विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन



हाम्रो इकोनोमि

सप्तरी । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादवले मधेसको विकास, समृद्धि तथा मधेशीको हक अधिकार पूरा गराउन वाम गठबन्धनलाई निर्वाचनमा विजय गराउनुपर्नेमा बताउनुभएको छ ।

आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“मधेस केन्द्रीत दलका कारण नै मधेसको विकास र समृद्धि हुन सकेको छैन् ।”
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सदस्यका उम्मेदवार समेत रहनुभएका यादवले देशको प्रत्येक आन्दोलन तथा जनताको अधिकारको लडाइँमा वामगठबन्धनको भूमिका अग्रगामी रहेकाले विकास, समृद्धि र प्रगतिका लागि वामगठबन्धनको विकल्प नरहेको बताउनुभयो ।
आफ्नो प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफूले समर्थन नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धन विजयी हुने भएकोले त्यसबाट धेरै नेता तथा राजनीतिक दल हतोत्साहित भएको उल्लेख गर्दै सबै दलले वामगठबन्धनलाई समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।

सप्तरी क्षेत्र नं. २ प्रदेशसभा सदस्य (ख) का उम्मेदवार महेशप्रसाद यादवले सप्तरीको विकासका लागि आफुले स्पष्ट प्रतिबद्धता पत्र जारी गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...