वम एकता धर्तीको कुनै पनि ताकतले रोक्न सक्दैन: खनाल



हाम्रो इकोनोमि

इलाम । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता अब धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनुभएको छ ।

इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उहाँले वाम गठबन्धनबाट अब पार्टी एकता हुन्छ “यसलाई धर्तीको कुनै पनि शक्तिले रोक्न सक्दैन्” भन्नुभयो ।पार्टी एकताको कुरामा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप नेता खनालले लगाउनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै उहाँले निर्वाचनपछि यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने विचार व्यक्त गर्नुभयो ।

जनताले चाहेजस्तो विकास नभए पनि क्षेत्र नं १ मा धेरै विकास निर्माण भएका छन्, केही बाँकी छन् तिनलाई पनि निर्वाचनपछि पूर्णता चर्चा गर्दै नेता खनालले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...