ढुक्क भएर चुनावमा सहभागी हुन आयोगको आग्रह



हाम्रो इकोनोमि

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको भन्दै ढुक्क भएर चुनावमा सहभागि हुन सबैलाई आग्रह गरेको छ।

निर्वाचनलाई लक्षित गरि भैरहेका पछिल्ला घटनाबारे आज सुरक्षा निकायसँग छलफल गरेको आयोगले चुनाव शान्तिपुर्ण रुपमा सम्पन्न हुने भन्दै मतदातालाई आश्वास्त पारेको हो । सुरक्षा निकायसँगको बैठकपछि निर्वाचन आयुक्त सुधीरकुमार साहले चुनाव सफल बनाउन सबै प्रकारका सुरक्षा व्यवस्था अपनाउने निर्णय भएको जानकारी दिनुभयो ।

केही दिनयता भएका छिटफुट घटनाले निर्वाचन कुनै हालमा प्रभावित नहुने आयुक्त साहको भनाइ छ ।

पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशस्त प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँग छलफल गरि सुरक्षा रणनीति प्रभावकारी बनाउन पनि निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...