यसरी जित्दैछन भत्तपुर २ मा महेश बस्नेतले , विजयको खुसीमा रमाउन हतारिए जनता



हाम्रो इकोनोमि

सूर्यविनायक नगरपालिका ४ दधिकोट गाम्चामा एमालेबाट प्रतिनिधीसभा उम्मेदवार एमालेका युवा नेता महेश बस्नेत र प्रदेशसभाका उम्मेदवार शशीजंग थापा आईपुग्दा स्थानीयले भव्य रुपमा स्वागत गरे ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेका तर्फबाट उम्मेदवार हुनुभएका बस्नेत र थापाले सुरु गरेको घरदैलो कार्यक्रममा मतदाताहरुले भव्य रुपमा स्वागत गरेका छन् । भक्तपुरका फूलखेतीका रुपमा प्रख्यात रहेर फूलको गाउँ भनेर चिनिने दधिकोटमा आज विहानदेखि सुरु भएको घरदैलोमा फूलको मालाले स्वागत गर्दा माला कै भारी देखियो ।

घरघरबाट युवादेखि ज्येष्ठ नागरिकसम्मले विजयीको शुभकामना सहित निधारमा टीका र गलामा माला लगाईदिदै दहिको सगुन खुवाएर आर्शिवाद दिदाँ स्थानीय मतदाता विजयको खुसीमा रमाउन हतारिएका देखिन्थे । महेश बस्नेत गाउँमा पुग्दा कयौंले स्वागतका लागि हातमा टीका र फूलमाला लिएर कुरी बसेका थिए भने ज्येष्ठ नागरिकले टीका र माला लगाईदिएर ताली बजाएर नाच्दा घरदैलोको र्यालीमा सहभागिलाई मात्रै नभई स्थानीय मतदाता समेत खुसीले गद्गद् भएका थिए ।

बस्नेतले मतदातासंग भक्तपुरको मुहार फेर्नेगरि विकासको लहर ल्याउने, खानेपानी व्यबस्था, सडक निर्माण, आधुनिक समार्ट सिटीको निर्माण, घरघमा बैकल्पिक उर्जाको व्यबस्था लगायतका विभिन्न विकासको योजना सहित भोट माग्दा मतदाताले आशा र भरोसाका नेताका रुपमा बस्नेतलाई चित्रण गरेका थिए ।

बस्नेतले भन्नुभयो–“मैले विकासको योजना लिएर भोट मागेको छु, मलाई युवादेखि ज्येष्ठ नागरिक समेतले गरेको माया, उहाँले दिनुभएको आर्शिवाद र घरघरबाट गरेको स्वागत देख्दा मेरो जित सुनिश्चित भयो भन्ने मलाई लागेको छ, विजयी भएपछि जनताको चाहना पुरा गर्छु ।” घरघरमा काँग्रेस र एमालेका नेताहरु र्याली सहित भोट माग्न आएपछि मतदाता समेत उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...