प्रचण्डले जंगिदै भने-सबै एउटैले राख्ने भन्यो भने कसरी एकता हुन्छ र? गठवन्धन पनि धरापमा पर्छ



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता नहुने अवस्था आए वाम गठवन्धन नै धरापमा पर्ने बताएका छन् । पार्टी एकता हुने अवस्थामा मात्रै वाम गठवन्धनको सरकार बन्ने उनले प्रष्ट पारे । ‘वामपन्थ गठवन्धनको अगाडीको चुनौती भनेको पार्टी एकता नहुने भन्ने भयो भने गठवन्धन नै धरापमा पर्छ भन्ने मलाई चिन्ता, नेपाल टेलिभिजनको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नेपालको ईतिहाँसका दुई धार हुन् एमाले र माओवादी, यी दुई धारको एकता एक अर्कामा बिलिन भएको अर्थमा हुनै सक्दैन ।

दुवै सम्मानीत भएर दुवै तर्फका नेता कार्यकर्तामा ठुलो उत्साह आउनगरि हुनुपर्छ । सबैले ठिक हो भन्ने अवस्था सृजना हुनुपर्छ ।’ दुई पार्टीका अध्यक्ष मध्य एउटाले पार्टी एउटाले सरकार चलाएर जानुपर्छ भन्ने जनताले पनि अनुमोदन गरेको दावी गर्दै प्रचण्डले भने, ‘अन्य विकल्पपनि हुनसक्छ, छलफल गर्न तयार छौं ।’

एमाले अध्यक्ष केपी ओलीसँगको छलफलमा सरकार र पार्टीको नेतृत्व कसले र कसरी गर्ने भन्ने बारे निर्णय गर्न ओलीलाई नै जिम्मा दिएको उनले बताए । ‘मैले केपीजीलाई तपाई निर्णय गर्नुस् भनेको छु, सबै एउटैले राख्ने भन्यो भने त कसरी एकता हुन्छ र ? हुनै सक्दैन ।’ ‘सरकार बन्नुभन्दा पहिला पार्टी एकता गर्ने आफ्नो प्रयास रहेको दोहो¥याउदै प्रचण्डले आगामी सरकार गठवन्धनको बन्ने बताए । ‘पदको संघर्षको हिसाबले एकतामा कुरा नमिलेको विल्कुलै हैन, उनले भने, ‘जबज अथवा यो वा त्यो मा जाने भन्ने प्रश्नै हैन । अब नयाँ ठाँउमा आईपुग्यौं, समाजबाद तिर जाने हो । त्यसै अनुसारका नयाँ आधार निमार्ण गर्ने जरुरी छ ।’

माओवादी केन्द्रमा एमालेसँगको एकता प्रक्रिया तत्काल भंग भएको घोषणा गर्ने कि केही समय पर्खने भन्ने बहस सुरु भएको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि एमाले अध्यक्ष केपी ओलीले बाम गठबन्धनको भावनाविपरीत मधेसी दलसँग मिलेर प्रधानमन्त्री बन्ने र आफूलाई बाइपास गर्ने षड्यन्त्र गरेको निस्कर्षसहित माओवादीमा एकता कुर्ने कि नकुर्ने भन्ने दुई लाइन देखिएको हो । केही दिनअघि खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा केही नेताबीच भएको अनौपचारिक छलफलमा वरिष्ठ नेता रामबहादुर थापा बादलले एमालेले धोका दिएको भन्दै एकता भंग भएको घोषणा गर्नुपर्ने विचार राखेका थिए ।

‘भारतको कुरा सुनेर केपी ओली हामीलाई बाइपास गर्ने योजनाका साथ अगाडि बढिसके’, बादलको भनाइ उद्धृत गर्दै खुमलटार स्रोतले भन्यो, ‘षड्यन्त्र भएको थाहा पाउँदा पाउँदै अब हामी भ्रममा पर्नु हुँदैन ।’ भेटमा सहभागी नेता वर्षमान पुनले भने तत्काल एकता भंग गर्न नहुने धारणा राखेका थिए । जनताले निर्वाचनमा पार्टी एकतालाई अनुमोदन गरिसकेकाले सकेसम्म एकताबाट भाग्न नहुने पुनको भनाइ थियो ।

‘एमालेले एकता चाहेको रहेनछ भने उही जनताबाट नांगिन्छ’, पुनले भने, ‘बहसका क्रममा केही कुरा मिलेन भन्दैमा हतारमा एकता तोड्नु हुँदैन ।’ यद्यपि पुनमाथि भने एमाले निकट सञ्चार माध्यमले एकताविरोधीको आरोप लगाउँदै आएका छन् । पुनको विचारमा अध्यक्ष प्रचण्ड पनि सहमत भएपछि तत्काल एकता भंग नगर्ने सहमति भएको दाबी स्रोतको छ । एमालेले मुख्य पदमा दुई दलबीच भागबण्डा गर्ने पूर्वसहमतिविपरीत पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति र सभामुखजस्ता मुख्य पदमा आफ्नो दाबी गरेको भन्दै माओवादी पछिल्लो समय एमालेप्रति शसंकित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको