सरकारको नियत माथी शंका गर्दै खनालले भने- यो सरकार आफै धामी,आफै झाक्रीका रुपमा प्रस्तुत भयो,उम्मेवार माथी सरकारले नै हमला गर्यो



हाम्रो इकोनोमि

नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उम्मेदवारहरु माथिको आक्रमण रोकी आवश्यक शान्ति सुरक्षाको प्रबन्ध नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ ।

एमाले केन्द्रीय कार्यालय, धूम्बाराहीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता खनालले त्यस्तो चेतावनी दिनुभएको हो । ‘अहिले देशब्यापी रुपमा उम्मेदवारहरुमाथि घातक हमला भइरहँदा सरकार के हेरेर बसेको छ ? खनालले प्रश्न गर्दै भन्नुभयो, ‘सरकारको मौनताले घटनाहरु निकै रहस्मय बन्दै गएको छ, सरकार कतै आफैं धामी, आफैं बोक्सी जस्तो त बनिरहेको छैन ?’ आक्रमणकारीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै खनालले शान्ति सुरक्षा सुदृढ नभए प्रधानमन्त्री स्वयंले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।

कांग्रेस घोषणापत्र नै आचारसंहिता बिपरित

एमाले बरिष्ठ नेता खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको धज्जी उडाएको तथ्य राख्नुभयो । कांग्रेसले बहुरंगी घोषणापत्र छापेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै खनालले तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउनु भयो । ‘कांग्रैसको घोषणापत्र नै आचार संहिता बिपरित छ, एक रंगमा मात्र छाप्नु पर्नेमा बहुरंगी घोषणा पत्र छापिएको छ, म निर्वाचन आयोगलाई सोध्न चाहन्छु, आचारसंहिता देखाउनका लागि मात्रै बनाइएको हो कि लागू गर्न पनि हो ? यदी लागू गर्न हो भने तत्काल सच्याउन लगाइयोस,’ खनालले भन्नुभयो ।

उहाँले राज्यशक्तिको दुरुपयोग गरेर निर्वाचन प्रभावित पार्न खोजिए सरकारले गम्भीर परिणाम भोग्ने चेतावनी पनि दिनुभयो । ‘सरकारबाटै निर्वाचन प्रभावित पार्ने काम भइरहेको छ, यसको परिणाम नराम्रो हुन सक्नेछ । निर्वाचन आयोगले यस्ता काम तत्काल रोक्ने काम गरोस् ।”

कांग्रेसको तानाशाहीविरुद्ध कम्युनिष्ट पार्टी जन्मियो

 

कम्युनिष्ट पार्टीको जन्म नै तानाशाही शासनको अन्त्य र लोकतन्त्रका लागि भएको स्पष्ट पार्दै खनालले पुष्पलालले कांग्रेसभित्रको अलोकतान्त्रिक र तानाशाही व्यबहारविरुद्ध बिद्रोह गरेर कम्युनिष्ट पार्टी स्थापना गरेको बताउनु भयो । ‘कांग्रेसभित्र तानाशाही र राष्ट्रिय हितमा सम्झौता गर्ने प्रवृतिविरुद्ध बिद्रोह गरेर पुष्पलालले कम्युनिष्ट पार्टी गठन गर्नुभएको हो, खनालले भन्नुभयो, ‘त्यसैले कम्युनिष्ट अधिनायकवादको हौवा पिटाउने कांग्रेसले पहिला आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ, हामी स्थापनाकालदेखि नै लोकतन्त्रका पक्षमा लड्दै आएका छौं ।’

वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तिब्रता आउनेछ
उहाँले आफूहरु पूँजीवादी लोकतन्त्र नभई समाजवादी लोकतन्त्रका पक्षमा रहेको जनाउँदै कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्ने कुरामा कुनै सत्यता नभएको जिकिर गरे । “वास्तवमा काँग्रेसले बहुमत ल्याएमा मुलुकमा तानाशाह आउँछ, वाम गठबन्धनले जितेमा मुलुकको राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा तिब्रता आउनेछ ।”

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय निर्वाचन परिचलन कमिटीका प्रवक्ता विष्णु रिमाललगायतका नेताहरु उपस्थित हुनुहुनथ्यो ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...