नेपाल प्रहरी र सशस्त्रमा आईजीपीको लिगलिगे दौड सुरु,दुवै संगठन खनाल थरकाले हत्याउने यस्तो छ प्रपन्च



नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउने विभिन्न कोणबाट चालिएको कदम असफल हुने निश्चित भएको छ । निर्वाचनअघिदेखि सुरु भएको यो खेलमा धेरै तगारा तेर्सिएपछि ३० वर्षे सेवाहद हटाउन सक्रिय हुनेजति सबै निराश भएका छन् ।

वर्तमान सरकारले कानुनी जटिलता नआउने गरी प्रहरीको नियमावली पविर्तन गर्न खोजे पनि कांग्रेस दलभित्रबाट यसको चौतर्फी विरोध भएको थियो ।

आईजीपी प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको दल नेपाली कांग्रेस नराम्रोसँग फसकेको निष्कर्ष दलकै कतिपय नेताले निकाल्दै प्रहरीको नियमावली परिवर्तनमा नलाग्न देउवालाई सुझाएका थिए ।

देउवासँग असन्तुष्ट कांग्रेसका प्रभावशाली नेताले प्रहरीमा अर्को चलखेल गर्न खोजे पार्टी नेतृत्वविरुद्ध कडा कदम चाल्ने सम्मको चेतावनी दिएपछि देउवा पछि हट्नुभएको छ । तथापि कांग्रेसको असन्तुष्ट पक्षलाई प्रभावमा पार्न नियमावली तत्काल परिवर्तन गर्न सक्रिय भएका व्यक्ति यसमा लागिपरेका छन् ।

प्रहरीमा नियमावली परिवर्तनको खेललाई सफल बनाउन भावी आईजीपीका प्रतिष्पर्धीलाई बालुवाटार प्रवेश गर्नसमेत नसक्ने अवस्था खडा गरिएको थियो । यसमा प्रम देउवाका स्वकीय सविच भानु देउवा स्वयं सक्रिय हुनुभएको थियो ।

उहाँले कसैको प्रभावमा परेर बालुवाटारमा केही उच्च प्रहरी अधिकारीलाई निषेध गर्नुभएको थियो । तर, विभिन्न कोणबाट देउवामाथि दबाब परेपछि प्रहरीमा पु्रानै नियमावली अनुसार आईजीपी बन्ने अवस्था सृजना भएको छ । आईजीपी यही सरकारले बनाउने सम्भावनालाई समेत नकार्न नसकिने अवस्था बनेको छ ।

फागुनभित्र सरकार नबने चैत्रको पहिलो सातामा नै नयाँ आईजीपी बनाउनुपर्ने अवस्थासमेत आउन सक्छ । नेपाल प्रहरीका आईजीपी अर्याल र उहाँका ब्याची १५ एआईजी तथा सशस्त्र प्रहरी बलका आईजीपी सिंहबहादुर श्रेष्ठ अनि उहाँका ब्याची दुई एआईजी घरबिदा बसेमा नयाँ आईजीपी चयन चैत्रको सुरुमै हुन सक्छ ।

हालकै नियमावली कायम रहेमा सशस्त्रका आईजीपी श्रेष्ठले एक महिनाअघि नै घरबिदा बस्ने सोच बनाउनुभएको उहाँ निकटस्थ सूत्रले बताएका छन् । अर्का आईजीपी अर्यालको हकमा उहाँ घरबदिामा बसेमा अन्य एआईजीमाथि समेत दबाब पर्न सक्छ । त्यस अवस्थामा देउवा सरकारले आईजीपी बनाउन सक्छ ।

सरकार निर्माणका लागि प्रचण्डले लेनदेन दरिलो तरिकाले उठाउने हुँदा एमाले र माओवादीको कुरा मिलिहाल्ने छाँट छैन । मिलेमा मात्र नयाँ सरकारले आईजीपी बनाउन सक्छ । आईजीपीमा प्रहरीबाट सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच कडा प्रतिष्पर्धा हुने छाँट देखिएको छ ।

