महरा, बर्षमान र ओनसरीमाथि बम प्रहार, सशस्त्र प्रहरीले गोली चलाए पछी दोहोरो हानाहान



चुनावी अभियानमा रहेका माओवादी केन्द्रका चार बरिष्ठ नेतामाथि एकैपटक बम प्रहार भएको छ।
कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीको टोलीमाथि शुक्रबार दिउसो साँढे १२ बजे बम प्रहार भएको हो।

माओवादी केन्द्रका चारैजना नेता सदरमुकाम लिवाङतर्फ आउँदै गर्दा भदौरे भन्ने ठाउँमा भीरबाट बम खसालिएको थियो। त्यसमध्ये केसी र पुनद्धय सुलिचौरबाट र महरा दाङबाट रोल्पा सदरमुकाम लिवाङतर्फ जाँदै थिए।
‘अनन्त र पूर्व सभामुख पुनको गाडी अलिक अगाडि पुगेको थियो’ घटनास्थलमा रहेका दाङका पत्रकार पाण्डव शर्माले भने, ‘बम महरा र सशस्त्र प्रहरी सवार गाडीको ठीक बीचमा खस्यो।’

बम प्रहार भएपछि प्रहरीले जवाफमा दुई राउण्ड गोली प्रहार गरेको थियो। शर्माले भने, ‘प्रहरी नेताहरुलाई सुरक्षित गराउनतिर लाग्यो। त्यसैले, कोहीपनि गाडीबाट बाहिर निस्कनु भएन।’
घटनासथल जिल्ला सदरमुकाम लिवाङबाट १० किलोमिटर टाढा पर्छ। चारैजना नेताहरु सदरमुकाम आइसकेका छन्। घटनाप्रति खेद व्यक्त गर्दै महराले समाजवादी क्रान्तिबाट डराएका आपराधिक समूहले घटना गराएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त

बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष