अलैँचीलाई विषादीमुक्त बनाउन जोड



हाम्रो इकोनोमि

अलैँची खेतीतर्फ कृषकको आकर्षण बढे सँगै ताप्लेजुङमा यसको उत्पादनमा वृद्धि भएको छ ।

यस वर्ष दुई हजार ९४० मेट्रिक टन अलैँची उत्पादन भएको छ । यो पछिल्लो ६ वर्ष यताकै बढी उत्पादन हो । गत वर्ष दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

चालु आर्थिक वर्ष २०७४÷७५ मा चार हजार २०० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । हालको बजार भाउअनुसार यस वर्षको उत्पादनले जिल्लामा रु दुई अर्ब बढी भित्रने जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी मित्रलाल पौडेलले बताउनुभयो ।

अहिले जिल्लामा अलैँची प्रतिमन ९४० किलो रु २८ हजारका दरले कारोबार भइरहेको छ । प्रमुख नगदेबालीका रुपमा परिचित अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको र खेती व्यवस्थापनमा समेत सुधार हुँदै गएकाले उत्पादनमा वृद्धि भएको पौडेलले बताउनुभयो । केही वर्षअघि अचानक भएको मूल्य वृद्धिपछि यहाँका अधिकांश कृषकले अन्न उब्जनी हुने खेतबारी मासेरै अलैँची खेती गरेका थिए । अहिले पनि पाखो जग्गादेखि करेसाबारीसम्म सिँचाइको व्यवस्थापन गरेर किसानले अलैँची खेती विस्तार गरिरहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार आव २०६९÷७० मा दुई हजार ६५५ हेक्टरमा गरिएको अलैँची खेतीबाट एक हजार ७२६ मेट्रिक टन, आव २०७०÷७१ मा तीन हजार ११२ हेक्टरमा एक हजार ६८०, आव २०७१÷७२ मा तीन हजार ९५० हेक्टरमा एक हजार ४१०, आव २०७२÷७३ मा चार हजार १५० हेक्टरमा दुई हजार ४९० तथा आव २०७३÷७४ मा चार हजार २०० हेक्टरमा दुई हजार ५२० मेट्रिक टन अलैँची उत्पादन भएको थियो ।

बर्षेनी खेती विस्तारसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको छ । अघिल्ला वर्षमा रोग लागेर सखाप भएको बगानमा पुनः नयाँ बिरुवा लगाएपछि र खेती व्यवस्थापनमा थप मिहेनत गरेपछि उत्पादन बढेको कृषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...