ढुक्क भएर चुनावमा सहभागी हुन आयोगको आग्रह



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको भन्दै ढुक्क भएर चुनावमा सहभागि हुन सबैलाई आग्रह गरेको छ।

निर्वाचनलाई लक्षित गरि भैरहेका पछिल्ला घटनाबारे आज सुरक्षा निकायसँग छलफल गरेको आयोगले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न हुने भन्दै मतदातालाई आश्वास्त पारेको हो । सुरक्षा निकायसँगको बैठकपछि निर्वाचन आयुक्त सुधीरकुमार साहले चुनाव सफल बनाउन सबै प्रकारका सुरक्षा व्यवस्था अपनाउने निर्णय भएको जानकारी दिनुभयो ।

केही दिनयता भएका छिटफुट घटनाले निर्वाचन कुनै हालमा प्रभावित नहुने आयुक्त साहको भनाइ छ ।

पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँग छलफल गरि सुरक्षा रणनीति प्रभावकारी बनाउन पनि निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...