयारी छ । यसबिचमा वाम गठबन्धनमा भागभण्डाको सहमति भएमा छिट्टै नै नयाँ सरकार गठन हुने संभावना छ।

जतिसक्दो चाँडो सरकार गठन गर्नु पर्ने दवावका कारण वाम एकता अझै ओझेलमा पर्ने देखिन्छ। अहिलेसम्म दाहाललाई एकीकृत पार्टी अध्यक्षको पद दिनेबारे ओलीले स्पष्ट संकेत नदेखाउँदा एकताको प्रक्रिया अघि बढ्न छैन।

आइतबारे ओली र दाहालबिच एकताबारे छलफल भएमा पार्टी एकता संयोजन समितिको बैठक आह्वानबारे टुंगो लाग्ने छ। यता एकताबारे माओवादीसँग छलफल गर्न नयाँ मोडालिटी तयार पार्नु पर्ने निश्कर्ष शनिबारको एमाले शीर्ष नेताको छलफलले निकालेको छ।

ओली निवास बालकोटमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल लगायत छलफलमा जुटेका थिए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन