कांग्रेसलाई जिताउन भन्दै क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमानसिंह कार्की



हाम्रो इकोनोमि

सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्।

कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आएका हुन्। स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्। कार्कीसँगै श्रीमती सुनीता पनि नेपाल फर्किएको स्रोतले बतायो। क्यानाडाको बसाई धान्न नसक्नु र नेपालमा गरिएको लगानीको रेख देख गर्न उनी नेपाल आएको बताईए पनि लोकमान केही कांग्रेसी नेतालाई जिताउन नेपाल आएको श्रोतको दाबी छ।लोकमान पुरानो बानेश्वरका स्थायी बासिन्दा हुन्।

अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा पुगेको थिए। २०७३ पुस २४ गते सर्वोच्च अदालतले कार्कीको योग्यतासम्वन्धी मुद्दा पुनरावलोकन मार्फत् कार्कीको नियुक्ति बदर गरेको थियो। संसदमा महाभियोग विचाराधीन रहेकै अवस्थामा कार्की पदमुक्त भएका थिए।

अदालतको फैसला कार्यान्वयनसँगै २०७३ माघमा कार्की नयाँ दिल्ली हुँदै क्यानडा प्रस्थान गरेका थिए। क्यानडा जानुअघि उनी केही दिन दिल्ली बसेका थिए।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...