यसपटकको चुनावमा अनेक चर्चाः काठमाडौ ४ मा खसी, ओखलढुंगामा घडी



हाम्रो इकोनोमि

काठमाडौ । यस पटकको चुनावमा अनेक चर्चा भएपनि केहि क्षेत्रमा भने अनौठो बिषयले चर्चा पाएका छन । बिशेष गरी काठमामडौको क्षेत्र नं ४ मा खसी खसीको मासु पसल र ओखलढुंगामा रोलेक्स घडीको चर्चा हुन थालेको छ ।

ओखलढुंगामा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार रामहरि खतिवडाले आफ्ना कारणले बाम गठबनधनका उम्मेदवार यज्ञराज सुनुवार चर्चामा आएको र आफु संसदमा एक नम्बर सांसद भएको दावी गरेपछि सुनुवार पनि कडा प्रतिवादमा उत्रिए । उनलाई केहि महिना पहिला काठमाडौको एक होटलबाट १४ लाख पर्ने अभियोग लागेको थियो। तर खतिवडाले आफ्नो कोटको गोेजिमा कसैले सो घडी राखि दिएको भन्दै पछि फिर्ता गरेका थिए। यस बिषयमा केहि नबोलेका सुनुवार खतिवडाले आफ्ना कारणले चर्चामा आएको भने पछि उनि पनि कडा प्रतिवादमा उत्रिए।

‘ म त भन्छु दश नम्बर हो.इन एक नम्बर हो, किन कि ६०१ साँंसदहरुका अरु कसैले घडीचोरको आरोप ब्याहोर्नु परेन, रामहरिजीलाई त्यो सौभाग्य पाउनुभयो’। अनि सुनुवारले थपे ‘ ६०१ साँंसदमा कसैले मन्त्रीको सही चोरेको अभियोगमा २९ दिन प्रहरी हिराससतमा बिताउनु पर्न तर उहाँंले त्यो मौका पाउनुभयो ।’

काठमाडौ ४ मा भने अहिले खसीको चर्चा छ। यस क्षेत्रबाट यस अघि पनि बिजयी भएका कांग्रेस उम्मेदवार गगन थापाले काम नगरी गफ मात्र गरेको भन्दै यस अघि सरकारबाट लिएको तीन करोड अनुदानको दुरुपयोग गरेको भन्दै ती खसीको खोजी गर्न थालेका छन। यस क्षेत्रमा कांग्रेसका थापा र वाम गठबन्धनका डा राजन भट्टराई चुनावी मैदानमा छ।

‘ सरकारी अनुदान लिएपपिछ जनताले त्यो कता गायो भनेर प्रश्न गर्न पाउने कि नपाउने? बाख्रा पालन छ भनेर मपनि त्यस ठाउँंमा हेर्न गएको न खोर छ न बाख्रा’ काठमाडौ महानगरपालिकाका पूर्व प्रमुख तथा प्रदेशसभामा क्षेत्र नं ६ का वाम गठन्धन उम्मेदवार केशव स्थापितले टिप्प्णी गरेका छन। उनले मासु पसल खोल्ने भनेर गगन थापाले चर्चा गरेको तर वास्तविक रुपमा त्यस्तो पसल कता गायो? कहाँं छ भन्दै टिप्प्णी गरेका छन ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...