प्रचण्डलाई खुसी पार्ने ओलीको यस्तो मन्त्र,नेपालको राष्ट्रपति बनाउन भारत र युरोपियन यूनियनले ओलीलाई दिए दबाब



नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने कुरा अगाडी बढेपछि एमाले नेताहरुले समेत केपी शर्मा ओलीको सट्टा प्रचण्डलाई खुशी पार्न थालेका छन् । गत हप्ता मात्रै राष्ट्रपतिमा पुनः दोहरिने इच्छा सहित राष्ट्रपति विद्या भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई परिवार सहित डिनरमा बोलाईन ।

डिनरका क्रममा उनले अप्रत्यक्ष रुपले अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई अरु एक कार्यकालका निम्ती दोहो¥याउँदा उचित हुने आशय व्यक्त गरेको बुझिएको छ । उता पुर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले पनि प्रचण्डलाई खुशी बनाउने अभिव्यक्ति दिन थालेका छन् ।

एमालेभित्र केपी ओली समूह माओवादी अध्यक्षलाई पार्टी एकतापछि अध्यक्ष दिन सकिदैन भनेर लविङ गरिरहेका बेला एमालेका प्रभावशाली मध्येका एकजना नेता झलनाथ खनालले भने माओवादी अध्यक्ष प्रचण्डलाई एकिकृत पार्टीको अध्यक्ष बनाएर भएपनि पार्टी एकता गर्नुपर्ने बताएका छन् ।

कतिपयले झलनाथ खनालको यो अभिव्यक्ति साँच्चै पार्टी एकता भईदिओस भन्ने चाहना र चिन्ता भन्दा पनि प्रचण्ड खुशी भएमा आफू राष्ट्रपति बन्न सकिन्छ कि भन्ने उद्देश्यबाट प्रेरित भएको एमाले बृत्तमै चर्चा चल्ने गरेको छ ।

एमालेभित्र झलनाथ खनालले आफूले राष्ट्रपति पद पाएमा खाने र त्यसका निम्ती आफू योग्य पनि रहेको बताउँदै आएका छन् । त्यसो त एमालेका अर्का नेता माधव नेपाल पनि यसअघिदेखि नै प्रचण्डसँग निकट देखिदै आएका छन् ।

एमाले र माओवादीबीच पार्टी एकता हुने भनेपछि एमालेका अन्य नेताहरुले समेत केपी ओलीका साथसाथै प्रचण्डको समेत सद्भाव पाउने प्रर्यत्नमा सदैव क्रियाशिल रहँदै आएको बुझिएको छ ।

राष्ट्रपतिमा पनि रस्साकस्सी
संविधान जारीपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्द बहादुर पुन चयन भएका थिए । भर्खरै सम्पन्न निर्वाचनको नयाँ जनादेश अनुसार राष्ट्रपति र उपराष्ट्रपतिमा पनि नयाँ अनुहार ल्याउनु पर्ने आवाज उठिरहेको छ ।

निर्वाचन पछि आफू नै दोहोरिने आकांक्षा लिईरहेकी राष्ट्रपति भण्डारीले प्रचण्डका स—परिवार र ओली प्रचण्डलाई सितलनिवासमा बोलाएरसँगै डिनर दिलाएकी थिईन । उपराष्ट्रपति नन्द बहादुर पुन पनि ओली निवास बालकोट पुगेका थिए ।

दुबै जनाले मुख नखोले पनि छोटो समय मात्र पदमा रहेको भन्दै दोहरिन चाहेको स्पष्ट छ । प्रचण्ड परिवारलाई डिनर सहितको भेटघात र विगतको भेटघातपछि प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सकारात्मक रहेको बुझिएको छ । उपराष्ट्रपति पुन माओवादीबाटै बनेका हुन् ।

त्यसमा माओवादी पार्टी सकारात्मक नहुने कुरै भएन । यता एमालेबाट राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीप्रति पछिल्लो समय एमाले सकारात्मक हुन नसकेको एमाले बृत्तमै चर्चा हुन थालेको छ । जननेता मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी पार्टीमा रहँदा केपी ओली निकट थिईन ।

