नयाँ संविधानलाई संस्थागत गर्न काँग्रेसको आवश्यकता छ: नेता सिंह



नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सविधानलाई संस्थागत गर्न नेपाली काँग्रेसको आवश्यकता रहेको बताउनुभएको छ ।

घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा आज चुनावी घरदैलो कार्यक्रमअन्तर्गत भएको भेलामा उहाँले भन्नुभयो —“निर्वाचन नजिकिँदै गर्दा काँग्रेसलाई मतदान गर्नुपर्छ भन्ने जनविचार बढ्दै गएको छ ।”

काठमाडौँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले काँग्रेसले गरेको बाचाअनुसार संविधान जारी गरिएको र सो संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जिताउन सबै मतदातामा आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमा जे–जस्तो स्थिति देखाए पनि आम मतदातामा काँग्रेसप्रतिको हेराइ सकारात्मक रहेको उल्लेख गर्दै उहाँले देशको आर्थिक विकासका लागि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘‘ तपाईहरुले दुई पल्ट विजयी बनाएर सविधान जारी गर्ने जिम्मेवारी पूरा गरे, अव देशलाई समृद्धिको बाटो लैजाने जिम्मेवारी पूरा गर्ने अवसर दिनुहोस्,’’ पूर्व उपप्रधानमन्त्री एवं काँग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा