यसरी जित्दैछन ललितपुर–१ मा नवराज सिलवाल, उनी जहाँ पुग्छन् फुलमाला र अविरले रंगिन्छन



हाम्रो इकोनोमि

 

गोदावरी क्षेत्रमा रहेका स्थानीय पहरी जातिको जात्रामा प्रयोग हुने बाजागाजासहित स्थानीय उम्मेदवारहरुसँग हिड्दा खुसी मानिरहेका देखिन्छन् । स्थानीयवासी रामकृष्ण पहरी, तिर्थ बहादुर पहरीको टिम गठबन्धनका तर्फबाट ललितपुरका उम्मेदवारहरु नवराज सिलवाल र लालकुमारी पुन शुसिला सँगै ढ्यांग्रे बाजा बजाउदै घरदैलोमा पुग्दा हरेक सडकबाटो वरपर रहेका सबै घरबाट आत्मिय स्वागत पाइरहेका छन् ।

ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका उम्मेदवार नवराज सिल्वाल जहाँ पुग्छन्, त्यहाँ फुल र अविरले रंगिन्छन् । नवराज सिल्वाल भन्छन् “म आफु यसै क्षेत्रको स्थानिय भएको तथा बाम गठबन्धनप्रति आशा रहेको छ । ललितपुर १ मा म, शुसिला र चेतनाथ जी लाई मत जाहेर गर्न यहाँका जनता ब्यग्र प्रतिक्षा रहेका छन् । हामी हामीलाई माया गर्ने जनतालाई सधै शिरमा राख्छौं उनीहरुलाई समस्या हुन दिदैनौं” गोदावरी क्षेत्र पुग्दा हजारौ स्थानिय बासी र सुभचिन्तक नवराज सिल्वाल शुसिला जिताऔं नाराका साथ परिक्रममा ब्यस्त देखिएका थिए ।

ललितपुर १ क प्रदेश सभाकी उम्मेदवार शुसिला भन्छिन् “यस्तो आत्मियता, हार्दिकता र शुभेच्छा हामी हौसिएका छौं । हाम्रो जित र सुन्दर भविष्यका लागि जनताहरु उत्साहित छन् ।” ललितपुर १ ख प्रदेश सभाका उम्मेदवार चेतनाथ सञ्जेल नवराज सिल्वालसँगै घर दैलोमा पुग्छन् । उनी पुग्दा घरबेटीहरुहरु जितको आशिर्वाद पाउँछन् । उम्मेदवार चेतनाथ सञ्जेल भन्छन्, “हामीलाई बृद्धबृद्धाको आशिर्वाद छ, युवाको विश्वास छ । हामी चुनावका लागि मात्र होइन, जनताका लागि लडेका हौं । त्यसैले हाम्रो जित हुनेमा हामी ढुक्क छौं” ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...