खनाल आफ्नो ब्याचीमा एक नम्बरमा हुनुभएकाले सरकारले वरिष्ठता नमिच्नेमा ढुक्क हुनुहुन्छ । विगतमा वरिष्ठता मिचिँदा आईजीपी प्रकरणले धेरै राजनीतिक तरंग ल्यायो । प्रहरीभित्र बढी राजनीतिकरण भयो । त्यसैले पनि देउवा सरकार रहेमा वा वामपन्थी सरकार रहेमा पनि वरिष्ठता नमिचिनेमा खनाल आशावादी हुनुभएको बुझिएको छ ।

उहाँले तराईमा खटिँदा होस् या अपराध अनुसनन महाशाखा र उपत्यका ट्राफिक महाशाखामा रहँदा लोकप्रिय काम गर्नुभएर प्रहरीको कमाण्ड पाउनुपर्ने दाबी गर्नुभएको बुझिन्छ ।

अर्का चर्चित आकांक्षी रमेश खरेलले विगतमा आफूले गरेको राम्रो काम र विवादमा कहिले नआएको भन्दै सरकारको नेतृत्व गर्ने सम्भावित नेतालाई भेटेर लबिङ बढाइरहनु भएको छ । सीआईबी निर्देशक पुष्कर कार्कीले पनि विवादमा नआउने गरी काममा सक्रिय हुनुभएको छ ।

उहाँले राष्ट्रपति विद्या भण्डारीसँगको नाता सम्बन्धलाई समेत प्रयोगमा ल्याउन खोजिरहनुभएको छ । आईजीपी अर्यालका विश्वासपात्र डीआईजी मनोज न्यौपानेले पनि आईजीपी बन्ने पहल गरिरहनु भएको छ । सशस्त्रमा शैलेन्द्र खनाल निर्विकल्प आईजीपी जस्तै हुनुहुन्छ ।

उहाँ आफ्ना ब्याचीमध्ये वरिष्ठमात्र नभई डेढ वर्षअघि एआईजीको फूली लगाउनु भएको हो । आन्तरिक व्यवस्थापन र बाह्य सम्बन्धमा उत्तिकै टाठा खनाललाई आईजीपी बन्नबाट रोक्ने खेल पनि भइरहेका छन् । उहाँमाथि विभिन्न आरोप लगाउने र अदालतमा मुद्दा हाली आईजीपी बन्नबाट रोक्न केही समूह योजनाबद्ध रुपमा लागिरहेका छन् ।

उहाँका मुख्य प्रतिष्पर्धीमध्ये पुष्पराम केसीले आफू आईजीपी भइ छाड्ने बताउँदै हिँड्न थाल्नु भएको छ । केसीले पछिल्लो समय आफूलाई एमालेनिकट भन्दै हिँड्नु भएको छ । जथाभावी बोल्दै हिँड्ने स्वभावले उहाँलाई धेरै समस्या आएको बुझिन्छ ।

उता खनाल र केसी दुवैले सशस्त्रको कमाण्ड हाँक्न नसक्ने भन्दै नारायणबाबु थापाले भित्री सक्रियता देखाइरहनु भएको छ ।

आफूले दुवैलाई माथ खुवाउने गरी थापाले चलखेल गरिरहनु भएको छ । सशस्त्रमा पाँच एआईजीको बढुवाले अबको तीन वर्षपछि बन्ने अर्को लटका डीआईजीमध्येको आईजीपीको दौडसमेत अन्यत्र मोडिएको विषय खुलाइसकेको छ।

गत हप्ता फूली लगाउनेमध्ये पाँचजना एआईजीको आईजीपी बन्ने सम्भावना लगभग टुंगिएको छ । हालका डीआईजी मध्येबाट सुरज श्रेष्ठलगायतका अधिकृत अबको तीन वर्षपछि आईजीपी बन्ने दौडमा रहनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन