तरकारीवालीसँग भोट माग्दै : मतदातासँग सेल्फी खिच्दै रामवीरको घरदैलो



हाम्रो इकोनोमि

मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए । राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए ।

विहानीमा मात्र खुल्ने फुटपाथ पसलका पोकाहरु पनि भर्खर खुल्दै थिए । त्यसैबेला सूर्य र हसियाँ हतौडा अंकित झण्डा बोकेर सयौँको सङ्ख्यामा जोसिला नारा लगाउँदै बृद्ध–बृद्धा, युवाले करिब दुई घण्टा ती सडक र गल्लीहरु छिचोल्दै रहे । त्यही भीडमा हुनुहुन्थ्यो काठमाडौँ क्षेत्र नम्बर–७ का प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धनर, प्रदेशसभा तर्फ ‘क’ का उम्मेदवार वसन्त मानन्धर, समानुपातिक तर्फका उम्मेदवार अमररत्न बर्जाचार्य र मिना ज्ञवाली नेपाल पनि ।

०७० सालको संविधानसभा निर्वाचनमा संविधान जारी गर्ने वाचासहित यही क्षेत्रका जनताको मतबाट विजयी भएका रामवीर मानन्धर त्यो भीडमा सबैको केन्द्रविन्दु हुनुहुन्थ्यो । उहाँ जताजता जनुहुन्थ्यो त्यो भीड पनि त्यतैत्यतै हुत्तिन्थ्यो । क्षेत्रपाटीबाट सुरु भएको जुलुस ठमेलहुँदै ज्याँठा, अशन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौरहुँदै फेरि क्षेत्रपार्टी चोकमै पुग्दा मानन्धरससहितको टोलीलाई बीचबाटोमा सयौंले स्वागत गरे । गगनचुम्वी घरका भ्यालहरुबाट हात हल्लाइरहेका बृद्धबृद्धालाई मानन्धर मुसुक्क हाँस्दै हात हल्लाउँदै अघि अघि बढ्नुहुन्थ्यो ।

बाटामा भेटिनेहरु पनि केही सेकेण्ड उहाँसँग भलाकुसारी गर्न भ्याउँथे । धेरैले त उहाँलाई नेवारी भाषा र लवजमै जितको शुभकामना दिन भ्याए । कतिपय ठाउँमा त रामवीर र वसन्तलाई बृद्धबृद्धाले टिका लगाएर जितको शुभकामना समेत दिन भ्याए । क्षेत्र पाटी चोकमै रहेको तरकारी पसलमा भोट माग्दै पुग्नुभएका मानन्धरलाई ‘तरकारीवाली’हरुले पनि जीतको शुभकामना दिन भ्याए । ‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउँदौनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आउनुभएकी ५५ वर्षीया महिलाले भन्नुभयो,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ । उहाँलाई जितको शुभकामना ।’

तरकारीवाली महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरलाई जितको शुभकामना दिन भ्याउनुभयो । सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आउनु भएका श्यामबाबु चौधरीले पनि रामवीर मानन्धरलाई जितको शुभकामना दिनुभयो ।

यसै क्षेत्रका रैथाने मानन्धरको आजै इचंकुनारायणमा पनि घरदैलो कार्यक्रममा जानु पर्ने भएकाले हतारमा हुनुहुन्थ्यो । घरैपिच्छे गर्ने स्वागतले उहाँ थकित जस्तो देखिनुहुन्थ्यो । तर, ती थकानलाई मेटाउँदै उहाँले क्षेत्रपाटी चोकमै पनि दर्जनौसँग सेल्फी खिच्नु भ्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...