विप्लबलाई सेना लगाएर ठिक पार्ने रक्षामन्त्री भीमसेनदास प्रधानको चेतावनी , चुनावमा हतियार सहितको सेना उतार्न निर्देशन



हाम्रो इकोनोमि

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले यो घटना नेत्रविक्रम चन्द्य समुहले नै गराएको दावी गर्दै सेनाले अब त्यस्ता गतिविधि रोक्ने बताए ।

 

उनले विप्लप समुहको कारवाहकिा विषयमा आज सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले केही गम्भीर निर्णयलिने जानकारी दिए । ‘चुनाव रोक्ने जो सुकै समुह दल भएपनि सरकारले कारवाही गर्छ ’ बहसमा ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री प्रधानले भने, ‘ सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीयछ त्यसरालाई रोक्न सेना कुनैपनि बेला बाहिर निस्किन सक्छ । ’ मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...