त्यतिमात्र होइन, मदन भण्डारीका विस्वास पात्र थिए ओली । जबजको असली सार्थक भन्थे । राष्ट्रिय सभा अध्यादेश जारी, प्रचण्डसँगको हिमचिम र प्रचण्डलाई पार्टी अध्यक्ष बनाएर भएपनि एकता गर्नुपर्छ भन्ने राष्ट्रपतिको सुझाव ओलीलाई मन नपरेको बुझिन आएको छ ।

भोलिको राजनीतिले कस्तो मोड लिन्छ त्यो एउटा पाटो रह्यो, अहिलेकै अवस्थामा भण्डारीलाई दोहो¥याउने पक्षमा एमाले भित्र आम सहमति हुने संभावना देखिदैन । जनादेश अनुसार नेपाली जनता पनि नयाँ अनुहारकै पक्षमा रहेका छन् ।

उता एमाले र माओवादी बीच एकता आवश्यक छैन भन्ने भित्री चलखेल गर्दै आएका माओवादी केन्द्रका युवा नेता वर्षमान पुनका कारण माओवादी भित्र पनि राष्ट्रपति, उपराष्ट्रपति दोहो¥याउने सहमति हुने अवस्था नरहेको बताईन्छ ।

एमालेसँगको पार्टी एकतालाई लिएर कृष्णबहादुर महरा, वर्षमान पुन सकारात्मक थिएनन्÷छैनन् । त्यसैल प्रचण्डको विकल्पमा भारतीय गुप्तचर संस्था रअले पुनलाई प्रयोग गरिरहेको बुझिन्छ । त्यसैपनि उक्त गुप्तचर संस्थाले पुनलाई प्रयोग गर्दै आएको थियो ।

चीनको मान्छे भन्दै महरालाई विस्वास गर्ने आधार नभएपछि पुनलाई अघि सारिएको हो । तर पनि पुनको ह्वीप पार्टीभित्र चल्नेवाला छैन त्यसैले पुनप्रति रअको पुर्ण भरोसा छैन, अरुलाई नेतालाई परिचालन गर्न सकेको छैन । प्रचण्डपछि अरु स्ट्रङ नेता नभएकाले प्रचण्डको ह्वीप नै चल्नेवाला छ ।

यस्तै एमाले भित्र घुमाउरो पाराले पुर्व प्रधानमन्त्री एवंम पुर्व अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । पार्टीभित्र भुमिका बिहिन भएकाले पनि खनाल उक्त पदमा जान चाहन्छन् । उनी केपी ओलीको रोजाईमा पर्दैनन् अझ विदेशीहरुको रोजाईमा पनि पर्दैनन् ।

पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ ओलीको मुख ताकेर बसिरहेको बुझिएको छ । ओलीको विस्वास पात्र नेम्वाङलाई युरोपियन युनियनको पुर्ण समर्थन रहेको बुझिएको छ । किनकी संविधान निर्माणमा युनियनको पुर्ण दबाब थियो । त्यसरी छिमेकी देश भारतको दबाबलाई पन्छाईएको थिया ।

सोही पुरस्कार स्वरुप नेम्वाङलाई युनियन राष्ट्रपति बनाउन एमाले र माओवादी भित्र लविङ गरिरहेको छ । नेपाली राजनीतिलाई अस्थिर बनाएर फ्रि तिब्बतमा खेल्न चाहेको युनियनले नेम्वाङलाई नै उर्पयुक्त देखेको छ । नेपाललाई धर्म निरपेक्षता गराउन नेम्वाङ मार्फत पुरा गरेको थियो ।

त्यसैगरी यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत पार्टी अध्यक्षको विकल्पमा राष्ट्रपति बन्न चाहेको चर्चा छ । राजनीति र शान्ति प्रक्रियाको विभिन्न कारणले सक्रिय राजनीतिबाट उनी निष्कृर्य बन्न चाहन्छन् ।किनकी उनलाई ठुलो चुनौती सुरक्षाको छ ।

त्यसैले पार्टीको रक्षा भन्दा पनि आफ्नो भूमिका खोजिरहेका छन् । अब फागुनको दोस्रा सातासम्म सबै प्रदेशमा सरकार बनि सक्ने छ ।

उक्त महिनाभरीमा केन्द्रमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरु चयन गरिसक्नु पर्ने अवस्था छ । अब साँच्चैको रस्साकस्सी सुरु हुने अवस्था आईसकेको छ त्यसैले के कस्ता अवस्था सृजना हुन्छ केही समय कुर्नैपर्ने हुन्छ

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन