प्रधानन्याधीश पराजुलीका चार थरी जन्ममिति,प्रवेशिका परिक्षा नै उत्तीर्णा नगरेको खुलासा



रकारी अभिलेखमै चार थरी जन्ममिति फेला परेपछि प्रधानन्यायाधीश गोपाल पराजुली थप विवादमा तानिएका छन् । दुईथरी जन्ममिति विवादमा आएका पराजुलीले थप दुईवटा जन्ममिति पेस गरेको पाइएको विषयलाई कान्तिपुर दैनिकले तस्वीरसहित छापेको छ ।

न्यायपरिषदले पराजुलीको जन्ममिति २०१० साल बैशाख १६ लाई कानुनी मान्यता दिइसके पनि उनले बिभिन्न निकायमा पेस गरेका फरक फरक चार थरी जन्ममिति फेला परेका समाचारमा उल्लेख छ ।

समाचारअनुसार न्यायपरिषदका बुलेटिनहरुमा पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ । २०७० साल र त्यसअघिको न्यायपरिषद बुलेटिनमा पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश पराजुलीको जन्ममिति २००९ साल साउन ३१ गते उल्लेख छ ।

यसैगरी २०५८ सालमा प्रकाशित न्यायपरिषद बुलेटिनमा तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश पराजुलीको जन्ममिति २०१० बैशाख १३ गते उल्लेख छ । पुनरावेदन अदालतका न्यायाधीशहरुको क्रमसंख्या २९ उल्लेख गरी पृष्ठ १४ मा उनको जन्ममिति र सेवा प्रवेशको मिति उल्लेख छ ।

पराजुलीको तेस्रो जन्ममिति २०१० बैशाख १६ गते हो । २०६७ कात्तिक २५ मा पेस गरेको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पराजुलीले प्रतिलिपि नागरिकता लिए । त्यसमा जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ । शैक्षिक प्रमाणपत्रमा आधारित भएर उनले प्रतिलिपि नागरिकता पाऊँ भनि दिएको निवेदनको आधारमा काठमाडौं जिल्ला प्रशासनले अभिलेखकै विवरण सच्याएर प्रतिलिपि नागरिकता जारी गरेको थियो । ‘जिल्ला प्रशासन कार्यालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुरले लेखेको छ, ‘प्रतिलिपि नागरिकता लिँदा पुरानो अभिलेख फरक पार्न पाइँदैन । उहाँको हकमा फरक परेको देखियो ।’

पराजुलीको चौथो जन्ममिति हो २०११ साल बैशाख १३ गते । नेपाल ल क्याम्पसबाट जारी भएका शैक्षिक प्रमाणपत्रमा प्रधान्याधीश पराजुलीको जन्ममिति उनले दावी गरेअनुसारकै देखिन्छ । तर, प्रवेशिकाको मार्कसिटमा २०११ बैशाख १३ गते उल्लेख छ । उनको प्रवेशिका मार्कसिट सार्वजनिक भए पनि जन्ममिति उल्लेख हुने चारित्रिक प्रमाणपत्र सार्वजनिक भएको छैन । उनले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका उत्तीर्ण गरेको मार्कसिट न्यायपरिषदमा परे पनि त्यहाँबाट प्राप्त हुनुपर्ने चारित्रिक प्रमाणपत्र पेस गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन