काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार ईश्वर पोखरेललाई मिजार वस्तीमा भव्य स्वागत



हाम्रो इकोनोमि

 

काठमाडौं । घरदैलो र विभिन्न ठाउँमा पार्टी प्रवेशको चटारोमा रहनुभएका एमाले महासचिव एवं काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार ईश्वर पोखरेलका लागि आज एउटा कार्यक्रम राखिएको रहेछ बुढानिलकण्ठको चिसेनीमा । त्यसअघि टोखामा दुई ठाउँका कार्यक्रम सम्पन्न गरेर सोझै बुढानिलकण्ठ तिर लागेका पोखरेललाई लिन बुढानिलकण्ठको स्कुल गेट नजिकै आएका थिए मिजार समुदायका अगुवाहरु ।

जव महासचिव पोखरेल गाडीबाट ओर्लिएर झरे त्यहाँ पर्खिएर बसेका अगुवाहरुले ‘होइन सिधैं चिसेनी तिरै गइहालौं ढिला भयो’ भनेर सुझाए । महासचिवकै गाडिमा बसेर चिसेनीको उकालो चढेर डाँडामाथि पुगेपछि कार्यक्रम स्थल पुगियो । जव ईश्वर गाडीबाट झरे तव मिजार समुदायका वृद्धवृद्धा देखि महिला र वच्चाहरुले फुलको माला लगाइदिन होडबाजी नै चल्यो ।
त्यहाँ ठूलो व्यानरमा लेखिएको थियो ‘जनतासँग ईश्वर पोखरेल’ कार्यक्रम ! विष्णु गाउँ गुठी समूहको आयोजनामा भएको उक्त कार्यक्रममा महासचिवलाई घरघरबाट बनाएर ल्याएको फुलको माला लगाउने एकछिन होडवाजी जस्तै चल्यो । कार्यक्रममा काँग्रेसका सक्रिय कार्यकर्ता कृष्णबहादुर नेपाली, दिपेश नेपाली र कृष्ण नेपालीलगायतका अगुवाहरु एमाले प्रवेश गरे । महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य थापाले स्वागत गरे ।

कार्यक्रमको सूरुमै सम्वोधन गर्दै महासचिव तथा यसक्षेत्रका उम्मेदवार पोखरेलले शान्ति, स्थिरता र लोककल्याणकारी काम गर्ने वामपन्थी शक्तिहरु मिलेर राज्यको अनुभूति दिलाउने योजना आफुहरुको रहेको बताउनुभयो । उहाँले २०५१ सालमा एमालेले एक सय रुपियाबाट सूरु गरिएको वृद्धभत्ता केपी ओली सरकारसम्म आइपुग्दा दुई हजार बनाइएको बताउँदैं अव वामपन्थी नेतृत्वको सरकारले त्यसलाई पाँच हजार पुर्याउने बताउनुभयो । यसो भन्दै गर्दा कार्यक्रममा उपस्थित बृद्धबृद्धाहरुले तालि बजाएर सम्मान भाव प्रकट गरे । साथैं दलित, पिछडिएका समुदायलाई एमालेले विशेष कार्यक्रमको व्यवस्था गरेर राज्यको अनुभूति दिलाउने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...