कर्मचारीलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन नगरपालिकाको निर्देशन



हाम्रो इकोनोमि

नवलपरासीको गैँडाकोट नगरपालिकाले सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका कार्यक्रममा सहभागी नहुन गैँडाकोटका सबै सामुदायिक विद्यालयका शिक्षक एवं कर्मचारीलाई निर्देशन दिएको हो ।

राजनीतिक दलका कार्यक्रममा विद्यार्थीलाई सहभागी नगराउन पनि आग्रह गरिएको छ । साथै राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएमा त्यस्ता शिक्षक एवं कर्मचारीलाई नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

केही दिनअघि गैँडाकोट नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलको कार्यक्रममा सहभागी भएको तस्वीर सार्वजनिक भएपछि नगरपालिकाले यस विषयमा चासो देखाएको हो ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...