एउटै जिल्लाबाट चार अर्ब ३५ करोडको तरकारी बिक्री



हाम्रो इकोनोमि

बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ ।

सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा करिब रु ३० करोड बढीको तरकारी उत्पादन बिक्री भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख भरत विडारीले जानकारी दिनुभयो ।

बजारको समस्या नभएको र गत वर्षको तुलनामा तरकारी खेतीमा किसानको सङ्ख्या थपिनु एवं तरकारी उत्पादन गर्ने जमिनको क्षेत्रसमेत विस्तार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बाह्रै महिना तरकारी उत्पादन हुने जिल्लामा गत वर्ष सबैभन्दा बढी रु एक अर्ब २९ लाख ५५ हजार बराबरको गोलभेँडा उत्पादन भएको थियो । कूल एक हजार ४५८ हेक्टरमा ५१ हजार ९७८ मेट्रिक टन गोलभेँडा उत्पादन भएको थियो । बाँझिएको जग्गासमेत प्रयोगमा आउन थालेको विडारीले बताउनुभयो ।

जग्गा भाडामा समेत लिएर किसानले खेती गर्न थालेका जोरपाटी गाउँपालिकाका मेघराज खतिवडाले बताउनुभयो । जिल्लामा उत्पादित तरकारी सुनसरीको धरान, मोरङको विराटनगर, झापाको विभिन्न बजार तथा भारतमा लगेर समेत बिक्री गरिँदै आएको छ । जिल्लामा ४० हजार ८२३ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य छ ।

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...