तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक



हाम्रो इकोनोमि

कलैया । चाल आर्थिक वर्ष २०७४–७५ मा बारामा गहुँ खेती गर्नका लागि कृषकलाई करिब तीन हजार मेट्रिक टन गहुँको बीउ आवश्यक रहेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आवमा कृषकले करिब २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गर्ने लक्ष्य लिएका छन् । प्रति हेक्टर एक क्विन्टल गहुँको बीउ आवश्यक पर्छ ।

कूल दुई हजार नौ सय मेट्रिक टन गहुँको बीउ आवश्यक पर्ने कार्यालय प्रमुख शिवरत्न साहले बताउनुभयो । जिल्लास्थित नौवटा बीजबिजन संरक्षण संस्थामध्ये बोधीमाई कृषि सहकारी संघ महेशपुरले मात्र ३० मेट्रिक टन बीउ संरक्षण गरेर राखेको छ । सो संस्थाले जम्मा ४० मेट्रिक टन, अनुदानबाट बिक्री हुने १९४ मेट्रिक टन र राहतस्वरुप वितरण गर्ने १५० मेट्रिक टनबाहेक अपुग भएको बीउ कृषक आफैँले संरक्षण गरेर राखेको साहले बताउनुभयो ।

बारामा गहुँको बीउ र खेती गर्नका लागि डिएपी मलको अभाव नहुने साहको भनाइ छ । जिल्लामा गत आवमा कूल २९ हजार हेक्टरमा विभिन्न जातको रु दुई अर्ब २३ करोड १५ लाख ५० हजार बराबरको ८२ हजार ६५० मेट्रिक टन गहँु उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
उखु किसानको अनुदान वापतको ७५ करोड रकम निकासा

    सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ ।...

तराई–मधेशका उखु किसानको काठमाडौं केन्द्रित प्रदर्शन

    सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै तराई–मधेशका उखु किसानहरुले...

कोलकात्तामा मल रोकिँदा नेपालमा अभाव : कृषिमन्त्री

    कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको...

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ

     देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा...